नयाँ मतदातालाई आज पनि परिचयपत्र वितरण गरिँदै

नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ ।देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन् । वालिग

सम्बन्धित सामग्री

लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

जिल्ला प्रशासन कार्यालय लमजुङले तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। ०७७ साउन १ गतेदेखि लमजुङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न थालिएकोे थियो। जिल्ला प्रशासन कार्यालयले गत बुधबारबाट परिचयपत्र वितरण थालेको...

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...

काठमाडौंमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

सरकारले १ असारदेखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचयपत्र वितरण पनि सुरु गरेको हो । सरकारले परिचयपत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सहज नभएको भन्दै गुनासो गरेका छन् […]

काठमाडौंमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलनसँगै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। सरकारले...

मनाङमा मतदाता परिचयपत्र वितरण

हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरू निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचयपत्र वितर

पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

पर्वत, १९ फागुन । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् । अहिले जिल्लाका सातवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको […]

साहित्यकार परिचयपत्र वितरण सुरू

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लेखक/साहित्यकारलाई परिचयपत्र वितरण कार्यको सुरु गरेका छन्।प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरण गरिएको थियो। प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए।सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचा

साहित्यकार परिचयपत्र वितरण हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ । प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र प

गोरखामा द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु

सशस्त्र युद्धमा पीडित गोरखाका नागरिकलाई द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु भएको छ । संक्रमणकालीन न्यायका लागि २०७१ सालमा स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले ६ वर्षपछि पीडित पहिचान गरी परिचयपत्र वितरण सुरु गरेको हो । आयोगका अध्यक्ष गणेशदत्त भट्ट सहितको टोलीले शुक्रबार जिल्ला सदरमुकाममा २ जनालाई पीडित परिचयपत्र वितरण गरेको हो । आयोगमा जिल्लाबाट १ […]

मल्लरानीका गाउँगाउँमा अपाङ्गता परिचयपत्र वितरण

जुमान सिंह केसी, प्युठान । मल्लरानीका गाउँगाउँमा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । मल्लरानी गाउँपालिका प्युठानले स्थानीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको निर्णय अनुसार वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सम्पन्न भएको छ । गाउँ पालिकामा अपाङ्गता परिचयपत्रको लागि आउँदा अपाङ्गता भएका व्यक्तिलाई अप्ठ्यारो र खर्चिलो हुने भएकोले स्थानीय स्तरमा सहज तरिकाले सेवा दिएको गाउँपालिका उपाध्याय सरिता जिसिले बताउनु भयो । अपाङ्गता परिचयपत्र वितरण कार्यविधि २०७५ अनुसार चार भागमा वर्गीकरण गरिएको र सोही अनुसार ब्यक्तिको अवस्था तथा गम्भीरताको पहिचान गरि परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनु भयो । २०७७ साल पौष १९ गतेदेखि २५ गते एक हप्तासम्म शिविर संचालन गरिएको हो । अपाङ्गताको अबस्था अनुसार पूर्ण अशक्त, अति अशक्त, मध्यम र सामन्य अपाङ्गता गरि चार भागमा वर्गीकरण गरिएको छ । शिविरमा वाडा कार्यालयमा मात्रै नभई विभिन्न टोलमा पुगि सेवा दिएको र कतिपय त्यहाँसम्म आउनै नसक्ने अशक्त अपाङ्गता भएका ब्यक्तिको घरमा पुगि सेवा प्रदान गरिएको महिला बालबालिका शखाका रेवती न्यौपानेले बताउनु भयो । उक्त शिविर बाट क वर्गका ५, ख वर्गका २८, ग वर्गका ३३ घ वर्गका १८ गरि जम्मा ८८ जनालाई वितरण गरिएको हो । जसमा महिला ३५ पुरुष ४९ रहेका छन् । एक हप्तासम्म गाउँमा संचालित शिविरमा गाउँपालिका उपाध्यक्ष सरिता जिसि, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह केसी, प्राथमिक स्वास्थ केन्द्रका डा. विक्रम थापा, महिला बालबालिका शाखाका रेवती न्यौपाने र वडा स्तरका जनप्रतिनिधि कर्मचारीको उपस्थितिमा शिविर संचालन भएको हो ।