अब अत्यावश्यक सेवाका सरकारी कार्यालय कहिल्यै बिदा नहुने !

काठमाडौं। अब विदाका दिन पनि अत्यावश्यकसेवाका सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय विदाका दिन पनि खुला राख्ने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो। जसअनुसार अब मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता कार्यलय हरेक दिन खुल्नेछन्।

सम्बन्धित सामग्री

एक हप्तापछि आज सरकारी कार्यालय खुल्दै, शिक्षण संस्था पनि सञ्चालनमा

काठमाण्डाै - एक हप्ताको लगातार बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । अघिल्लो सोमवार अर्थात कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरु भएको सार्वजनिक बिदा हिजोसम्म कायम थियो । सोमवारदेखि शुक्रवारसम्म पाँच दिन तिहारको बिदा भयो । त्यसपछि अस्ति शनिवार र हिजो छठ पर्वको बिदा थियो । मधेस प्रदेशमा भने आज पनि छठको सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशबाहेकका अरु ठाउँमा भने आजदेखि सरकारी कार्यालय खुल्न लागेका हुन् । यस्तै दशैँदेखि बिदा भएका शिक्षण संस्था पनि आजदेखि खुलेका छन् । दशैँ तिहारको बीचमा केह...

आज पनि सार्वजनिक बिदा : सरकारी कार्यालय सोमवार मात्रै खुल्ने

काठमाण्डाै - सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो । सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ । भोलि शनिवारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्।

भोलिदेखि सरकारी कार्यालय समय हेरफेर, यस्तो छ बिदा र नयाँ कार्यालय समय !

काठमाडौँ । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणको रूपमा लागू गरिएको हप्तामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय […]

चुनावको दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएकाे छ । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको बताइएकाे छ ।

आइतबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले रामनवमीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (शनिबार) सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

आइतबार सार्वजनिक बिदा

नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

ल्होसारको अवसरमा सार्वजनिक बिदा

सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा बिदा दिइएको जनाएको हो ।  सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ल्होसारको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको मन्त्रालयको भनाइ छ ।

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले पुस १५ गते(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  बुधवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चाडपर्वमा दिने बिदाको तारतम्य नमिल्दा सरकारी कार्यालय खुले पनि सुनसान

खिलनाथ ताजपुरीयाकाठमाडौं, असोज ३१ । दशैंको बिदा सकिएको पहिलो दिन संघीय राजधानी काठमाडौं उपत्यकाका सरकारी कार्यालय खुला भए पनि सेवा लिन आउनेको संख्या नगण्य देखियो । अरु बेला सेवाग्राहीको चापले थेगिनसक्नु हुने कार्यालय आइतबार भने सुनसान जस्तै बनेका छन् । चाडपर्वमा दिने बिदा र खुल्ने समयको तारतम्य नमिल्दा सेवाग्राही र कार्यालय दुवै लाभान्वित बन्न सकेका […]

आजबाट सरकारी कार्यालय खुल्ला

काठमाडौं, ३१ असोज । आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ । बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो । दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ । विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा दिइने गरिएकोमा पछि कटौती गरिएको हो । सरकारी कार्यालय आजबाट खुल्ला हुने भएपछि दशैंमा घर गएकाहरु फर्कने […]