गोरखामा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न निर्देशन

गोरखामा सत्ता गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न निर्देशन दिइएको छ । केन्द्रीय निर्देशन बमोजिम गोरखाका राजनीतिक दलले गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने निर्णय गरेका हुन् । चुनावी तालमेल गर्न गठबन्धन दलहरुले लामो छलफल गरेपनि सहमति हुन नसकेपछि मित्रवत प्रतिष्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् । गोरखामा सहभागी गठबन्धनका नेताहरुको बैठकले गठबन्धन बाहेक दलसँग तालमेल नगर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए ।‘हामीले सत्ता गठबन्धनको चुनावी तालमेल

सम्बन्धित सामग्री

तालमेल हुन्छ, गठबन्धन हुँदैनः एमाले नेता

काठमाडौं, २९ भदौ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टी गठबन्धनको पक्षमा नभएको बताएका छन् । “निर्वाचन क्षेत्रमा तालमेल हुनु एउटा कुरा हो, राष्ट्रिय स्तरमा कसैसँग गठबन्धन हुँदैन । दुईचार ठाउँमा हुने कुरालाई गठबन्धन भनिँदैन । एकदुई ठाउँमा तालमेल त हिजो पनि भएको थियो, अहिले पनि हुन्छ । तर एमालेले कसैसँग […]

चुनावी गठबन्धन र तालमेल गर्ने राप्रपाको निर्णय, को सँग मिल्ला

काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै पार्टी केन्द्रीय कमिटीबाट गठबन्धन गरेर जाने निर्णय गराएका छन् । राप्रपाले गठबन्धन, तालमेल या सहकार्य गर्ने निर्णय लिएको हो । आज राप्रपाले चुनावमा विभिन्न दलसँग गठबन्धन तालमेल र सकार्यका लागि पहलकदमीका लागि अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी समेत […]

आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छ : नेता गुरुङ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन्। संवाद डबलीले आइतबार काठमाडौँमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन् । उनले गठबन्धनबीचको चूनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे। गुरुङले राष्ट्रिय र प्रजातन्त्र लगायतका […]

तालमेल हुनसक्छ, गठबन्धन हुँदैन : महासचिव पोखरेल

एमाले महासचिव शंकर पोखरेलले आगामी कात्तिक मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले तालमेल गर्नसक्ने भएपनि गठबन्धन नगर्ने बताएका छन् । बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा रातोपाटीसँग अनौपचारिक कुराकानीका क्रममा महासचिव पोखरेलले एमाले गठबन्धन गरेर चुनावमा नजाने प्रस्ट पारे । ‘एमाले गठबन्धन गर्ने पक्षमा छैन, एक्लै चुनाव लड्छ । चुनावी तालमेलसम्म भने गर्नसक्छ’, महासचिव पोखरेलले भने, ‘निर्वाचन मिति घोषणा भएपछि कोसँग तालमेल गर्ने भन्ने प्रस्ट हुन्छ ।’

संसदको चुनावमा पनि तालमेल गर्ने गरी गठबन्धन बढ्यो

काठमाडौं, १६ जेठ । संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ । आज बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ । गठबन्धनले पालिकाको कमिटी र जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गर्न पाँच दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन […]

संखुवासभा सत्ता गठबन्धन : कतै तालमेल, कतै प्रतिस्पर्धा

संखुवासभा : संखुवासभामा गठबन्धनका दलहरुबीच आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि  तालमेल गर्ने निर्णय गरेका छन्।संखुवासभाका १० स्थानीय तह मध्ये सात स्थानीय तहमा पाँच दलीय गठबन्धनले संयुक्त दलहरु बीच सहकार्य हुने भएको छ। सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको हो।आ–आफ्नै अडानमा रहेपछि सात स्थानीय तहमा मात्र दलहरु बीच तालमेल हुने भएको छ।गठबन्धनका लागि सात स्थानीय तहमा गठबन्धन हुने निर्णय भएको नेकपा माओवादी केन्द्र

झापामा गठबन्धन र राप्रपाबीच तालमेल हुने

विराटनगर : आगामी स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धन र राप्रपाबीच तालमेल हुने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापामा पाँचदलीय गठबन्धन र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच तालेमल हुने भएको हो।कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको चुनाव चिह्नबाट लड्ने गरी गठबन्धन गर्ने निर्णय गरेलगतै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले प्रदेश १ मा सत्ता गठबन्धनसँग तालेमलका लागि प्रस्ताव गरेको थियो।झापामा मात्रै तालमेल गर्ने लगभग सहमति जुटेको गठबन्धनका एक नेताले बताए। तालमेल गर्

गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा नभएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन र चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभएको स्पष्ट पारे । गठबन्धन वा चुनावी तालमेल […] The post गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन र तालमेल हितकर छँदै छैन, पार्टीको निर्णय मानेको छु : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु । […]

चितवनमा गठबन्धन दलबीच तालमेल गर्ने निर्णय

काठमाडौं, २१ चैत्र । चितवनमा सत्तागठबन्धन दलले आगामी चुनावमा तालमेल गर्ने भएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्ता गठबन्धन जिल्ला स्तरीय संयन्त्रको आज बसेको बैठकले जिल्लाका ७ वटा स्थानीय तह र जिल्ला समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको हो । संयन्त्रले आसन्न स्थानीय चुनावलाई लक्षित गर्र्दै ४ बुंदे निर्णय गरेको […]