ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिको दीपावली (फोटोहरु)

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि हिन्दूहरुको पर्व दीपावली मनाएका छन् । उनले सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्दै दिपावली मनाएको जनाएका हुन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्वीरमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा उनले दियो बाल्दै गरेको देख्न सकिन्छ । तस्वीरमा केही सहयोगीसहित उनकी श्रीमती तथा अमेरिकाकी प्रथम महिला जिल बाइडेन र भारतीय मूलकी […]

सम्बन्धित सामग्री

दीपावली र रङ्गोली दियो बजारमा

टीकापुर (कैलाली), २२ कात्तिक । कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो । उत्पादन भएका दियो बजारका पसल तथा […]

ह्वाइट हाउसमा पनि मनाइयाे दीपावली

अमेरिकाको शक्ति केन्द्र ह्वाइट हाउसमा पनि दीपावली मनाइएकाे छ। अमेरिकाकी प्रथम महिला जिल बाइडेनले राष्ट्रपति भवनमा दीपावलीकाे आयाेजना गरेकी हुन्। उक्त अवसरमा देशकी उपराष्ट्रपति कमला ह्यारिस पनि उपस्थित भएकी थिइन्। यस अवसरमा राष्ट्रपति जो बाइडेनले ट्वीटरमार्फत् सन्देश पनि दिए। उनले लेखेका छन्,’याे दीपावली, हामी याद राखाैँ कि प्रकाशमा अन्धकारलाई समाहित गर्ने शक्ति हुन्छ। अमेरिका एकमाथि […]

बेलायती संसद्मा दीपावली‚ सत्ता-विपक्षी दलका नेता सहभागी

लण्डन :  बेलायती संसद्‌मा सोमवार यो वर्षको दीपावली मनाइएको छ। वेस्टमिन्स्टर प्यालेसमा रहेको स्पीकर हाउसमा दीपावली आयोजना गरिएको थियो।कार्यक्रममा विभिन्न हरे कृष्ण मन्दिरका पुजारीहरूले बेलायतको संसद् परिसरमा दीपावली समारोहमा मैनबत्ती बालेर शान्ति प्रार्थना गरेका छन्। सो समारोह सोमबार साँझ वेस्टमिन्स्टरको प्यालेसभित्र रहेको स्पिकर हाउसको स्टेट रुममा भएको थियो। संसद् परिसरमा आयोजित दीपावली कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, कूटनीतिज्ञ, सामुदायिक नेता तथा इस्कोन (इन्टरनेशनल सोसाइटी फ

भक्तपुरको सिद्धपोखरीमा दीपावली गरिने

भक्तपुरको सबैभन्दा ठूलो आकर्षक सिद्धपोखरीमा शुक्रबार दीपावली गरिने भएको छ। पोखरीमा शनिबार मेला लाग्नेछ।...

राखेपको वार्षिकोत्सवमा दीपावली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा सोमबार दीपावली गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको केन्द्रीय कार्यालयका साथै सातै प्रदेश र ७७ जिल्लामा वार्षिकोत्सवका अवसरमा दीपावली गरिएको थियो । केन्द्रीय कार्यालयमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बेलुन उडाएर वार्षिकोत्सवको शुभारम्भ गरे । वार्षिकोत्सवका अवसरमा आइतबार राखेप कर्मचारीबीच डबल्स ब्याडमिन्टन प्रतियोगिता सञ्चालन […]

प्रजातन्त्र दिवसमा दीपावली

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज साँझ विराटनगरमा घर–घर तथा सार्वजनिक स्थानमा दीपावली गरिएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा जिल्ला प्रशासन कार्यालय आगाडि आज साँझ सहायक प्रमुख जिल्ला अधिकारी शरतकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसी, कर्मचारी, प्रहरीलगायतले भव्यरूपमा दीपावली गरेका छन् । नगरका विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान एवं सर्वसाधारण नागरिकले घर–घरमा दीपावली गरेका छन् । यस्तै दिवसका उपलक्ष्यमा फागुन ८ गते नेपाल रेडक्रस सोसाइटी ...

मोदीले सेनाका जवानसँगै मनाए दीपावली

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावली सेनाका जवानहरुसँगै मनाएका छन् । भारतमा लक्ष्मी पूजाका दिन दीपावली धुमधामका साथ मनाइन्छ । बिहीबार प्रधानमन्त्री मोदी दीपावली मनाउन जम्मुको रजौरी जिल्लास्थित नौसेरा चेकपोस्टमा पुगेर सेनासँगै दिपावली मनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो अवसरमा प्रधानमन्त्री मोदीले सेनाका उच्च अधिकारी र जवानहरुसँग छलफलसमेत गरेको भारतीय सञ्चार माध्यमहरुले […]

सिद्धपोखरीमा दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली गर्ने गरिन्छ।...

प्रतिनिधि सभा विघटनविरुद्ध दीपावली गर्न माओवादीको अपिल

नेकपा (माओवादी केन्द्र) जिल्ला कार्यसमिति काठमाडौंले सर्वोच्चको फैसलाको स्वागतमा दीपावली गर्न अपिल गरेको छ । माओवादीका जिल्ला अध्यक्ष हिमाल शर्माले एक अपिल जारी गर्दै साँझ ७ बजे घरघरमा दीपावली गर्न आह्वान गरेका हुन् । 'काठमाडौंबासी पार्टी कार्यकर्ता र शुभेच्छुकहरूलाई आ-आफ्नो घरमा साँझ ७ बजे दीपावली गर्न अपिल गरिन्छ,' उनले फेसबूकमा लेखेका छन् । साथै शर्माले दिउँसो साढे ४ बजे प्रदर्शनीमार्गमा हुने स्वागत कार्यक्रममा सहभागी हुन पनि अपिल गरेका छन् ।