मध्यवर्ती इलाका सुरक्षामा ध्यान देऊ

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र सामुदायिक वनका नजिक बसेका तराईका बस्तीमा बर्सेनि हात्ती आतंक बढेर गएको छ । हात्तीआतंकबाट अहिले इटहरी आक्रान्त छ । इटहरी शान्तिनगरका स्थानीय जनता अहिले रातभर आगो बालेर, टिन ठटाएर अनि पटाका पड्काएर जंगली हात्तीबाट खेतीबाली जोगाउने काम गर्दै रातभर जाग्राम बस्ने गरेका छन् । यो समस्या एक वर्ष वा एकपटक […] The post मध्यवर्ती इलाका सुरक्षामा ध्यान देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, बुंगमतीले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ । ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मुल नाराका साथ शुरु भएको कार्यक्रम विभिन्न केन्द्रका केन्द्र प्रमुखको सहभागिता थियो ।  कार्यक्रममा सोही कार्यालयअन्तर्गत केन्द्र नं. ६ को केन्द्र प्रमुख जुनु मिजारको अध्यक्षतामा तथा ललितपुर महानगरपलिका वडा नं. १८ का सदस्य गोपाल डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  कार्यक्रममा स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक गोकिन्द चापागाईं, प्रहरी प्रभाग बुङ्गमती, भैसेपाटीका प्रहरी निरीक्षक अनिल कुमार बैठा, दक्षिणकाली न.पा. वडा नंं २ का वडा सदस्य सम्झना दनुवार, स्वावलम्बन लघुवित्तको केन्द्रीय कार्यालय, काठमाडौंका वरिष्ठ प्रबन्धक जर्नादन ढकाल र स्वावलम्बन लघुवित्तको इलाका कार्यालय, गठ्ठाघरका वरिष्ठ प्रबन्धक कृष्ण खनालको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन शाखा कार्यालय, बुङ्गमतीका कार्यालय प्रमुख दुर्गा कुमारी पराजुलीले गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि डंगोलले कर्जा सदुपयोग गर्नुपर्ने, समूहमा मिलेर काम गर्दा उपलब्धि हासिल गर्न सहज हुने, संस्थाले स्थानीय निकायसँग समन्वय गरी हातेमालो गरेर अगाडि बढेमा आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने र लघुवित्तले आर्थिक आयआर्जनमा मात्र नभई उनीहरूको परिवारको शैक्षिक स्तरलाई अझै सुदृढ बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।  कार्यक्रममा इलाका कार्यालय, ठिमीका इलाका प्रबन्धक कृष्ण खनालले वित्तीय संस्थाको समग्र सेवाको बारेमा प्रस्तुतीकरणमार्फत जानकारी प्रदान गरे । त्यस्तै, केन्द्रीय कार्यालयका वरिष्ठ प्रबन्धक जनार्दन ढकालले संस्थाको परिचयसहित वर्तमान अवस्था, समसामयिक समस्या र समाधानका उपायका सम्बन्धमा चर्चा गर्दै वित्तीय संस्थाको आगामी रणनीतिको सम्बन्धमा प्रकाश पारे । त्यसैगरी, वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले आयोजित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बजार हल्लाको पछि नलाग्न र कर्जा सदुपयोत तथा वित्तीय अनुसासन कायम राख्न सुझाव दिए ।  कार्यक्रममा शाखा प्रमुख दुर्गा कुमारी पराजुलीले शाखा कार्यालयको स्थापनाकालदेखि हालसम्मको प्रगतिको अवस्था र बचत तथा कर्जाको बारेमा, लघुवित्तमा बहुबैंकिङ्गले पार्ने समस्याका बारेमा जानकारी गराउँदै सहभागीबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पारे ।  कार्यक्रममा वार्षिक केन्द्र मूल्याङ्कनका आधार प्रथम, द्वितीय र तृतीय हुने केन्द्रहरूलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गत आर्थिक वर्षमा एसईईमा उत्कृष्ट नम्बर ल्याउने एक जना विद्यार्थीलाई नगद रु. १० हजार साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।  कर्जा बीमा तथा ग्राहक संरक्षण कोषबाट ३ जना सदस्यलाई जम्मा रु. ११ लाख ३० हजार राहत सुविधासमेत वितरण गरिएको थियो । सो कार्यक्रम  बिभिन्न केन्द्रमा आबद्ध ११२ जनाभन्दा बढी सदस्य तथा अभिभावकको सहभागितामा सम्पन्न भयो । यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा/उपशाखा र ९ वटा ईलाका कार्यालयमार्फत करीब २ लाख ६० हजारभन्दा बढी विपन्न महिला सदस्यलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैकिङ/वित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, बुंगमतीले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ । ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मुल नाराका साथ शुरु भएको कार्यक्रम विभिन्न केन्द्रका केन्द्र प्रमुखको सहभागिता थियो ।  कार्यक्रममा सोही कार्यालयअन्तर्गत केन्द्र नं. ६ को केन्द्र प्रमुख जुनु मिजारको अध्यक्षतामा तथा ललितपुर महानगरपलिका वडा नं. १८ का सदस्य गोपाल डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  कार्यक्रममा स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक गोकिन्द चापागाईं, प्रहरी प्रभाग बुङ्गमती, भैसेपाटीका प्रहरी निरीक्षक अनिल कुमार बैठा, दक्षिणकाली न.पा. वडा नंं २ का वडा सदस्य सम्झना दनुवार, स्वावलम्बन लघुवित्तको केन्द्रीय कार्यालय, काठमाडौंका वरिष्ठ प्रबन्धक जर्नादन ढकाल र स्वावलम्बन लघुवित्तको इलाका कार्यालय, गठ्ठाघरका वरिष्ठ प्रबन्धक कृष्ण खनालको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन शाखा कार्यालय, बुङ्गमतीका कार्यालय प्रमुख दुर्गा कुमारी पराजुलीले गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि डंगोलले कर्जा सदुपयोग गर्नुपर्ने, समूहमा मिलेर काम गर्दा उपलब्धि हासिल गर्न सहज हुने, संस्थाले स्थानीय निकायसँग समन्वय गरी हातेमालो गरेर अगाडि बढेमा आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने र लघुवित्तले आर्थिक आयआर्जनमा मात्र नभई उनीहरूको परिवारको शैक्षिक स्तरलाई अझै सुदृढ बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।  कार्यक्रममा इलाका कार्यालय, ठिमीका इलाका प्रबन्धक कृष्ण खनालले वित्तीय संस्थाको समग्र सेवाको बारेमा प्रस्तुतीकरणमार्फत जानकारी प्रदान गरे । त्यस्तै, केन्द्रीय कार्यालयका वरिष्ठ प्रबन्धक जनार्दन ढकालले संस्थाको परिचयसहित वर्तमान अवस्था, समसामयिक समस्या र समाधानका उपायका सम्बन्धमा चर्चा गर्दै वित्तीय संस्थाको आगामी रणनीतिको सम्बन्धमा प्रकाश पारे । त्यसैगरी, वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले आयोजित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बजार हल्लाको पछि नलाग्न र कर्जा सदुपयोत तथा वित्तीय अनुसासन कायम राख्न सुझाव दिए ।  कार्यक्रममा शाखा प्रमुख दुर्गा कुमारी पराजुलीले शाखा कार्यालयको स्थापनाकालदेखि हालसम्मको प्रगतिको अवस्था र बचत तथा कर्जाको बारेमा, लघुवित्तमा बहुबैंकिङ्गले पार्ने समस्याका बारेमा जानकारी गराउँदै सहभागीबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पारे ।  कार्यक्रममा वार्षिक केन्द्र मूल्याङ्कनका आधार प्रथम, द्वितीय र तृतीय हुने केन्द्रहरूलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गत आर्थिक वर्षमा एसईईमा उत्कृष्ट नम्बर ल्याउने एक जना विद्यार्थीलाई नगद रु. १० हजार साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।  कर्जा बीमा तथा ग्राहक संरक्षण कोषबाट ३ जना सदस्यलाई जम्मा रु. ११ लाख ३० हजार राहत सुविधासमेत वितरण गरिएको थियो । सो कार्यक्रम  बिभिन्न केन्द्रमा आबद्ध ११२ जनाभन्दा बढी सदस्य तथा अभिभावकको सहभागितामा सम्पन्न भयो । यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा/उपशाखा र ९ वटा ईलाका कार्यालयमार्फत करीब २ लाख ६० हजारभन्दा बढी विपन्न महिला सदस्यलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैकिङ/वित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’

झापा । पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ शुरूगरेका छन् । काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन् । एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायत ३२ मुलुकलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्गअन्तर्गत चार लेनको पुल र पाँच सय मिटर पहुँचमार्ग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि पूर्वीनाकाको सौन्दर्यकरणमा कसैले ध्यान नदिएपछि स्थानीयको पहलमा अभियान थालिएको अभियानका संयोजक विजय डालमियाले बताए। नाका व्यवस्थित, सफा, सुन्दर र पर्यटकमैत्री हुनुपर्दछ भन्ने उद्देश्यले नागरिक स्वस्फूर्तरुपमा काँकडभिट्टाको सौन्दर्यकरण अभियानमा होमिएका उनले जानकारी दिए । अभियानमा सामाजिक संघसंस्था, व्यवसायी, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी, राजनीतिकर्मी, स्थानीयलगायत अभियानमा सहभागी भएका डालमियाले बताए। अभियानले पहिलो चरणमा पूर्वीनाकामा रहेको मेची पुलदेखि एसियाली राजमार्गको पहुँचमार्गअन्तर्गत आसपासका क्षेत्रमा सरसफाइ र सौन्दर्यकरणका विभिन्न काम गर्ने योजनाअनुरुप अगाडि बढेको उनले जानकारी दिए । 'जोकोही पर्यटक नेपाल भित्रिदै गर्दा सबैभन्दा पहिला अब नेपाल प्रवेश गर्दैछु र नेपाल साह्रै सुन्दर देश हो भन्ने अनुभूति गर्न सकोस्,' अभियन्ता दीपक पोखरेलले भने,'यसका लागि नाका सफा, सुन्दर र राष्ट्रिय पहिचानयुक्त हुनुपर्‍यो । हामी अभियानमार्फत नियमित सरसफाइ कार्यक्रम गर्नेछौँ । सडकका दायाँबायाँका भित्तामा चित्रकला सजाउनेछौँ । खाली जमिनमा फूलसहित बगैँचा बनाउनेछौँ ।' शुरूमै महँगो काम नसोचिएको र सानासाना कामबाट नाकालाई मनमोहक र हेरुहेरु लाग्ने गरी कार्यक्रम अघि सारिएको जनाउँदै पोखरेलले पुरानो मेची पुल पार गर्ने बित्तिकै दोबाटोमा रहेको ‘कर्नर आइल्यान्ड’लाई सुन्दर बगैँचामा रुपान्तरण गरिने जानकारी दिए । पूर्वीनाकाको प्रवेशद्वारमा टाढाबाटै देखिने गरी अग्लो राष्ट्रिय झण्डा राखिने र सडकका भित्तामा राष्ट्रिय गौरव झल्किने चित्रकला बनाइने अभियानले जनाएको छ । अभियानले नाकाको सौन्दर्यकरण कार्यक्रममा मेचीनगर नगरपालिका, मेची भन्सार कार्यालय र सुरक्षा निकायसँग समन्वय गरिरहेको अभियान्ता पोखरेलले बताए। भारत सरकारले एसियाली राजमार्गअन्तर्गत चार लेनको मेची पुल र नेपालतर्फ ५ सय मिटर लामो ६ लेनको फराकिलो सडक गत वर्ष नै निर्माण गरेको हो । यस राजमार्ग म्यान्मा र बङ्गलादेश हुँदै भारतको पानीट्यांकी सीमाबाट नेपालको काँकडभिट्टा नाका प्रवेश गर्दछ । पहुँचमार्गमा सडक कालोपत्रे, रात्रि बत्ती र फुटपाथ रेलिङ निर्माण गरिए पनि सडकको बीचमा रहेको लेन छुट्याउने भाग र वरपरको खाली ठाउँमा सौन्दर्यकरण गर्ने कार्य नभएकाले थानीयवासीको पहलमा काम थालिएको संयोजक डालमियाले बताए। हाल नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मेची भन्सारको आ–आफ्नै चेकजाँच टोली बस्दै आएको छ । सुरक्षाकर्मी र पर्यटकका लागि निर्मित अपाङ्गमैत्री शौचालय, खानेपानीको धारा र कोरोनाकालीन अस्थायी होल्डिङ सेन्टर बेवारिसे अवस्थामा छन् । खानेपानीको आधादर्जन धारा, पिउने पानीको स्वच्छताका लागि जडान गरिएका अत्याधुनिक प्रशोधन उपकरण र आधुनिक शौचालय प्रयोगविहीन बनेका छन् । पानी फिल्टर गर्ने मेसिनमा खिया लाग्न थालिसकेको छ भने अपाङ्गमैत्री भनिएको शौचालयमा सिँढी राखेर उक्लिन नसकिने बनाइएको छ ।  एसियाली राजमार्गको पहुँचमार्ग निर्माणपछि नाकाको पुराना संरचना सबै भत्काइएकाले नेपाली भूभागको पहिचानका लागिसमेत नाकामा राष्ट्रिय पहिचानको झल्को दिने नयाँ संरचना निर्माण गरिनुपर्ने अभियन्ता राजु कार्कीले बताए। मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठक, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारती, मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्य, वडाध्यक्ष ललित तामाङ, पूर्वमेची यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतलाई अभियानका योजनाबारेमा थप जानकारी दिन आज स्थलगत अवलोकन गरिएको छ ।नाकालाई व्यवस्थित र सौन्दर्यकरण गर्ने अभियान सकारात्मक रहेको जनाउँदै इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक भारतीले आफ्नो तर्फबाट सहयोग रहने बताए।रासस

फूलमा सम्भावना

कोरोना महामारीका समयमा घटेको फूलको कारोबार गत ३ वर्षदेखि बढिरहेको छ । आर्थिक वर्ष (आव) २०७५/७६ मा २ सय ४२ करोडको फूल कारोबार भएकामा आव २०७९/८० मा ३ सय ७ करोड रुपैयाँको कारोबार भएको छ । यसरी नेपालभित्रै फूलको बजार विस्तार भइरहेकाले नेपालमा पुष्प व्यवसायको सम्भावना निकै देखिएको छ । नेपालको आन्तरिक माग धान्न मात्र होइन, निर्यातसमेत गर्न सक्ने देखिन्छ । तर, त्यसका लागि पर्याप्त लगानी हुन सकेको छैन ।  नेपालको भौगोलिक बनोटका कारण प्राय: सबैजसो फूलको खेती हुन सक्छ । तराईको गर्मीदेखि हिमालको चिसोसम्मको हावापानी भएकाले फूलखेती गर्न उपयुक्त वातावरण रहेको छ । घरआँगन, भीरपाखा सबैतिर फूलखेती गर्न सकिने भए पनि फूलको व्यावसायिक खेतीको विस्तार पर्याप्त भएको देखिँदैन । कतिपय फूलका लागि त खेर गइरहेका सार्वजनिक जग्गा भए पुग्छ किनभने तिनका लागि उर्वर जमीन आवश्यक पर्दैन । आव ७९/८० मा रू. ६८ लाख बराबरको फूल तथा त्यससम्बन्धी वस्तुको निर्यात भएको देखिन्छ भने ३३ करोड बराकरको फूल आयात भएको देखिन्छ । नेपालमा सम्भावना भएर पनि त्यसको उपयोग गर्न नसकिएको क्षेत्रमध्ये फूलखेती पनि एक हो । त्यसैले फूलखेतीलाई प्रोत्साहन गर्न र यसलाई व्यावसायिक बनाउन आवश्यक देखिन्छ ।  सम्भावना भएर पनि फूलखेती फस्टाउन नसक्नुमा विभिन्न कारण देखिन्छन् । तिहारलाई लक्षित गरी फूलखेती निकै व्यापक देखिए पनि व्यावसायिक रूपमा यसको खेती निकै कम देखिन्छ । शहरी क्षेत्रमा खुलेका नर्सरीहरूको संख्या र कारोबार हेर्दा पनि यसलाई व्यावसायिक बनाउन बाँकी नै छ भन्ने देखिन्छ । अझ निर्यातको लक्ष्यसहित फूलखेती त शून्य बराबर नै छ भन्दा हुन्छ । संसारमा सबैभन्दा बढी फूल निर्यात गर्ने नेदरल्यान्ड्सजस्तै नेपालले पनि फूल निर्यात गर्न सक्छ । यसमा अनुसन्धान, बीउबीजनमा सहयोग तथा चिस्यानयुक्त ढुवानीका साधनको व्यवस्था आदि हुन भने आवश्यक छ ।  नेपालमा अहिले कृषिलाई पर्यटनसँग जोड्न थालिएको छ । तर, फूलखेतीलाई भने पर्यटनसँग जोड्न सकिएको छैन । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा फूलखेती हुने गरेको छ । तर, ती क्षेत्रका जग्गा घडेरी बन्न थालेसँगै फूलखेतीका लागि जग्गाको अभाव हुन थालेको छ । फूलखेती गर्न शहरी इलाका बाहिर प्रशस्त जग्गाजमिन उपलब्ध छ । तर, त्यहाँ उत्पादित फूल बजारसम्म पुर्‍याउन सक्ने अवस्था छैन । फूल चाँडै नै बिग्रने खेती हो । त्यसो हुँदा यसको ढुवानीका लागि चिस्यानयुक्त गाडीको आवश्यकता पर्छ । यस्तो गाडी महँगो हुने भएकाले फूलखेती गर्नेहरूले खरीद गर्न कठिन हुने देखिन्छ । ठूलो परिमाणमा निर्यातकै लागि फूलखेती गर्नेहरूले भने यो खरीद पनि गर्न सक्लान् । तर, यसले लागत निकै बढाउने हुँदा यसतर्फ व्यवसायीहरू लागेको पाइँदैन । सरकारले यस्तो रेफ्रिजरेशनसहितको गाडीको सुविधा उपलब्ध गराउन सहयोग गर्नुपर्ने देखिन्छ । यसो भयो भने दूरदराज क्षेत्र जहाँ जग्गा सहज रूपमा उपलब्ध हुन्छ त्यहाँ फूलको खेती हुन्छ र त्यसले बजार पनि सहजै पाउन सक्छ ।  नेपालमा वर्षेनि करीब १२ देखि १५ प्रतिशतसम्म फूलको बजार बढिरहेको छ । विशेष अवसरहरूका लागि चाहिने फूलको आयात गर्नुपर्ने बाध्यता छ । नेपालमै उत्पादनको सम्भावना भएर पनि यस्ता फूल आयात गर्नुपर्ने बाध्यता हुनु भनेको यसमा व्यावसायिकताको अभाव देखिनु हो ।  नेपालमा अहिले कृषिलाई पर्यटनसँग जोड्न थालिएको छ । तर, फूलखेतीलाई भने पर्यटनसँग जोड््न सकिएको छैन । चीनले फूलखेतीसँग पर्यटनलाई जोडेर दोहोरो लाभ लिएको छ । फूल पर्यटनको आधार बन्न सक्छ भन्ने कुरा त गोदावरी बोटानिकल गार्डेनमा आन्तरिक पर्यटकको संख्याले नै पुष्टि गरेको छ । यस्ता फूलहरूको बागवानी बनाएर विभिन्न किसिमका फूलको खेती गर्ने हो भने पर्यटनका साथै अन्य लाभ पनि लिन सकिन्छ । नेपालमा फूलखेती फस्टाउन नसक्नुको एउटा कारण बीउको सहज उपलब्धता नहुनु पनि हो । हाइब्रिड बीउ र टिस्यू कल्चर बिरुवा उत्पादन प्रविधि पर्याप्त नभएकाले फूलको उत्पादन बढ्न नसकेको हो । त्यस्तै व्यक्तिगत र व्यावसायिक रूपमा फूल उत्पादन गर्न चाहनेहरूलाई परामर्श र तालिम दिने संस्थाको अभाव पनि खट्किएको छ । आर्थिक–प्राविधिक सहयोग पनि उपलब्ध हुन सकेको देखिँदैन । आधुनिक प्रजनन विधिबाट माटो सुहाउँदा बीउहरू उत्पादन, भण्डारण र प्रशोधन आदि काम गर्ने हो भने फूलखेती पनि नेपालको आर्थिक रूपान्तरणमा निकै सहयोगी हुने देखिन्छ ।  निर्यातका लागि सम्भाव्य वस्तुको खोजी गर्दै तिनलाई व्यावसायिक बनाउनु आजको आवश्यकता हो । त्यस्तो वस्तुमा फूल पनि पर्छ । त्यसैले यसका लागि प्रविधि, पूँजीलगायतका पक्षमा ध्यान दिनु जरुरी देखिन्छ । उत्पादन बढाउन सके आयात प्रतिस्थापनका साथै निर्यातसमेत बढाउन सक्ने देखिन्छ ।

पुलको सूचनाले झस्काउँछ

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङ राप्ती नदीको पुल जीर्ण अवस्था छ। इलाका प्रहरी कार्यालय भालुवाङले नै बोर्ड राखेर ‘पुल जीर्ण रहेको’ सूचना दिएको छ। जीर्ण पुल, त्यससँगै प्रहरीको सूचना बोर्डले सवारीचालक र यात्रु सबैलाई झस्काउने गर्छ। पुल जीर्ण छ, विस्तारै हिँड्न अनुरोधसहितको बोर्ड राख्दा पनि मर्मतका लागि सम्बद्ध निकायको ध्यान पुगेको छैन। त्यस्तै लमही कोइलावास हुलाकी सडक खण्डको राप्ती नदीको पुलको अवस्था पनि यस्तै छ। यो सडक फराकिलो बनाए पनि पुलमा दोहोरो सवारीसाधन आवतजावत हुन सक्दैन। जीर्ण अवस्थामा रहेका यी पुलमा आवतजावत गर्दा दुर्घटनाको खतरा बढ्दै गइरहेको छ। कहिलेकाहीँ ठूला गाडी सँगसँगै (दोहोरो) पार गर्न नसक्दा लामो समयसम्म जाम पनि हुने गरेको छ।

सामूहिक चिह्नको व्यवस्थापन कसरी गर्ने ?

सामूहिक चिह्नको पहिचान गरेर र महत्त्व बोध गरेर मात्र काम बन्दैन । तिनलाई कसरी प्रयोगमा ल्याउने, उचित व्यवस्थापन गर्ने र अपेक्षित लाभ प्राप्त गर्ने भन्नेमा चुनौती छ । सामूहिक चिह्नको कुशल व्यवस्थापन गर्न नेपालजस्तो सीमित स्रोतसाधन भएको तथा दक्ष जनशक्तिको कमी भएको मुलुकमा त्यति सरल छैन । तर, मूलभूत रूपमा भौगोलिक क्षेत्रको सीमांकन, नियामक संगठनको निर्माण, उत्पादित वस्तुको मापदण्ड निर्धारण, सरकारी नियमन, चिह्नको कानूनी संरक्षण तथा प्रतिरक्षा, सामूहिक चिह्न सञ्चालन निर्देशिकाजस्ता पक्ष सम्बोधन गरेमा असम्भव पनि छैन । अन्य कुरा ट्रेडमार्कको व्यवस्थापन जस्तै भएकाले हाम्रो छलफल यिनै बुँदामा केन्द्रित गरिन्छ ।   सरकारी नियमन सम्बन्धमा नेपालमा बौद्धिक सम्पत्तिअन्तर्गतको औद्योगिक सम्पत्तिको नियमन गर्ने निकाय उद्योग विभाग भएकाले सामूहिक चिह्नको नियमन गर्ने निकाय पनि सोही विभाग नै हो । भौगोलिक क्षेत्रको सीमांकन गर्ने सम्बन्धमा वस्तुको प्रकृति हेरी व्यवसायीहरूले बेलामौकामा भेटघाट तथा अन्तरक्रिया गर्न अनुकूल पर्ने गरी कुनै व्यवसायमा प्रयोग गरिने सामूहिक चिह्नको आयतन जिल्ला, इलाका, गाउँनगर वा टोलभित्र सीमित गर्न सकिन्छ । यसलाई अग्रिम रूपमा नियामक संगठनको सामूहिक चिह्न सञ्चालन निर्देशिकामा स्पष्ट खुलाउनुपर्छ । खासगरी भौगोलिक संकेतका रूपमा प्रयोग हुने सामूहिक चिह्नको सन्दर्भमा यस्तो सीमांकन गर्दा समान प्रकारको जलवायु वा माटो वा जातीय समुदायको समेत मेल खाने गरी गर्नुपर्छ । अन्य प्रकारका सामूहिक चिह्नको लागि भने यो गौण विषय हो । नियामक संगठन भनेको सामूहिक चिह्न सञ्चालन र नियन्त्रण गर्ने संगठन हो । उद्योग वा व्यापारिक संस्थाले ससाना उस्तै कारोबार गर्ने धेरै व्यवसायीले प्रयोग गर्ने सामूहिक चिह्नको उचित व्यवस्थापन र नियन्त्रणका लागि कुनै नियामक संगठन वा संस्था हुन अनिवार्य हुन्छ । खास भौगोलिक क्षेत्रभित्रका खास किसिमको वस्तु उत्पादन गर्ने व्यवसायीहरूको सहयोग र सहभागितामा एउटा स्वतन्त्र र स्वायत्त निकायका रूपमा स्थापित संगठन, कुनै सहकारी वा स्थनीय निकायका एजेन्सी, सम्बद्ध व्यावसायिक वा वस्तुगत संगठन, वा मुनाफारहित संस्थामध्ये कुनै पनि संस्था नियामक हुन सक्छन् । मूलत: नियामक संस्था मुनाफारहित संगठन हुँदा राम्रो हुन्छ । व्यवसायीहरूको विवरण राख्न र सदस्यता दिन, वस्तु उत्पादनका विभिन्न मापदण्ड निर्धारण गर्न, संरक्षणका लागि आफ्नो मुलुकमा र वस्तु निर्यात हुने मुलुकहरूमा पनि दर्ता र संरक्षणका लागि पहल गर्नु यो संस्थाको काम हो । सामूहिक चिह्न डिजाइन गर्न, चिह्न प्रवर्द्धन गर्न, न्यूनतम निर्वाह शुल्क लिई सञ्चालन गर्न तथा व्यवसायीहरूलाई निर्धारित शर्त पालना गराउन र तिनलाई सामूहिक चिह्न प्रयोग गर्ने अनुमति जारी गर्न, नियम बनाई आचारसंहिता लागू गर्न र त्यसको पालना गराउन, व्यवसायी सदस्यहरूको सुपरिवेक्षण गर्न, उनीहरूबाट मापदण्ड, शर्त वा आचारसंहिता पालना नभएमा आवश्यक परे सदस्यबाट वञ्चित गराउन र अन्य कारबाही गनु र राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा सम्बद्ध वस्तुहरूको बजार प्रवर्द्धन गर्न र चिह्नको अनुगमन, निगरानी एवं पैरवीको लागि पहल गर्नु आदि यसका कार्य हुन् । सामूहिक चिह्न सञ्चालन गर्ने नियामक संस्था उपर्युक्त दायित्व वहन गर्न सक्षम र व्यवसायीसँग व्यापारमा आफैले प्रतिस्पर्धा नगर्ने संस्था हुनुपर्छ । सामूहिक चिह्न व्यवसायीहरू माझ प्रयोगमा ल्याउँदा उत्पादित वस्तुको मात्र होइन, उत्पादन विधिसमेतको मापदण्ड पहिले नै निर्धारण गरी सामूहिक चिह्न सञ्चालन निर्देशिकामा समावेश गर्नुपर्छ । मापदण्ड प्रविधिक र अप्राविधिक दुवै हुन सक्छन् । यिनमा प्रविधिक मापदण्ड बढी महत्त्वपूर्ण हुन्छन् । यसअन्तर्गत कच्चा पदार्थको स्रोत, स्वरूप, स्तर र संरचना, मेशिनरी सामानको स्तर र क्षमता, वस्तु उत्पादन प्रक्रिया, सामानको डिजाइन, उत्पादित वस्तुको गुणस्तर, उत्पादन र उपभोग मिति, उपभोक्ताले अपनाउनुपर्ने सावधानी, लेबल डिजाइन र प्रयोगजस्ता विभिन्न कुरा आउँछन् । अप्राविधिकमा वस्तु उत्पादन गर्दा, चिह्न प्र्रयोग गर्दा र विक्रीवितरण गर्दा पालना गर्नुपर्ने अन्य विषय समेटिन्छन् । त्यस्तै, समूहका सदस्यको भौगोलिक सामाजिक अवस्था, श्रमिक कल्याण र किसानको हितसँग सम्बद्ध विभिन्न विषय पनि यसभित्र आउन सक्छन् । जे भए तापनि यसरी निर्धारित मापदण्ड सबै सदस्यका लागि समान किसिमले लागू हुनुपर्छ । मापदण्ड पूरा नगर्नेहरू चिह्न प्रयोग गर्नबाट वञ्चित पनि हुन सक्छन् । मापदण्ड पूरा भएको चिह्नमात्र प्रयोग गर्न पाउने व्यवस्थाले गुणस्तरीय वस्तु उत्पादन हुने र उपभोक्ताले पनि ढुक्क भएर सामूहिक चिह्न प्रयोग भएको वस्तु उपभोग गर्ने प्रवृत्ति बढ्छ । सरकारी नियमन सम्बन्धमा नेपालमा बौद्धिक सम्पत्तिअन्तर्गतको औद्यिगिक सम्पत्तिको नियमन गर्ने निकाय उद्योग विभाग भएकाले सामूहिक चिह्नको नियमन गर्ने निकाय पनि सोही विभाग नै हो । हाललाई सामूहिक चिह्नको दर्ता गर्ने कानूनी आधार पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ बाहेक अरू छैन । यो ऐनले सामूहिक चिह्न दर्ताका लागि छुट्टै व्यवस्था नगरे पनि नयाँ औद्योगिक सम्पत्ति संरक्षण ऐन कार्यान्वयनमा नआउँदासम्म व्यापार चिह्नका रूपमा दर्ता गर्ने हालको प्रचलनलाई निरन्तरता नै दिई संरक्षण प्रदान गर्नुपर्छ तर दर्ता रजिस्टर भने छुट्टै बनाउनुपर्छ । नयाँ ऐन कार्यान्यनमा आएपछि सामूहिक चिह्न दर्ता बढी व्यावहारिक हुनेछ । अहिले कतिपय सामूहिक चिह्नहरू उद्योग विभागमा व्यापार चिह्नको रूपमा दर्ता भइसकेका पनि छन् । विभागले सामूहिक चिह्न दर्ता गर्दा नियामक संस्थाको नाममा दर्ता गर्नुपर्छ र यसरी दर्ता गर्दा त्यस्तो संस्था कुनै सरकारी निकायमा कुनै रूपमा दर्ता भएको हुनुपर्छ । चिह्नको कानूनी संरक्षण, अनुगमन र प्रतिरक्षाको विषय सामूहिक चिह्न व्यवस्थापनको ज्यादै महत्त्वपूर्ण पक्ष हो । हाल सामूहिक चिह्न संरक्षणका लागि नियामक संस्थाले चिह्नको उपयुक्त ढाँचा तयार पारी ऐनले टे«डमार्क दर्ताको सम्बन्धमा तोकेका आवश्यक औपचारिकता पूरा गरी उद्योग विभागमा आवेदन दिनुपर्ने व्यवस्था छ । विभागले दर्ता गरिदिएपछि त्यस्तो सामूहिक चिह्नले नेपालमा कानूनी संरक्षणको हैसियत प्राप्त गर्छ । चिह्न प्रयोग गरिने वस्तु निर्यातयोग्य भए निर्यात हुने मुलुकमा कानूनी संरक्षण पाउन त्यहाँ पनि आवेदन दर्ता गनैर्पछ । तर, सरकारले अन्तरराष्ट्रिय दर्ताको लगि मेड्रिड सम्झौताको ढोका अझै नखोलेकाले हाललाई वैदेशिक दर्ता विधि धैरै र्खचिलो र झन्झटिलो छ । चिह्न व्यवस्थापनको अन्तिम पक्ष सामूहिक चिह्न सञ्चालन निर्देशिका हो । चिह्न सञ्चालनकर्ता नियामक संस्था र चिह्न उपयोगकर्ता व्यवसायीबीचको करार सम्झौता र दुवै पक्षको पारस्परिक दायित्वलाई यसै दस्तावेजले नियन्त्रण गर्छ । भौगोलिक क्षेत्रको सीमांकन, नियामक संगठनको निर्माण, उत्पादित वस्तुको मापदण्ड आदि विषय पनि यसै दस्तावेजमा समावेश गरिन्छ । यो सामूहिक चिह्न व्यवस्थापन र सञ्चालनको आधारभूत उपकरण हो । सरकारी नियमनकारी निकायले स्वीकृत गरेपछि नियामक संस्थाले यसको कार्यान्वयन गर्छ ।  हाम्रोजस्तो औद्योगिक विकासमा पछाडि परेको मुलुकमा बौद्धिक सम्पत्तिअन्तर्गत सामूहिक चिह्न प्रयोगबाट लघु उद्यम एवं घरेलु तथा साना उद्योगबाट उत्पादित औद्योगिक वस्तुहरूको बजार प्रवर्द्धन गर्न सकिन्छ । मितव्ययिता, प्रभावकारिता र साना व्यवसायीको पहुँचको दृष्टिकोणले लघु तथा साना व्यवसायीहरूको उत्पादनलाई प्रवर्द्धन गर्ने योभन्दा अन्य उपाय अहिलेलाई छैन । साना व्यवसायका उत्पादन सम्बन्धमा कहिलेकाहीँ आलोचकहरूबाट लाञ्छना बेहोर्नुपर्ने आरोप हो, उत्पादित वस्तुमा उपयुक्तता, स्तरीयता, एकरूपता र नियमित आपूर्तिको अभाव हुन्छ । यस्ता कमजोरीलाई समेत सामूहिक चिह्नको उचित प्रयोगबाट पूर्णरूपले हटाई उत्पादित वस्तुको व्यापार प्रवर्द्धन गर्न सकिन्छ । स्थानीय इलाकाको बजारमा मात्र सीमित साना व्यवसायीको उत्पादनले अन्तरराष्ट्रिय बजारमा समेत उचित स्थान पाउन सामूहिक चिह्न प्रयोगको एउटा सानो शुरुआतले ठूलो भिन्नता सृजना गर्न सक्छ । सामूहिक चिह्नको अधिकतम सफलता चिह्न प्रयोग गर्ने सदस्यहरूको इमानदारीपूर्ण व्यवहारमा भर पर्छ । उत्पादित वस्तुको प्रवर्द्धनमा यस्तो चिह्नको प्रयोग महत्त्वपूर्ण पक्ष भए तापनि यही मात्र आफैमा परिपूर्ण हुँदैन । कानूनी र संस्थागत व्यवस्था, व्यापार अवरोधहरूको निराकरण, बौद्धिक सम्पत्ति विषयमा प्रशिक्षण, सूचना प्रवाह र सचेतना वृद्धिलगायत धेरै कुराले चिह्नको उपादेयतालाई उत्तिकै प्रभावित गरिरहेका हुन्छन् । अत: चिह्नको प्रयोग सँगसँगै यस्ता अन्तरसम्बन्ध भएका अन्य पक्षमा पनि सम्बद्ध निकायहरूले यथोचित ध्यान पुर्‍याउँदै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्दै जान आवश्यक छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

सामूहिक चिह्नका बहुआयामिक उपादेयता

सामूहिक चिह्न वास्तवमा हाम्रो जस्तो कम विकसित मुलुकमा ठूला लगानीका भन्दा साना लगानीका उद्योगधन्दामा बढी उपयुक्त हुने देखिन्छ । मुलुकमा ससाना व्यवसायीहरूले आफैले छुट्टै ट्रेडमार्क दर्ता तथा संरक्षण गरी प्रयोगमा ल्याउन खर्चिलो र झन्झटिया हुन्छ । अत: सामूहिक चिह्नलाई यस्ता उद्योग व्यवसायले उत्पादन गरेको वस्तुको बजार संरक्षण र प्रवर्द्धन गर्न अति मितव्ययी र प्रभावकारी उपायका रूपमा लिइन्छ । यसका बहुआयामिक उपादेयता छन् । तिनलाई निम्नानुसार चर्चा गर्न सकिन्छ । साना व्यवसायीहरू छाता संगठनमा आबद्ध भएर सोही संगठनमार्फत सामूहिक चिह्न प्रयोगका लागि लागत साझेदारीको अवधारणाअनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ । भौगोलिक संकेतको संरक्षण गर्ने वैकल्पिक उपायका लागि सामूहिक चिह्न नेपाल गाउँ नै गाउँले भरिएको तथा भौगोलिक एवं जैविक विविधता प्रचुर मात्रामा भएको मुलुक भएकाले भौगोलिक संकेतका रूपमा उपयोग गरी उत्पादन गर्न सकिने वस्तु धेरै छन् । हिमालयन पिउने पानी, विभिन्न जडीबुटी, केही निश्चित कृषिपैदावर, केही हस्तकला सामान आदि यसका उदाहरण हुन् । यस्ता भौगोलिक संकेतलाई सामूहिक चिह्नका रूपमा संरक्षण गर्न सकिने वैकल्पिक सम्भावना रहेको छ । तिनलाई सामूहिक चिह्नको उपयोगबाट कुनै गाउँ वा इलाका वा जिल्ला वा समग्र मुलुककै उत्पादनलाई राष्ट्रिय वा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न ठूलो अवसर मिल्छ । केही वस्तु औंल्याएर नै भन्नु पर्दा ठाउँको नामबाट फर्पिङ नास्पाती, मार्फा ब्रान्डी, भक्तपुरे दही, इलामे चिया, प्यूठानी मूला, दंगाली तोरी तथा मुलुकको नामबाट नेपाल चिया, नेपाल कार्पेट, पर्वतीय क्षेत्रको नामबाट हिमाली कञ्चन पानी, एभरेष्ट मूलको पानी आदिलाई लिन सकिन्छ । यस्ता भौगोलिक नामहरू आफैमा सामूहिक चिह्न पनि हुन् र तिनको व्यवस्थापन सामूहिक रूपले नै गरिन्छ । यसबाट आन्तरिक तथा बाह्य बजारमा यी वस्तुको पहिचान सुरक्षित राख्न मद्दत पुग्ने देखिन्छ । मुलुकमा यस्ता उत्पादनलाई संरक्षण गर्ने वैकल्पिक कानून नभएको अवस्थामा तत्काललाई सामूहिक चिह्नका रूपमा ती वस्तुको संरक्षण गर्न सकिन्छ । भारतमा भौगोलिक संकेतसम्बन्धी कानून नआउँदासम्म दार्जिलिङ चियालाई कहिले ट्रेडमार्क कानूनअन्तर्गत त कहिले सामूहिक चिह्नकै रूपमा संरक्षण प्रदान गरिएको थियो । ‘एक गाउँ एक वस्तु’को प्रवर्द्धन र सामूहिक चिह्न कृषि उत्पादनको यो प्रणाली दक्षिणपूर्वी एशियाली मुलुकमा निकै लोकप्रिय र सफल पनि छ । हाम्रो मुलुकमा पनि एक गाउँ एक वस्तुको नारालाई उत्पादनमा रूपान्तरण गर्ने प्रयोजनका लागि सामूहिक चिह्न एक सशक्त उपकरण हुन सक्छ । उस्तै पेशा व्यवसायमा लागेका उस्तै वस्तु उत्पादन गर्ने एउटा गाउँका असंख्य व्यवसायीहरूलाई एउटा सामूहिक चिह्नभित्र आबद्ध गरेर एउटै ब्रान्डको वस्तु उत्पादन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । विगतमा नेपालमा लघु उद्यम कार्यक्रमले सिन्धुली र रामेछापमा जुनारको प्रवर्द्धन, प्युठान र पर्वत जिलालमा अदुवामा आधारित वस्तुको प्रवर्द्धन, तेह्रथुम र डँडेलधुरा जिल्लामा लालीगुराँस र काफलको जुसको प्रवर्द्धन, दाङको हापुरेमा महको तथा देउखुरी गडवामा सेरामिक्सको सफलतापूर्वक प्रवर्द्धन गरिरहेका उदाहरण पनि छन् । यी उत्पादनलाई सामूहिक चिह्नको प्रयोगमार्फत राष्ट्रिय, अन्तरराष्ट्रिय बजारको सुनिश्चितता दिलाउन सकिन्छ । परम्परागत हस्तकला प्रवर्द्धनका लागि सामूहिक चिह्न सामूहिक चिह्नको प्रयोगबाट परम्परागत हस्तकलाका सामानहरू पनि प्रवर्द्धन गर्न सकिन्छ । नेपाल हस्तकलाका सामानहरूको प्राचीन थलो हो । यस्ता सामग्रीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा ठूलो ख्याति कमाएका छन् । यस्ता हस्तकलाका सामानहरूमा ठाउँ अनुसारका समूह चिह्न प्रयोग गरेर अझै धेरै मात्रामा त्यहाँका व्यवसायीहरूको आर्थिक उन्नतिमा योगदान पुर्‍याउन सकिन्छ । जस्तै पाल्पा र तेह्रथुमको ढाका, सल्यान र भोजपुरको खुकुरी, त्यस्तै गोरखा भादगाउँ, कान्तिपुर, पाटनजस्ता विभिन्न हस्तकलाका सामानको लागि ऐतिहासिक ख्याति कमाएका ठाउँका व्यवसायीलाई निश्चित समूहमा आबद्ध गरेर सामूहिक चिह्नको मद्दतले अझै बढी बजार प्रवर्द्धन गर्न सकिने सम्भावना छ । सामूहिक चिह्न र अन्तरराष्ट्रिय बजारमा स्वदेशी वस्तुको पहुँच  सामूहिक चिह्नको महत्त्व आफ्नै बजारका लागि पनि उत्तिकै हुन्छ । त्यसमाथि पनि लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरू अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । सामूहिक चिह्नको प्रयोग र संरक्षण कम खर्चिलो र सरल उपाय बन्न सक्छ । तर, आफ्नै मुलुकभित्रको बजारमा आफ्नो वस्तु प्रवर्द्धन गर्दा पनि अधिकांश उद्यमीले अझै पनि चिह्नको प्रयोगबारे थाहा नपाएको अथवा थाहा पाएर पनि संरक्षणका लागि लाग्ने सामान्य खर्च पनि जुटाउन नसकेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न विदेशी मुलुकमा वस्तु निर्यात गर्नका लागि चिह्न दर्ता गराउनु भनेको कोराकल्पनाको विषय मात्र हुन सक्छ । तसर्थ, यस्तो परिस्थितिमा साना व्यवसायीहरू छाता संगठनमा आबद्ध भएर सोही संगठनमार्फत सामूहिक चिह्न प्रयोगको लागि लागत साझेदारीको अवधारणा अनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ । यसो गर्दा चिह्नको दर्ताका लागि लाग्ने सबै आर्थिक भार एउटै व्यवसायीको थाप्लोमा मात्र नपरी सबैमा बाँडिन्छ, जुन वहन गर्न ससाना व्यवसायी पनि समर्थ हुन्छन् । यस अतिरिक्त, जोखिममा रहेका र न्यून आय भएका किसान र उद्यमीहरूको सामूहिक हितका लागि सामूहिक चिह्नको दर्ता गर्न लाग्ने खर्चमा सरकारले पनि केही अनुदान उपलब्ध गराउन सकेमा यसबाट गाउँस्तरका सानासाना किसान र व्यवसायीको उत्पादनले पनि बजारमा छुट्टै पहिचान बनाउन सक्छ र बजारीकरणमा ठूलो फाइदा पुग्ने देखिन्छ । साना व्यवसाय प्रवर्द्धन गर्ने उपायको रूपमा सामूहिक चिह्न सामूहिक चिह्नको प्रयोगका सन्दर्भमा सबैभन्दा चासोका साथ हेरिने विषय भनेको उत्पादित वस्तुको एकरूपता र स्तरीयता निर्वाह गर्न यसले कसरी मद्दत गर्छ भन्ने नै हो । यस सन्दर्भमा बुझ्नुपर्ने कुरा के छ भने साना व्यवसायले भोग्नु परेको मुख्य समस्या भनेको बजार हो । त्यस्तो समस्या खासगरी वस्तुको प्रतिस्पर्धी क्षमता न्यून हुनाले तथा वस्तुको एकरूपता र स्तरीयता सुनिश्चित नहुनाले सृजना भएको हो । यस्तोमा कृषि, वन र हस्तकलामा आधारित श्रममूलक व्यवसायको समुचित छनोट गर्न सकेमा साना व्यवसायीहरू प्रतिस्पर्धाको मारबाट बच्न सक्छन् । उत्पादित वस्तुको स्तरीयता र बजारको पहुँचमा भने अझै पनि ठूलो समस्या र जटिलता रहेको छ भने यस समस्याबाट मुक्ति दिने एउटा उपयुक्त विकल्प सामूहिक चिह्नको प्रयोग हुन सक्छ । खास किसिमका उत्पादनसँग सम्बद्ध कुनै वस्तुगत संघ वा ट्रस्टले सम्बन्धित व्यवसायीका लागि निश्चित आचारसंहिताको पालना गराएर उस्तै वस्तु उत्पादन गर्ने हजारौं साना व्यवसायीलाई एउटै सामूहिक चिह्नमा आबद्ध गराएर तथा उक्त चिह्नको संरक्षण गरेर वस्तु बजारमा पठाउने परिपाटी गर्ने हो भने यो समस्या सजिलैसँग समाधान हुन सक्छ । यस क्रममा सरकारले कम हस्तक्षेपकारी भूमिका निर्वाह गरी खासगरी चिह्न संरक्षणका लागि जिम्मेवारी वहन गर्ने निकायलाई आवश्यक ऐन, नियम जारी गरेर तथा साधनस्रोत उपलब्ध गराएर साना व्यवसायीलाई सुसंगठित तुल्याउनुपर्ने हुन्छ । साथै, वस्तुगत संघलाई सामूहिक चिह्नको उपयोगतर्फ उत्प्रेरित गर्न सरकारले आर्थिक तथा प्राविधिक सहयोग पनि उपलब्ध गराउनुपर्ने हुन्छ । यीबाहेक साना व्यवसायीका लागि सामूहिक चिह्नका अन्य बहुआयामिक लाभहरू पनि रहेका छन् । नेपाल सरकारले यसको प्रवर्द्धनतर्फ विशेष ध्यान पुर्‍याउन आवश्यक छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।