काठमाडौँ – राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ। आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दै आह्वान गरेको छ। उक्त निर्वाचनको लागि आयोगले यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित गरिसकेको छ। […]