संघीय सरकारले आइतबार अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको ७३ औं बजेट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमार्फत सार्वजनिक गर्न लागेका हुन् । २००८ सालदेखि शुरु भएको मुलुकको बजेटिङ प्रणाली २०७९/८० सम्म आइपुग्दा धेरै आरोह अवरोहहरू आए । बजेटका आकार प्रकारदेखि बजेटको ब्रिफिङका क्रममा समेत केही घटनाहरु पनि भए । जुन आजप्रयत्न ताजै छन् । ती घटनाहरु इतिहासमा दर्ज भएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै गर्दा आज ह