एमसीसी सम्झाैताविरुद्ध राजधानीमा विराेध प्रदर्शन र सभा (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीमा विराेध प्रदर्शन र जनसभा गरेका छन्। फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले शुक्रबार खुलामञ्चमा जनसभा आयोजना गरेका हुन्। जनसभाअघि माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट छुट्टाछुट्टै र्‍याली निकालिएकाे थियाे। […]

सम्बन्धित सामग्री

एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

१७ असोज, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन लगायतका नारा लगाएका थिए । अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई एमसीसी परियोजना दिएको छ । संसदले पारित गरेको यो परियोजना अहिले कार्यान्वयनको चरणमै छ […]

बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन जारी, तस्बिरहरु

आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

बानेश्वरमा शुक्रबार पनि एमसीसी विरोधी प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

एमसीसी र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै नेकपाको प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनले एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका प्रदर्शनकारीले एमसीसी लागू हुन नहुने र इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए।

एमसीसी खारेज गर्न माग गर्दै भृकुटिमण्डपमा विरोध प्रदर्शन

काठमाडौँ, २१ असोज। अमेरिकी सहयोग एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, […]

एमसीसी सम्झौताविरुद्ध २२ गते विरोध प्रदर्शन हुने

सरकारले विदेशी शक्ति केन्द्रहरुको दवावमा एमसीसी सम्झौता अनुमोदन गर्नसक्ने भन्दै आगामी असोज २२ गते काठमाडौमा विरोध प्रदर्शन हुने भएको छ । एमसीसी सम्झौता खारेजी आन्दोलनको बैठकले विरोध प्रदर्शन गर्ने  निर्णय गरेको हो ।देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय बसेको बैठकपछि जारी विज्ञप्तिमा एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल नभएपनि सरकारले कुनै पनि बेला अनुमोदन गराउन सक्ने भएकाले खारेज नभएसम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको हो ।‘आगामी असोज

एमसीसी खारेजीको माग गर्दै जनमोर्चाद्वारा प्रदर्शन

२२ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रदर्शन भएको छ । ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, अमेरिकी सामाजवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै जनमोर्चाले काठमाडौंको शान्ति बाटिकामा प्रदर्शन तथा खबरदारी सभा गरेको हो । विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै नेकपा मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश […]

‘एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन’

काठमाडौं, ३० साउन । एमसीसी खारेज अभियानले आजपनि प्रदर्शन गरेको छ । पछिल्लो समय अभियानले एमसीसीको विरोधमा काठमाडौंमा विरोध तथा प्रदर्शन गरिरहेको छ । आजपनि अभियानले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

एमसीसी र दार्चुला तुइन घटनाको विरोधमा प्रदर्शन

काठमाडौँ– अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै मंगलबार राजधानीको माइतीघर मण्डलामा विराध प्रदर्शन भएको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । मोर्चाले एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ […]