महामारीमा  दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् ।निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानीसमेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम ठूला व्यापारीहरूबाट भइरहेको छ । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो १ सय १० रुपैयाँ मूल्

सम्बन्धित सामग्री

निषेधाज्ञामा उपभोग्य वस्तुको मूल्य वृद्धि

रोल्पा (अस) । निषेधाज्ञाको मौका पारेर रोल्पाका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य वृद्धि गरेको पाइएको छ । निषेधाज्ञा हुनुभन्दा पहिले प्रतिकेजी १२० रुपैयाँ पर्ने सोयाबिन अहिले २००, प्रतिकेजी ९० पर्ने केराउ अहिले १२० र १०० रुपैयाँ पर्ने आधा लिटर तोरीको तेल (प्याकेट) व्यापारीहरूले १२० रुपैयाँमा विक्री गर्दै आएका छन् । यस्तै दाल, चामल लगायत सबैजसो दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताहरूको छ । बिहीवार मात्रै रोल्पा नगरपालिका–२ लिबाङस्थित पवित्रा स्टोरमा दैनिक उपभोग्य वस्तु खरिदका लागि गएका एक उपभोक्ताले एक्कासि सबै सामानको मूल्य वृद्धि भएको पाइएको बताए । ‘पटक पटक पसल जाँदा संक्रमणको डर हुने भएकाले सबै सामान एकैपटक खरिद गर्न खोज्दा मूल्य वृद्धि भएको पाएँ,’ ती उपभोक्ताले भने, ‘यसरी मूल्य वृद्धि हुने हो भने त हामी जस्ता मजदूरलाई बाँच्न गाह्रो छ ।’ निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले बजार अनुगमन नगर्ने र बजारमा मूल्य सूची पनि कतै नराखिएकाले व्यापारीहरूले मनोमानी मूल्य वृद्धि गरेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दैनिक जोहो गरेर जीविका उपभोक्ता बढी मर्कामा पर्दै आएका छन् ।

निषेधाज्ञामा व्यापारीले मनोमानी मूल्य वृद्धि गरेको उपभोक्ताको गुनासो

जेठ ७, रोल्पा । निषेधाज्ञाको मौका पारेर रोल्पाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य वृद्धि गरेका छन् । दाल, चामल लगायत दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशतभन्दा बढीसम्म मूल्य वृद्धि गरेको उपभोक्ताहरुको गुनासो छ । निषेधाज्ञा हुनुभन्दा पहिले केजीको १२० पर्ने सोयाबिनलाई अहिले २००, केजीको ९० पर्ने केराउलाई अहिले १२०, आधा लिटरको तोरीको तेलको पोकालाई १०० पर्ने लाई अहिले १२० मा विक्री गर्दै आएका छन् ।  बिहीवार मात्रै रोल्पा नगरपालिका–२ लिबाङस्थित पवित्रा स्टोरमा दैनिक उपभोग्य वस्तु खरीदका लागि गएका एक उपभोक्ताले एक्कासी सबै सामानको मुल्य वृद्धि भएको सुन्दा अचम्ममा परे । ‘पटक पटक पसल जादा संक्रमणको डर हुने भएकाले सबै सामान एकै पटक खरीद गर्दा मूल्य वृद्धि भएको पाए’ ती उपभोक्ताले भने ‘यसरी मूल्य वृद्धि हुने हो भने त हामी जस्ता डेरामा बस्ने मजदूरहरुलाई बाच्न गाह्रो छ ।’ निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले बजार अनुगमन पनि नगर्ने र बजारमा मूल्यसूची पनि कतै नराखिएकाले व्यापारीहरुले मनोमानी मूल्य वृद्धि गरेका हुन् । यस्तो अवस्थामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हँुदा हुने खानेभन्दा पनि दैनिक जोहो गरेर खाने उपभोक्ताहरु ठूलो मर्कामा पर्दै आएका छन् ।

उपभोग्य समग्रीको अस्वभाविक मूल्य वृद्धि

दोलखामा दैनिक उपभोग्य वस्तुको अभाव र केही औषधीको अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धि भएको गुनासो आएपछि बिहीबार गरेको चरिकोट बजारमा अनुगमनका क्रममा यस्तो देखिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय दोलखाले चरिकोट बजारका दैनिक उपभोग्य वस्तु तथा औषधी पसलहरुको अनुगमन गरेको हो । […]

