सुदूरपश्चिम प्रदेश सरकार : माग पूरा नभए विश्वासको मत नदिने उन्मुक्तिको अडान

धनगढी । सुदूरपशिचम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत राखेको छ । टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका सो पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्ता रिहाई गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई अढाइ वर्ष मुख्यमन्त्री लिएर समर्थन गर्न आग्रह

कैलाली - नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ । निर्णायक रहेको नागरिक उन्मुक्तिले विश्वासकफ मत नदिने भएपछि संकटमा परेको सरकार जोगाउन नेताहरू अन्तिम कसरतमा छन् ।   मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । रावलले विश्वासको मत लिने आज अन्तिम...

संकटमा सुदूरपश्चिम सरकार, आज विश्वासको मत नपाए कामचलाउ

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने आज अन्तिम दिन। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसके सरकार कामचलाउ हुनेछ।  नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै संकटमा परेको छ। बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नलिए अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। तर बुधबार साँझसम्म पनि नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत दिन तयार भएको छैन, एमाले नेताहरु फकाउन लग...