लाभांश पारित गर्न नेशनल लाईफ इन्स्योरेन्सले बोलायो जेठ २२ मा साधारण सभा, बुक क्लोज कहिले ?

काठमााडैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (National Life Insurance Company Limited) ले ३५औं वार्षिक साधारण सभा (Annual General Meeting) जेठ २२ गते गर्ने भएको छ । वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं, लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा उक्त दिन बिहान १०ः३० बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ ।  सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई स्वीकृति प्रदान गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले ६ दशमलव ५ प्रतिशत छुट्टै नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा जेठ १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश (Dividend) पाउन योग्य हुनेछन् ।