पहिलो खोप लगाएर २१ दिन पुगेकालाई भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि

काठमाडौं, साउन २२ । कोरोना भाइरस विरुद्धका भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन शुरु गरिएको छ ।भेरोसेल खोपको पहिलो मात्रा लगाएर बसेकाहरुलाई लक्षित गरी दोश्रो खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको हो । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन लागिएको हो । यो चरणमा गत असार २९ […]

सम्बन्धित सामग्री

ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई खोप

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो।

ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

१५ साउन, काठमाडौं । ललितपुरम हानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको […]

ललितपुरमा महानगरमा आजदेखि भेरोसेल खोप अभियान सुरु

काठमाडौं। ललितपुर महानगरपालिकामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु हुँदैछ। महानगरले २९ वटा वडामा ४५ वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि भेरोसेल खोप अभियान सुरु गरेको हो। विभिन्न खोपकेन्द्रमा भेरोसेलको पहिलो डोज लगाइनेछ। महानगरको सूचनाअनुसार खोप अभियान साउन १७ गतेसम्म सञ्चालन गरिनेछ। महानगरले साउन १८ गतेबाट जोन्सन एन्ड जोन्सन खोप अभियान पनि सुरु गर्ने जनाएको छ।

ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइदै, सबै २९ वडामा खोप केन्द्र

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउन महानगरका सबै २९ वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । आजदेखि पर्सिसम्म खोप कार्यक्रम संचालन हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाउन पाउनेछन् । महानगरका अनुसार १८ […]

काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै

काठमाडौं। काठमाडौंमा आजदेखि खोप लगाउन छुटेकालाई फेरि भेरोसेल खोप लगाइँदैछ। पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरले अनुरोध गरेको छ। खोप प्रत्येक वडामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

काठमाण्डौ उपत्यकामा ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।  स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइनेछ ।  काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ...

आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै

यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।

दाङमा आजदेखि लगाइँदै भेरोसेल खोप

रासस। दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ। जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो। जिल्ला स्वास्थ्य कार्यालयले१९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ। “एउटा स्थानीय तहमा२०बढी खोप केन्द्र छुट्याइएको छ।”कार्यालायका कोरोना फोकल पर्सन कमल चन्दले भने,“स्थानीय तहका१००बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइनेछ।”

आजदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने

काठमाडौँ । आजदेखि देशभर जोन्सन र भेरोसेल खोप लगाइने भएको छ । सोमबार स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मङ्गलवारदेखि दुवै खोप लगाइन सुरु गर्ने निर्णय गरेको छ । निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकोले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् । भेरोसेल ५५ वर्षमाथिका नागरिक, […]

आजदेखि चीनले दिएको भेरोसेल खोप लगाइने

आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइने भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ । खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ।  विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने शाखाले जनाएको छ । शाखाले एकै दिन ख