साबा महिला बास्केटबलमा नेपाल उपविजेता

काठमाण्डाै - साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेलमा भुटान र श्रीलंकालाई हराएको थियो । तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिजो माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो । यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो । प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान सहभागी थिए ।

सम्बन्धित सामग्री

नेपाल समूह उपविजेता

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।...

नेपाल समूह उपविजेता

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।...

यु–२० महिला साफ च्याम्प्यिनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं, २७ माघ। बंगलादेशमा आयोजना भएको यु–२० महिला साफ च्याम्प्यिनसिपमा उपविजेता बनेको महिला टोली शुक्रवार स्वदेश फर्किएको छ। बंगलादेशको मुस्ताफा कमल स्ेटडियममा बिहीवार भएको फाइनल खेलमा आयोजक बंगलादेशसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा भएको थियो। सोही टोली शुक्रवार नेपाल फर्किएको हो। २३ खेलाडीसहित ३०सदस्यीय नेपाली टोलीलाई त्रिभुवन विमानस्थालमा अखिल नेपाल फुटबल संघ(एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए।

बिच भलिबलमा नेपाल उपविजेता

बंगलादेशमा भएको काभा बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।बंगलादेशको कक्स बजारमा मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपाललाई माल्दिभ्सले २१–१३ र २१–१९ ले हराएको हो । यसअघि नेपालको महिला बिच भलिबल टोली दोस्रो भएको थियो । नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी उपविजेता बनेको थियो ।

उपविजेता महिला बास्केटबल टोली फर्कियो

काठमाडौँ । माल्दिभ्समा सम्पन्न साबा च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला बास्केटबल टोली शनिबार नेपाल फर्किएको छ । माल्दिभ्सको मालेमा सम्पन्न साबा च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको थियो । नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्ससँग पराजित भएपछि उपविजेतामा सीमित बन्नु परेको हो । तेस्रो क्वार्टरमा नेपाल माल्दिभ्सविरुद्ध अग्रता बनाए पनि अन्तिम क्वार्टरको अन्तिम समयमा ५१–४७ को स्कोरमा […]

साबा महिला च्याम्पियनसिप : नेपाल फेरि पनि उपविजेता

१३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने उपविजेता बन्यो । बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबारै राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२-५९ ले हराउँदै […]

साबा महिला बास्केटबल च्याम्पियनसिप: नेपाल फेरि उपविजेता

काठमाडाैँ – दक्षिण एसियाली महिला बास्कटेबल च्याम्पियनसिप (साबा)मा नेपाल उपविजेता बनेको छ। मालेमा बुधबार राति भएकाे खेलमा माल्दिभ्सलाई श्रीलंकाले पराजित गरेसँगै नेपाल उपविजेता बनेको हो। बुधबार भुटानलाई हराएर उपाधि होड कायम राखेको नेपाल श्रीलंकाको जितसँगै लगातार दोस्रो पटक उपविजेता बन्यो। श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले हराएर च्याम्पियन बन्यो। अघिल्लो संस्करण (२०१६) मासमेत श्रीलंकाले उपाधि जित्दा नेपाल […]

साफ महिला च्याम्पियनसिप उपविजेता खेलाडीलाई जनही १ लाख २० हजार

३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको टोलीका सदस्यका लागि नगद पुरस्कारको घोषणा गरेको छ । दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीको प्रोत्साहन स्वरुप जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन् । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको […]

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ […]

नेपाल बंगलादेश महिला साफ फाइनल: ‘उपविजेता’ छवि तोड्ने अवसर

काठमाडाैँ – महिला साफ च्याम्पियनसिप ४ फाइनल अनि सबैमा पराजय, नेपाली राष्ट्रिय महिला टिमको साफ महिला च्याम्पियनसिपको यो तितो विगत हो। तर अब पाँचौ पटक ‘उपविजेता’ को सदाबहार छविलाई तोड्ने अवसर सोमबार साँझ दशरथ रंगशालामा जुर्ने छ। जहाँ पुरानो र निरन्तरको फाइनल प्रतिद्वन्द्वी भारत नेपालविरुद्धकाे फाइनलमा छैन। यद्यपि, परिस्कृत बंगलादेश नेपाली टिमका लागि तगारो बन्ने […]