बैतडीमा अझै पुगेनन् पाठ्यपुस्तक, पठनपाठनमा समस्या

बैतडी : बैतडीमा अझै पाठ्यपुस्तक पुग्न सकेका छैनन्। जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको एक महिनाभन्दा बढी हुँदा समेत पाठ्यपुस्तक पुगेका छैनन्।बैतडीका सामुदायिक विद्यालयहरूका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै पाठ्यपुस्तक जिल्लामा पुगेका छन्। सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको विद्यालयहरूले जनाएका छन्। विद्यार्थीले पनि विनापुस्तक पढाइ गर्नुपर्ने बाध्यता छ। विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प

सम्बन्धित सामग्री

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । चार पटक मुलुकको कार्यकारी पद सम्हाल्नुभएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लासमेत रहेको बैतडीमा उनको पार्टीको अवस्था भने कमजोर छ । सत्ता गठबन्धनबाट बैतडीमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा रहेका छन् । कुँवरसित एमालेका दामोदर भण्डारीले प्रतिस्पर्धा गर्दै छन् ।  &nb

बैतडीमा भित्र्याइयो फूलपाती

बैतडी : बैतडीको सदरमुकामस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले आज फूलपाती भित्र्याएको छ। गुल्मले आज निशानदेवीको पूजाआजा गरी फूलपाती भित्र्याएको हो।बैतडीमा ब्यारेकबाहिर निशानदेवीको पूजा गरेको छ। बैतडीमा निशानदेवी तथा चण्डी भगवतीको मन्दिर ब्यारेक बाहिर शाहीलेकमा रहेकाले बाहिरै निशानको पूजा गर्ने गरिएको  छ।  हनुमानध्वज गुल्मले निशान भगवतीको पूजा गरी फूलपाती भित्र्याएको हनुमानध्वज गुल्म बैतडीका सहसेनानी गिरिजाप्रसाद भट्टले जानकारी दिए। जिल्ला सदरमुकाम गढी

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो। पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका...

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।...

बैतडीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थप

बैतडी। बैतडीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गरेका हुन्। यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो। बैतडीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९१५ रहेको छ।कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।

बैतडीमा हथौडाले प्रहार गरी हत्या

बैतडीमा हथौडाले प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।