एजेन्सी, ९ पुस। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको हो। यस सम्बन्धमा मुख्यमन्त्री आदित्यनाथले उच्चस्तरीय टोलीलाई निर्देशन दिएका छन्। राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ। भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या दुई सय नाघेको […]