एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्यूआर भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका अनुसार हाल १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरु छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकका ग्राहकलाई भाटभटेनीमा स्मार्ट क्यूआर भुक्तानी गर्दा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एपबाट स्मार्ट क्यूआर गरेर भुक्तानी गर्दा छुट पाउने भएका छन् । स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यो अफर असोज १ गते देखि कार्तिक १५ सम्म...

एनआईसी एशिया बैंकको नगद फिर्ता योजना

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि अनलाइनमार्फत खरिदमा नगद फिर्ता योजना ल्याएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकै बेला ग्राहकलाई लाभ दिन यो योजना ल्याइएको बैंकले जनाएको छ । योजनाअन्तर्गत घरमै बसेर सस्तोडिल, ग्यापु, इन्फी, खानपिन फुड्स एन्ड टुर्स, रिचार्जरजस्ता विभिन्न अनलाइनमार्फत ०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा बैंकका ग्राहकले १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म नगद फिर्ता पाउनेछन् । कोरोना भाइरसको महामारीकाकारण असहज परिस्थिति सिर्जना भएका बेला ग्राहकको किनमेल सहज बनाउने उद्देश्यले यो योजना ल्याइएको बैंकले बताएको छ । डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न ई–कमर्स कम्पनीबाट सामग्री खरिद गर्दा नगद फिर्ता योजना ल्याइएको हो । यसका लागि ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्स तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यूआर भुक्तानी गरी योजनामा सहभागी हुन सक्नेछन् । आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भमार्फत सहज रूपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी योजनाको फाइदा लिन सक्ने बैंकले जानकारी दिएको छ ।