विराटनगर : आगामी स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धन र राप्रपाबीच तालमेल हुने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापामा पाँचदलीय गठबन्धन र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच तालेमल हुने भएको हो।कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको चुनाव चिह्नबाट लड्ने गरी गठबन्धन गर्ने निर्णय गरेलगतै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले प्रदेश १ मा सत्ता गठबन्धनसँग तालेमलका लागि प्रस्ताव गरेको थियो।झापामा मात्रै तालमेल गर्ने लगभग सहमति जुटेको गठबन्धनका एक नेताले बताए। तालमेल गर्