काठमाडौं । सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचन आगामी जेठमा गराउन राजनीतिक सहमति भएको छ । यद्यपि निर्वाचनका सन्दर्भमा देखिएको कानुनी जटिलता अन्त्य गरेर निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी सरकारको हो । यसबारे सरकारले आवश्यक छलफल गरिरहेको छ ।स्थानीय तह अन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको निर्वाचनको तयारी भइरहेको हो । यीमध्ये पनि ६ महानगरपालिकामा स्वाभाविक रुपमा धेरैको चासो देखिन्छ । किनकि, जनसंख्याको हिसाबले यी ६ महागरपालिकामा २५ लाखभन्दा बढी नागरिकको बसोबास छ ।