बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने

काठमाडौँ । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अहिले काठमाडौँलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको […]

सम्बन्धित सामग्री

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल

भैरहवा विमानस्थलको सञ्चालनलाई सघाउन उदार नदेखिएको भारतले पोखरालाई कसरी हेर्ला ? चीनले यही बेला यो परियोजनालाई ‘बीआरआई’ अन्तरगतको भनेर सशंय थपिदिएकोले कतै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन–भारत रणनीतिक स्वार्थको चपेटामा पो पर्ने हो कि ?

विमानस्थल सञ्चालनमा सरकारी सहयोग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरीमा सञ्चालनमा आउने भएसँगै यसको भविष्यलाई लिएर उत्पन्न आशंका एक हदसम्म हटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जनवरी १ देखि विमानस्थल व्यावसायिक रूपमा सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्राधिकरणले उडान सुचारु गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको अवस्था छ । बिहीबार बुद्ध एयर र यती एयरलाइन्सले यो विमानस्थलमा डेमो […]

बुद्ध र यतिले गरे पोखरा विमानस्थलमा ‘डेमो’ उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन १० दिन बाँकी रहँदा बुद्ध एयर र यति एयरलाइन्सले बिहीबार प्रदर्शनी (डेमो) उडान गरेका छन् । नागरिक उड्डयन प्राधिकरणको समन्वयमा साविकको विमानस्थलबाट नयाँ विमानस्थलमा बिहीबार दिउँसो यी दुई कम्पनीका एटीआर ७२ जहाजले सफल उडान भरेका हुन् ।