भाजपाले गर्‍यो गान्धी परिवारका आमाछोरालाई कारवाही, राष्ट्रिय कार्यकारिणीबाट निष्कासित

भारतीय जनता पार्टी (भाजपा) मा राजनीति गरिरहेका एक्लो गान्धी परिवारका आमाछोरा मेनका गान्धी र वरुण गान्धीलाई कारवाही गरिएको छ । उत्तर प्रदेशको लखीमपुरमा भड्किएको हिंसाका विषयमा जथाभावी टिप्पणी गरेको आरोप लगाउँदै भाजपाले आमाछोरालाई पार्टीको राष्ट्रिय कार्यकारिणीबाट निष्कासन गरेको छ । भारतीय कांग्रेसबाट हालै भाजपा प्रवेश गरेका ज्योतिरादित्य सिंधियालाई राष्ट्रिय कार्यकारिणीमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपा नेता गान्धीले बिहीवार बिहान एक भिडियो ट्विट गर्दै लखीमपुरमा किसानको हत्या गर्नेको जवाफदे...