राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक प्रकोप प्रभावितको खोज, उद्धार, उपचार, मनोसामाजिक परार्श र पुनःस्थापना गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक प्रकोप प्रभावितलाई सरोकारवालासँग समन्वय र सहकार्य गरी नागरिकको जीउधनको रक्षा गर्न सरकारलाई आग्रह गरिएको छ।