बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ?

अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी इन मेडिसिनका अनुसार विश्वव्यापीरुपमा जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जन्मजात मुटुरोग हुन्छ । जन्मजात मुटुरोग धेरै किसिमको हुन्छ । जसमध्ये सबैभन्दा बढी शिशुमा निलो नहुने मुटुरोग (अस्यानोटिक हार्ट डिजीज) देखिन्छ । कुनै कारणवश शिशुको मुटुको संरचना र कार्यमा समस्या उत्पन्न हुने तर अनुहारमा निलो रङ नदेखिने खालको मुटुरोगलाई […]

सम्बन्धित सामग्री

जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम

जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ । मुटुले पम्प गरेपछि मात्र शरीरको आवश्यक अंकमा रगत प्रवाह हुन्छ । जसले गर्दा अन्य अंग पनि राम्ररी काम गर्न सक्छन् । तर जन्मजात मुटुरोग हुने बच्चाको मुटुको कार्य प्रणाली कमजोर हुन्छ । यस्तोमा मुटुले […]

उपचारमा ढिलाे गरे जन्मजात मुटुरोग निको पार्न गाह्रो हुन्छ : डा. शर्मा

बालबालिकामा जन्मजात विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । तीमध्ये जन्मजात मुटुरोग पनि एक हो । बालमुटु रोग विशेषज्ञ डा. पुनम शर्मा विश्वमा जीवित जन्मिएकामध्ये एक प्रतिशतमा जन्मजात मुटुरोग हुने बताउनुहुन्छ ।

जीवित जन्मिने बच्चामध्ये आठदेखि दश जनामा जन्मजात मुटुरोग

पछिल्लो समय जन्मजात मुटुको समस्या लिएर अस्पतालमा आउनेको सङ्ख्या बढ्दै गएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका बालमुटुरोग विशेषज्ञ डा.उर्मिला शाक्यले जन्मजात मुटुको समस्या लिएर आउनेको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।

बालबालिकामा जन्मजात मुटुरोग किन हुन्छ, के छ उपचार ?

गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । शरीरका विभिन्न अंगमा जन्मजात तवरमा हुने विकृतिमध्ये सबैभन्दा बढी मुटुमा हुने गरेको पाइन्छ । प्रत्येक एक हजार जीवित नवजात शिशुमध्ये ८ देखि १० जनामा जन्मजात मुटुरोग हुने विभिन्न […]

