साउदी नेतृत्वको गठबन्धनले बिहीबार बिहान यमनको राजधानी सानामा हुथी मिलिसियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ । हवाई आक्रमणबाट उत्तरी र दक्षिणी सानामा रहेको धाबान र अल–नहदयन शिविरमा आक्रमण गरेको टेलिभिजनले प्रसारण गरेको छ ।साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीले गठबन्धनले साउदी अरेबियाको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा लक्षित बमले भरिएको ड्रोनलाई रोकेको केही घण्टापछि हवाई आक्रमण भएको हो ।इरान समर्थित हुथी मिलिसिया