सुर्खेतमा खाद्यान्नको मूल्य अकाशियो : उपभोक्ता मारमा

जेठ २, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाद्यान्नको मूल्य अकाशिएको छ । निषेधाज्ञा जारी भएसँगै व्यापारीले आफूखुशी दैनिक उपभोग सामग्रीमा मूल्य वृद्धि गरेका छन् । सुर्खेतसहित प्रदेशभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामग्रीको मूल्यवृद्धि भएको हो । पसल सञ्चालकहरुले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यवृद्धि गरेर बेच्न बाध्य भएको बताउँछन् ।  वीरेन्द्रनगर बजारमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यवृद्धि भएको छ । व्यवसायीले महँगो मूल्यमा खरीद गरेका कारण विक्री गर्दा त्यस्ता वस्तुको मूल्यमा वृद्धि गर्नु परेको बताउँछन् । बन्दीपुर खाद्य स्टोरका सञ्चालक ईश्वर श्रेष्ठले ७ दिन अगाडि एक काटुन खाने तेल २ हजार ३८० रुपैयाँमा पाईएकोमा अहिले बढेर २ हजार ७२५ रुपैयाँ पर्ने गरेको बताए  ।  उनका अनुसार मुसुरोको दाल १२० पर्ने गरेकोमा लकडाउनले १३५ रुपैयाँ पर्ने गरेको छ । खाने तेल २ हजार २५० मा किन्ने गरेका खुद्रा व्यापारीले  हिजोआज २ हजार ६०० मा किन्ने गरेको उनी बताउँछन् । सन् फ्लावर खाने तेलको समेत मूल्यवृद्धि गरेर होलसेलरहरुले खुद्रा व्यापारीहरुलाई २ हजार २२५ मा दिने गरेता पनि अहिले २ हजार ५०० मा दिने गरेका छन् ।  खुद्रा व्यापारीका अनुसार लकडाउन पछि होलसेलले नै दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सनफ्लावर तेल प्रतिकार्टुन १०० देखि १५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन् । होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीको भनाइ छ । ढुवानी तथा लोड अनलोड गर्ने मजदूरको अभाव देखाउँदै होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा विक्रेताको भनाइ छ ।  मूल्यवृद्धि प्रति प्रदेश सरकार अनविज्ञ अस्वाभाविक रुपमा दैनिक उपभोग सामग्रीको मूल्यवृद्धिको विषयमा कर्णाली प्रदेश सरकार अनविज्ञ रहेको पाइएको छ । मूल्यवृद्धि प्रति प्रदेश सरकार बेखर हुँदा सर्वसाधारण महँगोमा दैनिक उपभोग्य वस्तु किन्न बाध्य भएको राष्ट्रिय उपभोक्ता मञ्चको गुनासो छ । मञ्चका सदस्य कुमारी भुसालले निषेधाज्ञासँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहँदा प्रदेश सरकार जनगुनासो प्रति बेखर रहेको बताइन् ।  उनले प्रदेश राजधानी सुर्खेतमै निषेधाज्ञाको फाईदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मूल्यमा अत्याधिक वृद्धि हुँदा उपभोक्ता मारमा परिरहेको बताइन् । ‘प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई कालोबजारी तथा महँगी नियन्त्रणका साथै आपूर्ति व्यवस्थापन लगायतको जिम्मेवारी रहेको छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले बजार अनुगमनका लागि निर्देशिका र संरचना तयार नगर्दा उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालय नामको बोर्ड टाँग्ने बाहेक उपभोक्ताको हितमा अरु कुनै काम गर्न सकेको छैन ।’  उनले कर्णालीका नागरिक दिनहुँ कालाबजारी, कार्टलिङ र सिण्डीकेट जस्ता समस्याले पिरोलिँदा प्रदेश सरकारले खडा गरेको उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालयको नाम बद्ल्न सुझाव दिइन् । उनका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेयता खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मूल्य वृद्धि भइरहेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चद्वारा  चिनीको मूल्य वृद्धि गर्नेलाई कारबाही गर्न माग

वैशाख २९, काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले  चिनीको  अस्वभाविक मूल्य वृद्धि गर्नेलाई कारबाही गर्न माग गरेको छ । मञ्चले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधवार पत्र पठाउँदै मुलुकमा कोभिडको दोस्रो लहर भयावह बनिरहेका बेला दैनिक उपभोग्य वस्तु चिनीको मूल्य अत्याधिक बढेको भन्दै कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरेको हो ।  मञ्चले अहिले देशको राजधानीमै प्रतिकेजी ११० रुपैयाँसम्ममा व्यापारीहरुले चिनी विक्री गरिरहेको बताएको छ । यस वर्षको कार्तिक महीनासम्ममा चिनीको खुद्रा मूल्य बढेर प्रतिकेजी  ७६ देखि ८५ रुपैयाँ रहेको तर गत महीनादेखि चिनीको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको अनुगमनबाट देखिएको मञ्चले भनेको छ । हाल चिनी प्रतिकेजी  ९० देखि ११० रुपैयाँ सम्ममा उपभोक्ताले खरीद गरिरहेका छन् । अर्थ मन्त्रालय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागलाई समेत चिनीको अस्वभाविक मूल्य वृद्धि बारे जानकारी गराउँदै मञ्चले आफूले उठाएको  तथ्यहरुमा सूक्ष्मरुपमा छानविन गरी कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल नियन्त्रण गर्न तथा राजस्व छल्ने उद्योगी तथा व्यवसायीहरु माथि कडा कारवाही गर्न ध्यानाकर्षण गराएको छ । कोभिड- १९ को महामारी र लकडाउनको दोहोरो मारमा परेका उपभोक्तालाई मूल्य र आपूर्तिमा राहत दिलाउनको लागि तत्काल बजारमा हस्तक्षेप गर्न तथा आपूर्ति व्यवस्थापन सहज गराई उपभोक्ता हित संरक्षण गर्न गराउन पनि मञ्चले भनेको छ ।

दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्नेलाई दुई लाख रुपैयाँ जरिबाना

काठमाण्डौ – दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालमा रहेको डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ । अधिकतम खुद्रा बिक्...

दसैंको मुखमा खाद्यान्नको मूल्यवृद्धि

दसैको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । सार्वजनिक यातायातको भाडा बढेसँगै तेल, मैदा, आँटा, चिनी, चामललगायतका खाद्यवस्तुको मूल्य प्रतिकेजीमा ५ देखि १५ रूपैयाँसम्म बढेको हो । चाडपर्वको मुख खाद्यान्नको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई परेको छ । इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेकाले खाद्यान्नको मूल्य पनि बढेको व्यवसायीको भनाइ छ ।