देउवा सरकारद्वारा भूमि आयाेग गठन, केशव निराैला अध्यक्ष

काठमाण्डाै – भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराउनुभएको हो ।सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलता थपिँदै गएकाले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताउनुभ...

सम्बन्धित सामग्री

ओलीको भाषणले भूमि फिर्ता हुनेवाला छैन : प्रधानमन्त्री देउवा

दार्चुला । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा ओलीका भाषणले फिर्ता नहुने बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धन दार्चुलाद्वारा गोकुलेश्वरमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको हो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो […]

नेपाली भूमि फिर्ता ल्याउने देउवा र ओलीको आश्वासन, तर एकआपसमा आरोप–प्रत्यारोप

काठमाण्डाै - प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अतिक्रमणमा परेका नेपाली भूमि फिर्ता ल्याउने आश्वासन दिएका छन् । हिजो डडेल्धुराको गन्यापधुरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अतिक्रमित नेपालको भूमि कुटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो । आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद कुटनीतिक पहलका आधारमा समाधान गर्ने बताउनुभयो । हिजै दार्चुला...

लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनमा देउवा र मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका हुन्। मोदीसँगै देउवा पनि बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डलले मायादेवी मन्दिरको दर्शन गरेका छन्। मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्।…

भूमि आयोग नहुँदा पनि धमाधम जग्गा नापजाँच गर्दै बेलका नगरपालिका

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरियो । देउवा सरकारले हालै केशव निरौलाको अध्यक्षतामा आयोग पुनर्गठन गरेको छ । केन्द्रमा आयोग विघटन र पुनर्गठनको खेल चलिरहेका बेला उदयपुरको बेलका नगरपालिकाले धमाधम जग्गा नापजाँचको काम गरिरहेको छ । सर्वाेच्च अदालतले आयोगको काम यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश दिएको थियो । बेलका नगरपालिकाले २०० विगाहाभन्दा बढी जग्गा नापिसकेको छ । वडा नम्बर ५ र ३ मा २०० विगा...

भदौ १ गतेसम्म ‘ब्युँतियो’ भूमि आयोग

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।देउवा नेतृत्वको सरकारले विघटन गरेको भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि दुवै पक्षलाई भदौ १ गते बोलाएको छ ।

तत्काल भूमि आयोग गठन गर्न काँग्रेस जिल्ला सभापतिहरूको माग

काठमाडौँ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको भेलामा तत्काल भूमीआयोग गठन गर्न माग गरिएको छ । आज संस्थापनइतरका काँग्रेस जिल्ला सभापतिहरूको भेलामा तत्काल भूमि आयोग गठन गर्नुपर्ने आवाज उठेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भूमि आयोग खारेज गर्ने निर्णय भएको थियो । उक्त निर्णयपछि देशैभरि सरकारविरुद्ध भूमिहीनहरूले आन्दोलन गरिरहेका छन् । भूमि आयोग खारेजपछि काँग्रेसविरुद्ध पनि […]

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत विपक्षी बनाई आज अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो। रिटमा संविधानको धारा ३७को व्यवस्थाको प्रतिकूल हुने उल्लेख छ।

भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन*

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । देउवा नेतृत्वको सरकारले लाखौँ भूमिहीन, सुकुम्बासीलगायतका नागरिकलाई लालपुर्जा दिनुपर्ने अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएकाले सरकारविरुद्ध दवा

भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुँदै

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । देउवा नेतृत्वको सरकारले लाखौँ भूमिहीन, सुकुम्बासीलगायतका नागरिकलाई लालपुर्जा दिनुपर्ने अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएकाले सरकारविरुद्