बूढानीलकण्ठ नगरपालिकाका १४६ बालबालिकामा जन्मजात मुटुरोग

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी स्कुलका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले १ सय ४६ विद्यार्थीमा जन्मजात मुटुसम्बन्धी समस्या देखाएको हो । अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले ५ देखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा ९ जनामा मात्र बाथ मुटुरोग देखिएको बताए ।       बाथ तथा मुटु ज्वरो छ, छैन भन्ने अध्ययन गर्ने स्क्रिनिङ परीक्षण शुरू गरिएको थियो । पुसदेखि माघको अन्तिमसम्ममा गरिएको परीक्षणमा सरकारी विद्यालयका ३ हजार ८ सय २० र निजी विद्यालयका ९ हजार १ सय ८० जना विद्यार्थी सहभागी थिए । उनका अनुसार १ सय ४६ बालबालिकामा जन्मजात मुटुसम्बन्धी समस्या देखिएको हो । ‘अस्पतालमा परीक्षण (इको) गर्दा शंका लागेका विद्यार्थीलाई पुन: अस्पतालमा परीक्षण गरेका थियौं । बाथ तथा मुटु रोगका समस्या भएका ९ बिरामी देखिए । १ सय ४६ लाई विभिन्न किसिमको जन्मजात मुटुको रोग देखियो ।’ अध्ययनले आर्थिकरूपमा सबल स्थानमा बाथ मुटु रोग कम हुन सक्ने देखाएको उनको भनाइ छ । ‘लक्षण नभए पनि जन्मजात मुटु रोगको समस्या हुन सक्ने यो अध्ययनले देखाएको छ । अर्कोतर्फ काठमाडौं उपत्यका नजिकका ठाउँमा स्वास्थ्य सेवाको पहुँच र सबल आर्थिक पक्षका कारण पनि बाथ मुटु रोग कम देखिएको भन्न सकिन्छ,’ डा. अधिकारीले भने । केन्द्रले मुगु जिल्ला र धुनीबेसी नगरपालिकामा समेत मुटुरोगको अध्ययन गर्ने तयारी रहेको निर्देशक अधिकारीले जानकारी दिए । उनले भने, ‘देशका विकट स्थानमा मुटुसम्बन्धी समस्या कस्तो छ भन्ने जान्नका लागि मुगुमा अध्ययन गर्ने तयारी छ ।’ जन्मजात मुटु सचेतना सप्ताह चलिरहँदा अस्पतालले उक्त अध्ययन सार्वजनिक गरेको हो । जन्मजात मुटुरोग सचेतना सप्ताह फेब्रुअरी ७ देखि १४ सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइन्छ । बाल मुटुरोग विशेषज्ञ डा उर्मिला शाक्यका अनुसार सय जनामा एक जनालाई जन्मजात मुटुसम्बन्धी रोग हुने गर्छ । तीमध्ये एक तिहाइलाई जटिल प्रकारको समस्या हुने र उपचार नपाए मृत्युको जोखिम हुने गर्छ । उनी भन्छिन्, ‘सबैभन्दा बढी बच्चाको मृत्युको कारण जन्मजात मुटुसम्बन्धी रोग हो । गर्भावस्थाबाटै शिशुको मुटुभित्र र बाहिरका बनावटमा कुनै पनि प्रकारको विकृतिलाई जन्मजात मुटुरोग भनिन्छ ।’ जन्मजात मुटुसम्बन्धी रोगका ९० प्रतिशत कारण पुष्टि नहुने र १० प्रतिशत कारणमध्ये सबैभन्दा धेरै वंशाणुगत र वातावरणीय प्रतिक्रिया हुने पनि उनले बताइन् । मुटुरोग विशेषज्ञ डा पुनम शर्मा १२ देखि २४ हप्ताको गर्भमा शिशुको मुटुसम्बन्धी समस्या परीक्षण गर्न सकिने बताउँछिन् । ‘त्यस्ता समस्या सामान्यदेखि जटिलसम्म हुनसक्छ । समयमा पहिचान हुनसके जटिल मुटुरोगको उपचार सम्भव छ,’ उनले भनिन् । डा शर्माका अनुसार जन्मजात मुटुरोग हुने बालबालिकामा ओठ र जिब्रो नीलो हुने, तौल नबढ्ने, छिटो थाक्ने, आमाको दूध राम्ररी खान नसक्ने र निमोनिया भइरहने जस्ता लक्षण देखिन सक्छ । गर्भवती महिलाले मद्यपान, धुम्रपान गर्ने र विकिरणको सम्पर्कमा आउँदा शिशुमा मुटुसम्बन्धी समस्या देखिन सक्छ । चिकित्सकको सल्लाहविना औषधि सेवन, पोलेट भिटामिनको अभाव, नजिकको नातामा हुने विवाह, डाउन सिन्ड्रोम, रुबेला भाइरस र वंशाणुगत कारणले बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी विभिन्न समस्या देखिन सक्छ । रासस

जन्मजात मुटुरोग

डा. उर्मिला शाक्य सिनियर कन्सल्ट्यान्ट पिडियाट्रिक कार्डियोलोजिस्ट शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जन्मजात मुटुरोग भन्नाले जन्मिँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरका धमनीहरुको बनावटमा गडबडी भएर आउने मुटुको रोग हो । अर्थात् आमाको गर्भमा हुँदै यो रोग भइसकेको हुन्छ । जन्मजात मुटुरोग सय जनामा एक जनालाई हुने सम्भावना हुन्छ । स्पष्ट रूपमा भन्नु पर्दा हजार जना […]

जन्मजात मुटुरोग: कारण, लक्षण र उपचार

स्पष्ट रूपमा भन्नु पर्दा हजार जना जीवित जन्मिने बच्चामध्ये आठ देखि दश जनामा यो रोग हुन सक्दछ। तर समय नपुग्दै जन्मिने बच्चामा यो सम्भावना अझ बढी हुन्छ।

नवजात शिशुहरुमा किन हुन्छ जन्मजात मुटुरोग?

कुनै पनि महिला गर्भवती भएको सुरुको चार हप्ताभित्र मुटु बनिसकेको हुन्छ। गर्भवती भएको थाहा नपाउँदै मुटु बनिसकेको हुने हुँदा महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिएको हुँदैन।

नवजात शिशुहरुमा किन हुन्छ जन्मजात मुटुरोग?

कुनै पनि महिला गर्भवती भएको सुरुको चार हप्ताभित्र मुटु बनिसकेको हुन्छ। गर्भवती भएको थाहा नपाउँदै मुटु बनिसकेको हुने हुँदा महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिएको हुँदैन।