बिच भलिबलमा नेपाल उपविजेता

बंगलादेशमा भएको काभा बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।बंगलादेशको कक्स बजारमा मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपाललाई माल्दिभ्सले २१–१३ र २१–१९ ले हराएको हो । यसअघि नेपालको महिला बिच भलिबल टोली दोस्रो भएको थियो । नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी उपविजेता बनेको थियो ।

सम्बन्धित सामग्री

रजत पदक जितेर फर्किएको टोलीकाे विमानस्थलमा स्वागत

काठमाडौं । बंगलादेशमा आयोजित सेन्ट्रल एसियन जोन बिच भलिबल प्रतियोगितामा रजत पदक जितेर फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा भलिवल संघका पदाधिकारीहरुले स्वागत गरेका छन् । कक्सबजारस्थित डल्फिन कोर्टमा शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित भएपछि नेपाल उपविजेता बनेको हो । खेलाडीहरुलाई स्वागत गर्दै खेलकुदका पदाधिकारीहरुले यो उपलब्धी राष्ट्रका लागि गौरवपूर्ण भएको बताए । भलिबल […]

काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

१४ पुस, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा) बिच भलिबल प्रतियोगितामा नेपाली महिला टिम उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित भएपछि नेपाल उपाधि यात्रामा असफल रह्यो । भेट्रान भलिबल खेलाडीद्वय कोपिला उप्रेती र कमला पुनको जोडीले नेपाललाई यो सफलता दिलाएका हुन् । नेपाल भलिबल संघले […]

बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा आयोजना हुने बिच भलिबलको खुला छनोट पूरा गरेको छ। एनभिएले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिसरमा रहेको कोर्टमा खुला छनोट गरेको हो। छनोटमा  विजेता र उपविजेता भएका महिला तथा पुरुष दुवै टोलीलाई बन्द प्रशिक्षणमा राख्ने एनभिएले जनाएको छ। प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नु अघि मात्रै एक-एक टोलीको टुङ्गो लाग्नेछ। […]