उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका छन् । राष्ट्रिय जनगणना अन्तर्गत उपराष्ट्रपति पुन र उनको पारिवारिक सदस्यको विवरण संकलनका लागि बिहीबार अपरान्ह १ बजे राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीहरु लैनचौरस्थित उपराष्ट्रपति भवन पुगेका थिए ।उपराष्ट्रपति पुनले गणक टोलीलाई आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका हुन् । उपराष्ट्रपतिको व्यक्तिगत विवरण संकलनका लागि केन्द्रीय तथ