कृषिमा विदेशी लगानी : साना किसान र उद्यमीलाई पासो

२१ पुस, काठमाडौं । सरकारले ठूला विदेशी लगानी ल्याउन रोक्न नहुने तर्क गर्दै पुस २० गते राजपत्रमा सूचना निकालेर कृषि क्षेत्रमा विदेशी लगानी खुला गरको छ । कस्ता उद्योग भित्रिने अपेक्षामा सरकारले यस्तो कदम चालेको हो भन्ने खुल्न बाँकी छ । तर केही उद्योगीको भनाइ मान्ने हो भने अबको केही समयभित्रै भारतबाट अमूलले दुग्धजन्य र […]

सम्बन्धित सामग्री

आवश्यक छैन: कृषक, सर्तसहित ल्याउँदा उपयुक्त: विज्ञ

सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानी ल्याउन दिने भए पनि कृषिमा विदेशी लगानी भित्र्याउन हुने वा नहुने भन्नेमा बहस सुरु हुन थालेको छ । नेपालमा केही कृषकहरुले विदेशी लगानी भित्रयाउन साना किसान मर्कामा पर्ने बताउन थालेका छन् । नेपाल सरकारद्वारा कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यावस्था र त्यसको विरोधमा विभिन्न कृषि उद्यमसँग सम्बधित संघसंस्थाले विरोध गरेका छन् । अर्थविद् चन्द्रमणि अधिकारी कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा विदेशीलाई सर्तसहित लगानी गर्न दिँदा राम्रो हुने बताउनुहुन्छ । पहिलो कुरा विदेशीलाई लगानी गर्न दिँदा कृषिमा थप पुँजी, प्रविधि र सीप आउँछकि आउँदैन त्यो पहिलो प्राथमिकताको कुरा भएको उहाँ बताउनुहुन्छ ।

कृषिमा विदेशी लगानी भित्राउने सरकारको निर्णय किसानमारा : भैरवराज रेग्मी

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले कृषिमा विदेशी लगानी भित्राउने सरकारको निर्णयलाई किसानमारा नीति भएको बताउनुभएको छ । हालै मन्त्रिपरिषद् बैठकले कृषिमा विदेशी लगानी भित्राउने निर्णय गरेपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले सरकारको पछिल्लो निर्णयलाई चोरढोकाबाट भित्राइएको कृषिसम्बन्धी गलत नीतिको सङ्ज्ञा पनि दिनुभयो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी निषेध गरिएको प्रसङ्ग उठाउँदै अध्यक्ष रेग्मीले भन्नुभयो– ‘कृषिमा विदेशी लगानी भित्राउनेजस्तो गम्भीर विषयलाई चोरढोकाबाट स्वीकृति दिने निर्णय गलत छ ।’ उहाँले यस्तो किसानमारा नीतिबाट खासगरी साना किसान तथा कृषिउद्यमी टाट पल्टने मात्रै होइन, नेपालको सम्पूर्ण कृषिक्षेत्र नै धरासायी हुने बताउनुभयो । ‘कृषिक्षेत्रमा विदेशी लगानी भित्राउने निर्णय गलत छ’ अध्यक्ष रेग्मीले भन्नुभयो– ‘यस्तो निर्णयले कृषिमा परनिर्भरता बढाउने छ ।’ उहाँले नेपालका सम्पूर्ण किसान र किसान सङ्गठन यस्तो निर्णयको विरोधी रहँदै आएको बताउनुभयो । किसान सङ्गठनसित मिलेर यसबारे छिट्टै थप निर्णय गरिने पनि उहाँले बताउनुभयो । हिजो उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय गरेको जानकारी दिनुभएको थियो । ७५ प्रतिशत कृषि उत्पादन निर्यात गर्न सर्तमा कृषिमा विदेशी लगानी खुल्ला गरिएको बताउँदै उहाँले सरकारले यससम्बन्धी कार्यविधि बनाउन थालिएको पनि जानकारी दिनुभएको थियो । तर विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा भने कृषिमा विदेशी लगानी निषेध गरिएको छ । सरकारले यस ऐनको विरुद्ध कार्यविधि बनाउन थालेको देखिएको छ ।