वित्तीय आम्दानी बढेसँगै बढ्यो राधी विद्युतको नाफा, जगेडा कोषमा ४१ करोड ३६ लाख सञ्चिति

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष यो नाफा बढाएको हो ।  यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटे पनि वित्तीय आम्दानी बढ्दा नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष १ करोड ९७ लाख रुपैयाँभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ३५ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । गत वर्ष ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ४० लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च पनि यस वर्ष बढेको छ । गत वर्ष ७७ लाख ४२ हजार रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ४ लाख रुपैयाँ यो खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ५९ लाख ७९ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने ४१ करोड ३६ लाख रुपैयाँभन्दा बढी कायम छ । दीर्घकालीन कर्जा सापटी ७ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ५ करोड ५ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ६८ पैसा छ । रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

मामाघर आश्रमको महायज्ञ  : आम्दानी ७६ लाख, खर्च डेढ करोड

काठमाडौँ : ललितपुरको गोदावरीमा अनाथ बालबालिकाको आश्रयस्थल 'मामाघर अनाथ आश्रम'को भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा ७६ लाख आम्दानी हुँदा खर्च भने डेढ करोड पुगेको छ।यसरी हिसाब गर्दा आर्थिक संकलनका लागि भनेर गरिएको गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत विराट ज्ञान महायज्ञ ७४ लाख घाटा खान पुगेको छ। गत भदौ २० देखि ३० गतेसम्म गोदावरी नगरपालिका-१४ बाडेगाउँमा सञ्चालन भएको सो महायज्ञमा ७६ लाख ५५ हजार २३१ रुपैयाँ आम्दानी भएको आयोजक मामाघर अनाथालय सपोर्ट ए

पर्यटनबाटै अन्नपूर्णको आम्दानी एक करोड ३० लाख

म्याग्दी– पर्यटन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आम्दानीको प्रमुख स्रोत भएको छ । चालू आर्थिक वर्ष अन्नपूर्णले पर्यटनमार्फत् एक करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको […]

कर्णालीको आम्दानी लक्ष्यभन्दा ६ करोड कम

कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्यभन्दा झण्डै ६ करोड ३४ लाख रुपैयाँ कम आम्दानी गरेको छ । ७१ करोड २९ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले वार्षिक आम्दानी ६४ करोड ९५ लाख रुपैयाँ गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो । खर्च बेहोर्ने स्रोतमा उक्त लक्ष्यलाई […]

कर्णाली प्रदेशको आम्दानी लक्ष्यभन्दा ६ करोड कम

सुर्खेत : कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्य भन्दा झण्डै ६ करोड ३४ लाख कम आम्दानी गरेको छ। ७१ करोड २९ लाख ७४ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले ६४ करोड ९५ लाख ५ हजार १९२ रुपैयाँ वार्षिक आम्दानी गरेको हो।आर्थिक वर्ष ०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो। खर्च व्यहोर्ने स्रोतमा उक्त लक्ष्यलाई नै आधार मानेर अनुदानकै भरमा ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याइएको थियो। तर, प्रदेश सरकारले लक्ष्यभन्दा ६ करोड ३४ लाख ६५ हजार ८०८ रुपैयाँ

सदर चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख, लक्ष्यमा पुग्न सकेन

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन । गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए । त्यसबाट १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाले जानाएको छ । अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको […]

पाँच महिनाको आन्तरिक आम्दानी एक करोड ३२ लाख

गोरखा नगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा लक्ष्यको करीव १९ प्रतिशत मात्रै आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ७ करोड १३ लाख रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । आन्तरिक स्रोतबाट ५ करोड ८३ लाख १ हजार ५ सय र घरजग्गा रजिष्ट्रेशनबाट १ करोड ३० लाख रुपैयाँ आम्दानी हुने […]

सुन्तला बेचेर छ करोड १५ लाख आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख आम्दानी भएको नवलपुरस्थित […]

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बिमा

पहिलो वर्ष तीन करोड दुई लाख ३२ हजार आम्दानी बिमाबाट भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो।...

तेस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब १५ करोड

एनसेलले सन् २०२१ को तेस्रो त्रैमासिकमा १० अर्ब १५ करोड ८० लाख आम्दानी गरेको छ । तेस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरसम्मको वित्तिय विवरण अनुसार कम्पनीले ३ महिनामा १० अर्ब १५ करोड रूपैयाँ आम्दानी गरेको हो । गत वर्ष सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको थियो । गत वर्षको तेस्रो त्रैमासको भन्दा यो वर्षको तेस्रो त्रैमासमा केही आम्दानी बढाएको छ ।...

व्यासको आन्तरिक आम्दानी १५ करोड

तनहुँ, २२ कात्तिक । तनहुँको व्यास नगरपालिकाले रु १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा रु १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो । उक्त अवधिमा रु २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी […]