६ कम्युनिस्ट पार्टी र २ मोर्चाको निष्कर्ष : एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा

६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्ध नगरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अमेरिकी राजदूत र्‍याण्डी वेरिको ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुष्टि गरेको उनीहरुको भनाइ छ। मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको न

सम्बन्धित सामग्री

एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने विप्लवको अभियान

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने बताएका छन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले संसदबाट देशविरुद्ध अपराध गरेकालाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका हुन्। उनले भने, ‘एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ। जसले संसदबाट हाम्रो देशविरुद्ध अपराध गरेका छन्। मालिकहरूसँग मिलेमतो गरेर […]

एमसीसी सम्झाैताविरुद्ध राजधानीमा विराेध प्रदर्शन र सभा (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीमा विराेध प्रदर्शन र जनसभा गरेका छन्। फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले शुक्रबार खुलामञ्चमा जनसभा आयोजना गरेका हुन्। जनसभाअघि माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट छुट्टाछुट्टै र्‍याली निकालिएकाे थियाे। […]

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दलले प्रदर्शन गर्ने

१७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित भएको विरोधमा आठ राजनीतिक दलले देशव्‍यापी प्रदर्शन र सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको मंगलबार बसेको बैठकले एमसीसी राष्ट्रघाती रहेको […]

एमसीसी : माओवादी र एकीकृत समाजवादीमा असन्तुष्टि

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि देखिएको छ । एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए […]

एमसीसी पास गर्ने गरी सत्तामा बस्न सकिन्नः माधव नेपाल

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने गरी सत्तामा बस्न नसकिने बताएका छन्। उनले एमसीसीकै कारण सत्ताबाट बाहिरिनुपर्ने अवस्था आएको बताए। धनगढीमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको प्रथम सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन टुट्न सक्ने बताए। एमसीसी […]

एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्दै ६ कम्युनिस्ट पार्टी

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका आधा दर्जन दलहरूले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) खारेजीको माग गर्दै संसद् भवन घेराउ गर्दै छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्ध नगरमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाको बैठकले एमसीसी विरुद्धको सङ्घर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आइतबार माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वर स्थित संसद् भवन […]

माओवादीले रोक्यो एमसीसी

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

माओवादीका कारण रोकियो टेबल हुन एमसीसी

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो ।माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो ।सत्ता गठबन्धनको बिहीबार बस्ने बैठकले फागुन ६ गते बस्ने संसद् बैठकमा सरकारले पुनः एमसीसी टेबल गर्ने सम्बन्धमा निर्णय गर्ने बत

एमसीसी पारित गर्न अमेरिकाको दबाबले सत्ता गठबन्धन नै संकटमा

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ्न प्रधानमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार भएको छलफलमा प्रचण्ड र नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसद्बाट पारित गर्न नसकिने बताउनुभएको स्रोतले जनायो ।उता प्रधानम

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि पोखरेल

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आवश्यक संशोधनपछि मात्र पास गर्ने बताएका छन् । उनले एमसीसी संशोधन गरेरमात्र पारित गर्ने आफ्नो पार्टीको नीति रहेको पनि प्रस्ट पारे ।सिरहाको गोलबजार नगरपालिका–१२, बेतौनामा आयोजित पार्टीको वडा अधिवेशन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले केपी शर्मा ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशत