रमजान महिना सुरु, हेर्नुहोस् तस्बिरहरू

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको  राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए । रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुल

सम्बन्धित सामग्री

तस्वीरमा हेर्नुहोस् राजधानीमा बकर इदको रौनक

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इद उल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । यस अवसरमा दरबारमार्गस्थित कश्मिरी मस्जिद तथा अन्य मस्जिदहरुमा  मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।  यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान

कोरोनापछिको इद–उल–फित्र, तस्बिरमा हेर्नुहोस्

मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले  आ–आफ्ना परम्पराका पर्व मनाउँदैछन् ।आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र पर्व मनाउँदैछन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो ।यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्रा

तस्बिरमा हेर्नुहोस् रमजान पर्वका झलकहरू

इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरू भएको आज आठौं दिन। अन्य दिनभन्दा विशेषत: शुक्रबार जामे मस्जिदमा जाने हो भने त्यहाँको माहोल नै फरक देखिन्छ। अन्य दिनभन्दा यसदिन नमाज पढ्नेको भीड हुन्छ। यसका साथै,उनीहरूले एकआपसमा आर्शिवाद तथा शुभकामना आदान प्रदान गर्छन्। मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर सूर्योदय भएदेखि सूर्यास्त नहुँदासम्म उपवास अर्थात रोजा बस्ने चलन…

तस्बिरमा हेर्नुहोस् यसरी मनाइदै छ बकर इद

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान…