नेप्से परिसूचक ३.३७ % बढेर २८७३.७७ विन्दुमा, ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको तीन घण्टा २० मिनेट अवधिमा नेप्से परिसूचक ३ दशमलव ३७ प्रतिशत बढेको छ । नेप्से परिसूचक २ हजार ८७३ दशलमव ७७ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका २२५ ओटा धितोपत्रको ८५ लाख ३४ हजार ६७० कित्ता शेयर रू. ४ अर्ब ४७ करोडमा खरीदविक्री भएको छ । कारोबारमा आएका २२५ ओटा धितोपत्र मध्ये तीन ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।  विन नेपाल लघुवित्त,नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १८ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो। परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ। आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार […]

सेयर बजारमा नाटकीय बढोत्तरी, २१ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

१२ असार, काठमाडौं । आइतबार सेयर बजारमा नाटकीय बढोत्तरी देखिएको छ । समग्रमा ५.१० प्रतिशतले बढेको बजारमा नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दूमा पुगेको छ । कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा […]

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस १९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार २१५ पुगेको छ ।  बजार बढेसँगै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । उक्त  अवधिसम्ममा नेप्से परिसूचक ४७ दशमलव ९२ अंक बढेर २ हजार ६३२ दशमलव ८३ अंकमा पुगेको छ ।

२.६२ % ले बढ्यो नेप्से परिसूचक, १२ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

असोज २०, काठमाडौं । बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६२ प्रतिशतले बढेको छ । २ हजार ६१४ दशमलव ७४ विन्दुबाट शुरु भएको बजार ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६८१ दशमलव ११ विन्दुमा पुगेर बन्द भएको छ ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ८१ लाख ८९ हजार ८९० कित्ता शेयरको ५५ हजार ३८५ पटकमा रू. ४ अर्ब ५० करोड ६ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कुल कारोबारमा आएका धितोपत्र मध्ये १२ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन वेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, ग्रामीण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  त्यसैगरी रिडी हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्य २  दशमलव १६ र १ दशमलव ४६ प्रतिशतले घटेको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री सिटिजन्स बैंक इन्टरनेशनलको रू. २३ करोड ४ लाख ३७ हजार बराबरको भएको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार १४० मा रू. १६ करोड ८५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचाक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ५९ प्रतिशतले बढेको छ ।  त्यसैगरी, बैंकिङ समूहको परिसुचक १ दशमलव २५ प्रतिशत, व्यापार समूहको २ दशमलव ११ प्रतिशत, होटल्स एण्ड टुरिजम समूहको शून्य  दशमलव ९३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ४ दशमलव ८२ प्रतिशत, हाइड्रोपावर समूहको ३ दशमलव ४३ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५१ प्रतिशतले बढेको छ ।  यसैगरी उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ८९ प्रतिशत, अन्य समूहको १ दशमलव ८७ प्रतिशत, लघुवित्त समूहको ५ दशमलव ८ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ७६ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ६२ प्रतिशतका दरले वृद्धि भएको छ । यो दिन परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । साताको पहिलो र दोस्रो दिन घटेको नेप्से तेस्रो र चौथो दिन बढेको छ । करीब निराशाको अवस्थामा पुगेका लगानीकार्ताहरु बुधवार बजार बढ्दा उत्साहित बनेका छन् । चाडबाड नजिकिंदै गर्दा बजारले थोरै भएपनि सकामरात्मक गती लिएकाले लगानीकर्तालाई राहत मिलेको देखिन्छ ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ।...

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

५ अंकले घट्यो नेप्से परिसूचक

बुधवार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० अंकमा सीमित भएको छ । यस दिन १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा कारोबार भएको छ । यस दिन ९० वटा कम्पनीको शेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । बुधवार रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । त्यसैगरी विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी इनर्जी कम्पनीको ९.९८ प्रतिशतले शेय...

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ । साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको ...

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]