भाजपा नेता स्वामीको टिप्पणी : भारतको ‘च्वाईस’ ओली

काठमाडौं, २८ बैशाख । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भारतको च्वाईस अर्थात् रोजाई भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् स्वामीले यस्तो बताएका हुन् । त्यस्तै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने चीनले जितेको […]

सम्बन्धित सामग्री

‘हिन्दुत्वको लक्ष्य बोकेका’ भाजपा नेता विजय चौथाइवालेको अर्थपूर्ण नेपाल भ्रमण

काठमाडौं, ७ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले हिन्दुत्वको मुद्दामा कट्टर छन् । उनले हिन्दुत्वको मुद्दामा विदेशी नेताहरुले आलोचनात्मक टिप्पणी गरेमा त्यसको प्रतिक्रिया दिइहाल्छन् । पछिल्लो समय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग सामाजिक सञ्जालमा उनको शब्दको द्वन्द्व नै चलेको थियो । भट्टराईले योगी आदित्यनाथले दूध चढाएको […]

भाजपा नेता उपाध्यायले भने : नेपालमा हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रह गरिनुपर्छ

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले हिन्दू राष्ट्रका विषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताएका छन् । बुधबार रिपोटर्स क्लबले गरेको साक्षात्कारमा उहाले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको उनले टिप्पणी गरे । राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उहाको भनाइ छ । उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र […]

भाजपा नेता भन्छन् : ओली ‘घर न घाट’ भएका छन्, भारतले चतुर कदम चाल्नुपर्छ

काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यन स्वामीले नेपालको तरल राजीतिक परिस्थितिमा भारतले चतुर कदम चाल्नुपर्ने बताएका छन् । भारतको राज्य सभाका सदस्य रहेका स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन्। भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने उनले बताएका छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ । बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने भनी बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्। ‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ ।’ सर्वोच्च अदालतको मंगलबारको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि कसरत सुरु भइरहेका बेला उनको यो भनाइ आएको हो । केही दिन अघि मात्रै भारतीय गृहमन्त्री अमित शाहको नेपालमा भाजपाको संगठन विस्तार गरेर सरकार बनाउने अभिव्यक्ति आएको थियो । सो अभिव्यक्तिको कडा आलोचना भइरहेका बेला सत्तारुढ भाजपाका अर्का नेताको विवादास्पद भनाई सार्वजनिक भएको हो ।