प्रदेश लोक सेवा आयोगद्वारा कर्मचारी भर्ना प्रक्रिया सुरु

प्रदेश १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि अवश्यक कर्मचारीको भर्ना प्रक्रिया सुरुवात गरेको छ ।प्रदेश १ को ६४ स्थानीय तहका लागि ८१ प्राविधिक कर्मचारीको भर्ना प्रकृया शुरु गरिएको हो ।प्रदेश अन्तर्गतका स्थानीय सेवाका लागि केही पहिले आयोगले विभिन्न प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरेको थियो ।  जसको दरखास्त गएको वैशाख १९ गतेभित्र तोकिएको थियो ।प्रदेश लोक सेवा आयोगका  अध्यक्ष उत्तम भट्टराईले पहिलो पटक प्रदेश लोक सेवा

सम्बन्धित सामग्री

प्रदेश लोक सेवा अयोग बागमतीले माग्यो कर्मचारी

प्रदेश लोक सेवा आयोग बागमतीले रिक्त पदपूर्तिका लागि दरखास्त आवेदन माग गरेको छ।

कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन

मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६/७८/०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापन अनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ पर

लोक सेवा आयोगको निर्णयविरुद्ध वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी पुगे अदालत

स्तरवृद्धिको निर्णय बदर गर्ने प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशविरुद्ध सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारीहरूले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका छन् ।

प्रदेश लोक सेवा आयोग कर्णालीमा पाँचौँको परीक्षा अनिश्चितकालीन स्थगित

काठमाडौँ । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले पाँचौँ तहका विभिन्न सेवा समूहका पदहरूको लिखित परीक्षाहरू अनिश्चित कालका लागि स्थगित गरेको छ । प्रदेश आयोगले सोमबार एक सूचना जारी गर्दै सर्वोच्चको उत्प्रेषण आदेशअनुसार यही फागुन १४ गतेदेखि चैत्र २६ गतेसम्म सञ्चालन हुने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा, समूहका प्राविधिक […]

ऐन संशोधन नहुँदा प्रदेश लोक सेवा आयोग अन्योलमा

विगतका वर्षदेखि नै कर्णाली प्रदेश सरकारले लिएका लक्ष्य हासिल गर्न नसक्नुको पहिलो कारण कर्मचारी अभावलाई देखाउँदै आएको छ । तर कर्मचारी नियुक्त गर्ने प्रक्रियालाई भने बेवास्ता गरेको छ ।कर्मचारी छनोट गर्ने निकाय प्रदेश लोक सेवा आयोग नै सरकार गठन भएको झण्डै तीन वर्षपछि गठन गरेको प्रदेश सरकारले आयोगलाई काम गर्ने बाटो खोल्न सकेको छैन । […]

प्रदेश लोक सेवा बागमतीलाई पनि बोलायो सर्वोच्चले

काठमाडौँ । सर्वोच्च अदालतले प्रदेश लोक सेवा आयोग, बागमतीलाई छलफलका लागि बोलाएको छ । अधिवक्ता हरिप्रसाद मैनाली, कृष्ण सिंह महरा र अम्बिका खनालद्वारा दायर रिट निवेदक बहसपछि न्यायाधीश तेजबहादुर के.सी.को एकल इजलासले असोज ६ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो । विज्ञापन गरिएका पदहरू कानुनी आधारविनै घटाएकोले प्रदेश लोक सेवा आयोग ऐनकै विपरीत हुने […]

प्रदेश लोक सेवा आयोगविरुद्ध रिट

काठमाडौँ । प्रदेश लोक सेवा आयोगको कार्यालय हेटौडा बागमती प्रदेश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता कृष्ण सिह महराले प्रदेश लोक सेवा आयोगको कार्यालय हेटौडा बागमती प्रदेशलाई विपक्षी बनाई आज सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा विज्ञापन गरिएका पदहरू कानुनी आधारविनै घटाएकोले प्रदेश लोक सेवा आयोग ऐनकै विपरीत हुने गरी प्रदेश […]

चाँडै विज्ञापन गर्ने तयारीमा कर्णाली प्रदेश लोक सेवा आयोग

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन गर्ने तयारी गरिरहेको छ । गत फागुनमा गठन भएको लोक सेवा आयोगले यो वर्षभित्रमा दरखास्त सङ्कलन प्रक्रिया अगाडी बढाउने तयारी गरेको हो । प्रदेशभित्र आवश्यक जनशक्तिको अभावमा कामकाज गर्न कठिनाइ भएको भन्दै छिट्टै दरखास्त प्रक्रिया अगाडी बढाउने प्रदेश लोक सेवा आयोग सुर्खेतले जानकारी दिएको छ । आयोगका […]

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा नेपाल

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनित भएका छन् ।  गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले नियुक्ति दिएको हो । यस्तै सदस्यमा तनहुँकी कल्पना लम्साललाई सिफारिस गरिएको छ । अर्को एक सदस्यको नाम सार्वजनिक गरिएको छैन ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समितिले नाम सिफारिस गरेको थियो । स्याङ्जा स्थायी घर भएका विष्णुप्रसाद नेपालले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । सदस्यमा मनोनीत लम्सालको तनहुँको दमौलीस्...

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले निकाल्यो विभिन्न सूचना [सूचनासहित]

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले विभिन्न सूचना सार्वजनिक गरेको छ ।  बुधवार गोरखापत्र दैनिकमा उसले सूचना जारी गरेको हो । उसले परीक्षाका लागि  परीक्षा भवन कायम गरेको भन्दै भवनहरूको विवरण सूचनामा दिएको छ ।  हेर्नुहोस् सूचना