एमालेका १५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

बुटवलमा नेकपा एमालेका १५ जना अगुवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका कार्यकर्ताहरु भेषराज पौडेलसहित दीपक सरु, सेवानन्द न्यौपाने,धन बहादुर थारु, भगवती तिवारीलगायत पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुषालले  फुलमाला अविरले स्वागत गरे । सोही कार्यक्रममा नवप्रवेशी पौडेलले एमाले प्रतिगामी र  विकास विरोधी पार्टी भएको भन्दै आफूहरु सो पार्टीमा टिक्न नसकेको प्रतिक्रिया दिए । 

सम्बन्धित सामग्री

जसपाका चार केन्द्रीय सदस्यसहित नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता म