तस्वीरमा हेर्नुहोस् राजधानीमा बकर इदको रौनक

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इद उल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । यस अवसरमा दरबारमार्गस्थित कश्मिरी मस्जिद तथा अन्य मस्जिदहरुमा  मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।  यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान

सम्बन्धित सामग्री

बकर इद : सुनसान मस्जिद, १६ तस्बिरमा हेर्नुहोस्

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार परेको छ । कोरोनाभाइरसका कारण उपत्यकाका मस्जिदमा चहलपहल देखिएन । उपत्यकामा जारी निषेधाज्ञा अन्तर्गत स्थानीय प्रशासनले विशेष पुजाबाहेक धार्मिक क्षेत्रका मठ, मन्दिर, मस्जिद, गुम्बाहरु खोल्न रोक लगाएको छ । सोही कारण राजधानीको सुन्धारामा रहेको मस्जिदमा विगतमा वर्षहरुमा नवाज पढ्नका लागि भिडभाड हुने भएपनि यो वर्ष सुनसान देखिएको हो । उसो त मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका

तस्बिरमा बकर इद

मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकर इद अर्थात् इदजोहा पर्व उल्लासमय वातावरणमा मनाइरहेका छन्। नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ । हेर्नुहोस् तस्बिरमा

तस्बिरमा हेर्नुहोस् यसरी मनाइदै छ बकर इद

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान…