माओवादी केन्द्रले गृहमन्त्री थापाको पनि सांसद पद खोस्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’को सांसद पद खोसेको छ । माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थापाको सांसद पद खोसेको हो ।

सम्बन्धित सामग्री

४ माओवादी नेताको सांसद पद जोगिएला त ?

काठमाडौं।माओवादी केन्द्रले कारबाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिट आज पेसीमा चढेको छ।उनीहरुको पेसी वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुने भएको छ।टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीले बुधबार रिट दर्ता गरेका थिए।उनीहरुले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन्।

सांसद पद बिउँताइदिन माग गर्दै पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले उज्यालोलाई जानकारी दिनुभयो । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमाले...

सांसद पद पुनर्वहालीको माग गर्दै पूर्वमाओवादीका चार नेता सर्वोच्च अदालतमा

प्रतिनिधि सभा सदस्य पुनर्वहालीको माग गर्दै नेकपा माओवादीबाट निर्वाचित भएर कारवाहीमा परेका चार पूर्व सांसद सर्वोच्च अदालत गएका छन् ।  माओवादी केन्द्रले सांसदबाट कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।  पार्टी छाडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूलाई सांसदबाट हटाएको थियो । यसअघि उनीहरू माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोग गएका थिए । निर्वाचन आयोगले उनीहरूको निवेदन खारेज गरिदिएको थियो ।  माओवादी छाड...

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पद खारेजी

काठमाडौं। माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पनि सांसद पद खारेज हुने भएको छ। खड्काले दल त्याग गरेको सूचनासहितको पत्र माओवादी केन्द्रले संघीय संसद सचिवालयमा आज दर्ता गरेपछि पद खारेज हुने भएको हो। यस्तो सूचना संसद अधिवेशन चलेको अवस्थामा १५ दिनभित्र संसदको बैठकमा सुनाउने र अधिवेशन नभएको अवस्थामा सूचना निकाल्नुपर्ने प्रावधान छ।

गृहमन्त्री बादलको सांसद पद गयो

काठमाडौं। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । नेकपा माओवादी केन्द्रले दल त्याग सम्बन्धी पत्र संसद सचिवालयमा पठाएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्र अनुसार पद रिक्त भएको निणर्य गरेपछि सचिवालयले आज पत्र सूचना बोर्डमा टाँस गरेको छ । सभाको अधिवेशन चालु नरहेकाले सुचना टाँस गरिएको हो ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रको एक सांसदको पद गयो

काठमाडौँ। माओवादी केन्द्रका सांसद् धर्मराज रेग्मीको पद गएको छ। आज सुरु भएको कणाली प्रदेशसभामा सभामुख राजबहादुर शाहीले माओवादी केन्द्रले दिएको दल त्यागसम्बन्धी पत्र पढेर सुनाएसँगै रेग्मीको सांसद पद गएको हो।

प्रचण्डले सांसद पद खोसेपनि फेरि मन्त्री

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी र शहरी विकासमन्त्री प्रभु साह शपथ ग्रहण  । नेकपा माओवादी केन्द्रले उनीहरुको सांसद पद खोसेपनि प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई फेरि मन्त्री बनाएका हुन् ।

माओवादी छाडेर एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज

काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।  गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र क...

माओवादीका ४ सांसदको पद गयो

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई प