कांग्रेसमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउनु पर्नेमा सबैको सहमति, नेतृत्वमा दाबी छाड्न कोही भएनन् राजी !

नेपाली कांग्रेसमा आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउन भन्दै गृहकार्य शुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननंरसिह केसीको पहलमा शुक्रवार सभापतिका आकांक्षी सहित प्रभावशाली नेताको बैठकले साझा उम्मेदवार बनाउने बारे छलफल गरेको हो । बत्तीसपुतली स्थित एक पार्टी प्यालेसमा शुक्रवार भएको छलफलमा पार्टीमा रुपान्तरण आवस्यक भएकोले साझा उम्मेदवारी दिनेबारे सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् । शुक्रवारको भेलाको संयोजन गरेका केसीले साझा उम्मेदवार बनाउने बारे छलफल भएको बताए । ‘चौ...

सम्बन्धित सामग्री

संस्थापन इतरले साझा उम्मेदवार दिन सकेन

काठमाडौँ- नेपाली कांग्रेसमा संस्थापन इतरको साझा उम्मेदवार शुक्रबार बेलुकीको बैठकले पनि तय गर्न सकेको छैन। शुक्रबार बेलुकी महाधिवेशनको उद्घाटन सकिएलगत्तै पौडेल पक्षका नेताहरु अनुपम फुडल्यान्डमा बैठकमा जुटेका थिए। यद्यपि बैठकले कुनै निर्णय गर्न सकेन। बैठकमा पौडेलका अतिरिक्त महामन्त्री सशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला पनि सहभागी थिए। कांग्रेसमा पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि शनिबार […]

महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा भइरहेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल पुगेका छन्। नेपाली कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि मंसिर २७ गते निर्वाचन हुँदैछ। तर, हालसम्म संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्। महाधिवेशन…

कांग्रेसमा संस्थापन इतर समूहको छलफल निष्कर्ष बिहीन

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्षको छलफल निष्कर्ष बिहीन भएको छ। गौशालाको अनुपम फुडल्याण्डमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापतिहरुले सहमतिमा उम्मेदवार तय गर्न सुझाव दिएका छन् […]

कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति जुट्न सकेको छैन । बरु संस्थापन इतर समुहका नेताहरु नैं छलफलमा उपस्थित हुन छाडेका छन् । मंगलबारको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने […]

सभापतिमा साझा उम्मेदवार बनाउन संस्थापन इतरकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् । त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी […] The post सभापतिमा साझा उम्मेदवार बनाउन संस्थापन इतरकाे बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसमा संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न निरन्तर छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूह आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि निरन्तर छलफलमा छन् । रामचन्द्र पौडेल पक्षधर नेताहरु शनिबार पनि साझा उम्मेदवारबारेको छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित घरमा उनीहरु भेला भएका हुन् । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो । आउँदो महाधिवेशनमा […]

कांग्रेसमा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ ।शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए । पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले […]

कांग्रेसमा ‘फेसन’ बन्दै ‘लन्च मिटिङ’, नेताहरूको कुदाकुद

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरू भने ‘लन्च मिटिङ’ मा केन्द्रित बनेका छन्। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि केही राहतको महसुस गरेको संस्थापन इतरका नेताहरू साझा उम्मेदवार बनाउनेभन्दा आ–आफ्नो शक्ति देखाउन […]