विद्युत विक्री आम्दानी घटे पनि वित्तीय आम्दानीले बढायो चिलिमेको नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (Chilime Hydropower Company Limited) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५२ करोड ८९ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५२ करोड २० लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष भने १ दशमलव ३४ प्रतिशत बढी खुद नाफा गरेको हो ।  कम्पनीको विद्युत विक्री आम्दानी गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष २ दशमलव ३३ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिसम्म रू. ८२ करोड ३४ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी (Income) गरेको कम्पनीले यस वर्ष रू. ८० करोड ४२ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी घटे पनि कम्पनीको वित्तीय आम्दानी बढ्दा यो वर्ष खुद नाफामा सकारात्मक प्रभाव देखिएको हो । गत वर्ष रू. १३ करोड १ लाखभन्दा बढी रहेको वित्तीय आम्दानी यस वर्ष रू. १७ करोड ५८ लाखभन्दा बढी भएको छ । सञ्चालन नाफा गत वर्ष रू. ५४ करोड ३२ लाखभन्दा बढी रहेको कम्पनीको यस वर्ष रू. ५० करोड ९६ लाखभन्दा बढी मात्र थियो ।  गत वर्षको मुनाफाबाट यस वर्ष ७ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्ता पूँजी (Paid Up Capital) रू. ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार कायम भएको छ । कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि समेत ७ दशमलव ५० प्रतिशत नगद लाभांशसमेत वितरण गरेको छ ।  हाल कम्पनीकोे जगेडा कोष रकम रू. ३ अर्ब १३ करोड ७८ लाखभन्दा बढी छ । गत वर्षको तुलनामा कम्पनीको जगेडा कोष रकम भने ७ दशमलव ६८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ३ अर्ब ३९ करोड ८७ लाखभन्दा बढी थियो । वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १४३ दशमलव २३ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

बरूण हाइड्रोपावरको नाफा ३३७ प्रतिशतले वृद्धि

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २५ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा गरेको कम्पनीले गत वर्ष ३३७ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी भने १५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष ९ करोड ३९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष भने ७ करोड ९७ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी घटे पनि गैर सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २९७ दशमलव ३८ प्रतिशत बढी हुँदा कम्पनीको सञ्चालन नाफासँगै खुद नाफा बढ्न पुगेको हो ।  अघिल्लो वर्ष ४५ लाख ३७ हजार रुपैयाँ रहेको गैर सञ्चालन आम्दानी गत वर्ष १ करोड ८० लाख रुपैयाँभन्दा बढी भएको छ । सञ्चालन नाफा भने अघिल्लो वर्षभन्दा ४३ दशमलव २३ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ४ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ६ करोड ९३ लाख रुपैयाँभन्दा बढी भएको हो । शत प्रतिशत हकप्रद शेयरमार्फत पूँजी बढाएर कम्पनीले चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार पुर्‍याएको छ । कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँभन्दा बढी र रिटेन्ड अर्निङमा २ करोड रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ११२ रुपैयाँ ६ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला