थप दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । त्यस्तै एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो । इस्टन हाइड्रोपावरले आयोजना प्रभावित […]

सम्बन्धित सामग्री

प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी थपिँदै, कुन कम्पनीले पाउँछन् यो सुविधा ?

काठमाडौं । पछिल्लो समय प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्न थालेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिन थालेपछि कतिपय निजी क्षेत्रका कम्पनीले साधारण सभाबाट उक्त प्रस्ताव पारित गराएर आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएका छन् । कतिपयले भने साधारण सभामा प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव राख्ने भएका छन् ।   प्रिमियममा शेयर निष्कासन गर्न अनुमति पाएका सबै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेर प्रिमियम मूल्यभन्दा पनि उच्च मूल्यमा दोस्रो बजारमा कारोबारमा आइसकेका छन् । दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भएपछि अहिले स्थापित कम्पनी पनि प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न उत्साहित भएको देखिन्छ ।  शिवम् होल्डिङ्ग्स लिमिटेड प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरिसकेको छ । कम्पनीले १६ लाख कित्ता साधारण शेयर प्रिमियम मूल्यमा निष्कासन गर्ने तयारी गरेको हो । त्यस्तै जगदम्बा क्रेडिट इन्भेष्टमेन्ट लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न यही पुस २८ गते साधारण सभा आयोजना गरेको छ । त्यस्तै जगदम्बा स्टिल्स र ह्याम्स अस्पताल पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिइसकेका छन् । जगदम्बा स्टिल्सले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।  त्यसैगरी ह्याम्स अस्पतालले अंकित मूल्यमा १ सय ८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  चालू आर्थिक वर्ष (आव)मा सेबोनले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र हिमालनयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिइसकेको छ । सोनापुर मिनरल्सको शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा आइसकेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर सूचीकृत प्रक्रियामा छ ।  त्यस्तै सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाइसकेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा बाँडफाँट गरेर दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्ने सेबोनबाट अनुमति पाइसकेको छ । यस कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ जारी गर्न लागेको हो ।  सोनापुर मिनरल्सको शेयर मूल्य बुधवार प्रतिकित्ता रू.४८२ दशमलव ९० कायम भएको छ । यस कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।  गत आवमा घोराही सिमेन्ट इन्डष्ट्रिज, भगवती हाइड्रोपावर डेभलपमेन्ट कं. लिमिटेड, मान्डु हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा शेयर निष्कासन गर्न सेबोनले अनुमति दिएको थियो ।  पछिल्लो समय सेबोनले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको कम्पनीको बारेमा संसदको लेखा समितिमा कुरा उठेको थियो । समितिमा कतिपय सांसदले वित्तीय विवरण राम्रो नभएका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको आरोप लगाएका थिए ।  त्यसपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउँछन् भने प्रश्न उठाउन थालेका छन् ।  कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पाउँछन् ? धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आवसम्म नाफामा रहेको प्रतिशेयर नेटवर्थ प्रतिशेयर अंकित मूल्यभन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ । ‘प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रतिशेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,’ धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, ‘संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारणसम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।’ कसरी हुन्छ प्रिमियममा मूल्य निर्धारण ? धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा विक्री प्रस्तावमार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तरराष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ । यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

हिमालयन रि इन्स्योरेन्सले परिवर्तन गर्‍यो आईपीओ निष्कासनको मिति

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको मिति परिवर्तन गरेको छ । यसअघि कात्तिक २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्ने मिति तय गरिएकोमा तिहारको बिदालाई ध्यानमा राखी मङ्सिर ४ गतेदेखिको मिति तय गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मङ्सिर १८ गतेसम्म आईपीओ विक्री गर्न लागेको हो ।  कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशत दरको ३ करोड कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सर्वसाधारणमा प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा ३० लाख कित्ता आईपीओ विक्रीमा आउने भएको हो । पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये सामूहिक लगानीकोषका लागि १५ लाख कित्ता, कर्मचारीका लागि ६ लाख कित्ता बाँडफाँट हुनेछ भने २ करोड ४९ लाख कित्ता आईपीओ भने दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्दछ । धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा यो कम्पनी भित्रिन लागेको हो । यसअघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । यो कम्पनी २०७८ असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

५ कम्पनीको ३ करोड २४ लाख कित्ता आईपीओ आउँदै

२४ असोज, काठमाडौं । पाँच वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । उत्पादन तथा प्रशोधन समूहको जगदम्बा स्टिल सहित ५ कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् । जगदम्बा स्टिलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरी ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड […]

सोनापुर मिनरल्सको आईपीओ आजबाट सर्वसाधारणमा

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानीय बासिन्दाहरूका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा १ लाख ३४ हजार ५२० कित्ता मात्र आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ सर्वसाधारणमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ । यीबाहेक सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यीबाहेक बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो । सर्वसाधारण लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा असोज १७ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २८ गतेसम्म विक्री लम्बिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् । यस कम्पनीले दाङमा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ जेठ १८ गतेदेखि कम्पनीले उत्पादन शुरू गरेको हो ।

सोनापुर मिनरल्स् एण्ड आयलको आईपीओ स्थानीयले खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने भदौ ११ गतेसम्म आईपीओ विक्री गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले १० लाख ७६ हजार २६८ कित्ता आईपीओ विक्री गरेको हो ।  कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ विक्री गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न अनुमति पाएको हो । सर्वसाधारण तर्फको शेयरमध्ये १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको हो । कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताको माग गर्न सकिनेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड छ । स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दाङमा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ जेठ १८ गतेदेखि कम्पनीले उत्पादन शुरू गरेको हो ।

थप दुई जलविद्युुत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय थप दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले असार २० गते चिर्खुवा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई शेयर निष्कासनको लागि अनुमति दिएको हो ।  चिर्खुवा हाइड्रोपावर लिमिटेडले रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निकाष्सनका लागि बोर्डको अनुमति पाएको हो । हाल संस्थापक तर्फबाट ७० प्रतिशत शेयर स्वामित्व कायम गरेको यस कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न अनुमति पाएको हो । संस्थापकतर्फ हाल कम्पनीको रू. २८ करोड चुक्ता पूँजी कायम रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी रू. ४० करोड कायम हुनेछ ।  यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिंग लिमिटेड रहेको छ । कम्पनीले भोजपुरमा ४ दशमलव ७ मेगावाट क्षमताको अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर जिल्लामै ४ दशमलव शून्य ६ मेगावाट क्षमताको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  त्यस्तै बोर्डले माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई रू. २५ करोड बराबरको २५ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको छ । हाल संस्थापकतर्फ ७५ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले सर्वसाधारणमा २५ प्रतिशत आईपीओ विक्री गर्न बोर्डको अनुमति पाएको हो ।  हाल कम्पनीको संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी रू. १ अर्ब पुग्नेछ । कम्पनीको शेयर निष्कासनको तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्राविधिक कारण देखाएर आईएमई लाइफ इन्स्योरेन्सले सार्‍यो आईपीओ निष्कासनको मिति

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले प्राविधिक कारण देखाएर आईपीओ निष्कासनको मिति सारेको छ । यसअघि असार २० गते २४ गतेसम्म आईपीओ निष्कासन गर्ने मिति तय गरेको कम्पनीले असार २० गते नै सूचना जारी गर्दै असार २१ देखि २५ गतेसम्म आईपीओ निष्कासन गर्ने जानकारी दिएको हो ।  कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको १२ लाख कित्ता आईपीओ भने असार १९ गते बाँडफाँट गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले असार १ देखि १५ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी दिएको छ । जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री छिटो अवधि असार २५ गतेसम्म तोकिएकोमा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ४ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।  कम्पनीले नयाँ जीवन बीमा कम्पनीको रूपमा २०७४ भदौ १ गतेदेखि कारोबार शुरू गरेको हो । यस कम्पनीले स्थापनाकालदेखि नै मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्ला तीन आर्थिक वर्षको सञ्चित नाफाको अवस्था हेर्दा कम्पनीले निरन्तर नाफा बढाएको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा रू. ४३ करोड ७६ लाखभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा रू. ७३ करोड ५१ लाखभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८/७९ सम्म भने कम्पनीले रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब २६ करोडभन्दा बढी सञ्चित नाफामा छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. २ अर्ब १ करोडभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।  यस कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब छ भने जारी पूँजी रू. ४ अर्ब छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ विक्री तथा बाँडफाँटपछि चुक्ता पूँजी रू. ४ अर्ब कायम गर्नेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

घोराही सिमेन्टको आईपीओ विवाद

शेयर बजार विस्तार भएसँगै यसमा अनेक किसिमका विकृति र हल्ला फैलने गर्दछ । कतिपय हल्ला निराधार हुन्छन् भने कतिपयचाहिँ अनुसन्धानबाट सही प्रमाणित पनि हुन्छन् । घोराही सिमेन्ट इन्डस्ट्रीले प्रिमियम मूल्यमा विक्री गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको र त्यसमा बैंकमा रकम नभएका व्यक्तिले ठूलो संख्यामा आईपीओ भरेको भनेर विवाद आएको छ । नक्कली आवेदनकर्ताले आवेदन हालेको भनी आवाज उठेपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोकी अध्ययन थालेको छ । यस घटनाले विभिन्न प्रश्नहरू जन्माएको छ ।  पहिलो त कम्पनीले बढी माग भएको अवस्थामा आईपीओ विक्री बन्द गर्नुपर्नेमा उल्टै समय थप गर्‍यो । यसरी समय थप गरेकाले कम्पनीको नियतमाथि प्रश्न उठेको हो । किन म्याद थप्न पर्‍यो भन्नेमा उसले चित्तबुझ्दो जवाफ दिनसक्नुपर्छ । यद्यपि कम्पनीले विवाद सृजना भएदेखि नै आफ्नो दोष नभएको अडान लिइरहेको छ । कम्पनी मात्र नभई यस विवादमा सम्बद्ध सबै पक्षले आआफ्नो भनाइ राखेका छन् ।  नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ । प्रिमियम मूल्य नै महँगो भएको भनी शुरूमै यो आईपीओबारे विवाद उठेको हो । आईपीओ निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नु अनिवार्य हुन्छ । घोराही सिमेन्टको क्रेडिट रेटिङ केयर रेटिङले गरेको हो । उक्त क्रेडिट रेटिङको कम्पनीसँग सम्बन्ध रहेको बताइन्छ । यद्यपि क्रेडिट रेटिङ कम्पनीले मनलाग्दी रेटिङ भने गर्ने होइन । रेटिङ गर्ने कम्पनीमा विदेशी कम्पनीको पनि संलग्नता हुने भएकाले नेपालमा हुने त्रुटिले उसको अन्तरराष्ट्रिय छविमा प्रभाव पर्छ । क्रेडिट रेटिङ कम्पनीले रेटिङ गर्न विभिन्न आधार लिएको हुन्छ । त्यसमा उसले यसमा हुन सक्ने सम्भावित पक्षबारे पनि उल्लेख गरेको हुन्छ र लगानीकर्तालाई त्यसबारे पनि सूचना दिइएको हुन्छ । उसले दिएको रेटिङकै आधारमा लगानी गर्नयोग्य हुने भए अमेरिकामा उच्च रेटिङ पाएका बैंकहरू किन डुब्थे ? त्यसैले लगानीकर्ताले आफै विश्लेषण गरेर लगानी गर्ने बानी गर्नुपर्छ । त्यसमा यो सहयोगी मात्रै हुन्छ । नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ । आईपीओ निष्कासनको अनुमति दिने नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासनमा सबै प्रक्रिया पूरा गरेको दाबी गरेको छ । पक्कै पनि बोर्डले आईपीओका लागि स्वीकृति दिँदा आवश्यक सबै दस्तावेजको अध्ययन गरेको हुनुपर्छ । प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि स्वीकृति दिनुपर्ने बाध्यता उसको छ । घोराही सिमेन्टमा पनि यस्तै भएको छ भन्न सकिन्छ । यद्यपि बोर्डले यसरी प्राप्त कागजातको प्रामाणिकता र विश्वसनीयतामा अध्ययन नगरेको भने हुन सक्छ । बोर्डमा क्रेडिट रेटिङसम्बन्धी विज्ञ जनशक्ति नभए पनि कम्पनीले बुझाएको रिपोर्टलाई स्वीकार्नुको विकल्प देखिँदैन । बोर्डले अनुमति दिएको भन्दैमा सबै आईपीओ सुरक्षित लगानी हुन् भन्ने सोच गलत हो । कम्पनीले पूरा गरेको प्रक्रिया सही छ वा गलत भन्ने कुराको यकीन गर्न आवश्यक छ भने बोर्डलाई त्यस्तो अधिकारको व्यवस्था गर्न सकिन्छ ।  नेपाली शेयरबजारमा हल्ला अलि बढी हुने गरेको चर्चा पहिलेदेखिकै हो । त्यही हल्लाकै आधारमा कतिपयले कमाइरहेका पनि हुन्छन् । यो घटनाबाट लगानीकर्ताले पाठ सिक्नुपर्ने हुन्छ । त्यो पाठ हो : विनाविश्लेषण र अध्ययन आईपीओमा नै पनि लगानी गर्नु हुँदैन ।  इक्विटीको मूल्य कति सही हो भन्न सकिँदैन । सार्वजनिक हुनुअघि नै आर्थिक पक्ष कमजोर छ भनिएको नेपाल रिपब्लिक मिडियाको सबै आइपीओ विक्री नहुनुपर्ने हो तर आवश्यकभन्दा बढी माग भयो । यसको अर्थ लगानीकर्ताले त्यसलाई आफ्नै हिसाबले व्याख्या गरे । लाभ हुने ठानेर आकर्षित भए । त्यसैले शेयरबजारमा कसले कति मूल्य निर्धारण गर्‍यो वा कुन कम्पनी कस्तो भन्नु भन्दा पनि लगानीकर्ताले त्यसलाई कसरी लिन्छन् भन्ने नै महत्वपूर्ण कुरा हो ।

२६ ओटा कम्पनी आईपीओ निष्कासन स्वीकृतिको पर्खाइमा, अधिकांश जलविद्युत् कम्पनी

फागुन २२, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार अहिले २६ ओटा कम्पनी आईपीओ निष्कासन गर्न स्वीकृतिको पर्खाइमा रहेका छन् । ती कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर विभिन्न समयमा आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएका हुन् ।  सेबोनका अनुसार ती कम्पनीले सेबोनसँग कुल ६ करोड ५९ लाख ४९ हजार २८९ कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएका छन् ।  आईपीओ निष्कासन गर्न निवेदन दिएका २६ ओटा कम्पनीमध्ये २० ओटा हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै तीन ओटा लघुवित्त कम्पनी, दुुई ओटा इन्स्योरेन्स कम्पनी र एउटा अन्य समूहको डिस मिडिया नेटवर्क कम्पनी रहेको छ ।  आईपीओ निष्कासनका लागि निवेदन दिएका २६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी कित्ता रसुवागढी हाइड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको छ । यो कम्पनीले कुल ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गर्न सेवोनमा निवेदन दिएको छ । त्यसैगरी बढी कित्ता निष्कासन गर्न आवेदन दिनेमा दोस्रोमा रिलायबल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्र्ने तयारी गरेको हो । उक्त कम्पनीले प्रिमियम मूल्य रू. ११२ थप गरेर प्रतिकित्ता रू. २१२ मा आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।  त्यसैगरी ती कम्पनीमध्ये सबैभन्दा कम आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ । निवेदन दिएका ती कम्पनीहरूले सेबोनबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । पछिल्लो समय सेबोनमा अध्यक्ष नियुक्त नभएका कारण आईपीओ निष्कासनका लागि निवेदन दिएका कम्पनीहरुले स्वीकृति पाउन ढिलाइ भइरहेको थियो । अहिले भने सेबोनको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भइसकेका छन् । अब सबै प्रक्रिया पूरा भएका कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउने सम्भावना बढेको छ । अध्यक्ष नियुक्त हुनुभन्दा केही समय अगाडि मात्र छ ओटा कम्पनीले एकै पटक आईपीओ निष्कासनको अनुमति पाएका थिए । अनुमति पाएका छ ओटा कम्पनीमध्ये बलेफी हाइड्रोपावर र ग्रीन भेञ्चरले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेका छन् । यी कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछन् । त्यसैगरी स्वीकृति पाएका कम्पनीमध्ये चार ओटा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसकेका छन् ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट