१० हजार फूलका बिरुवा उत्पादन गर्दै हेटौँडा उपमहानगरपालिका

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई अझै तीव्र पार्नका लागि आफै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्न थालेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा फूलका बिरुवा रोप्न सक्ने गरी १० हजार फूलका बिरुवा उत्पादन गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।  हेटौँडा बजार क्षेत्र र आसपासका सडक पेटीमा फूलैफूलले ढकमक्क पार्ने योजनाअनुसार महँगो मूल्यमा फूलका बिरुवा खरिद गर्नुभन्दा पनि आफै उत्पादन गरेर रोप्न लागिएको मेयर महतले बताउनुभयो ।  हेट...