सन् २०२३ सम्ममा मात्रै पूर्ण रूपमा फेसबुक र इन्स्टाग्राममा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर

मेटाले फेसबुक र इन्स्टाग्राममा सन् २०२३ सम्ममा पूर्ण रुपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउने भएको छ । पहिले सन् २०२२ को अन्त्यसम्ममा कम्पनीले पूर्ण रूपमा म्यासेज इन्क्रिप्ट गर्ने फिचर सार्वजनिक गर्ने योजना बनाएको थियो । तर अब यो सुविधा सन् २०२३ मा मात्रै उपलब्ध हुने भएको छ । यो थप सुरक्षा फिचर पहिलेनै ह्वाट्सएपमा सुचारु रहेको छ तर फेसबुक, म्यासेन्जर र...

सम्बन्धित सामग्री

एआईसहित अपग्रेड भयो मेटा स्मार्ट ग्लास, कति पर्छ मूल्य ?

काठमाडौं । मेटाले ‘रे–ब्यान’ को नयाँ स्मार्ट एआई चस्मा सार्वजनिक गरेको छ । फेसबुक कम्पनी मेटाले एआई मल्टिमोडलसहितको ‘रे–ब्यान’ को स्मार्ट चस्मा सार्वजनिक गरेको हो । ६ महिनाअघि सन् २०२३ को सेप्टेम्बरमा मेटा कम्पनीले रे–ब्यानको स्मार्ट ग्लास सार्वजनिक गरेको थियो । जसमा अहिले कम्पनीले आफ्नो मेटा एआई सहित अपग्रेड गरेर सार्वजनिक गरेको हो । गत […]

अनलाइन ठगि नियन्त्रण गर्न सिङ्गापुरमा समस्या

सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्घि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुने गरेको छ । सन् २०२२ मा […]

हाइब्रिड कार्यालयको बढ्दो प्रभाव

कोभिड–१९ बाट संसार त्रस्त भए पनि यसले जीवनशैलीमा ठूलै परिवर्तन पनि ल्याएको छ । दैनिक कार्यालय सञ्चालनमा र कार्य सम्पादनमा सूचना सञ्चार प्रविधिकै कारणले ठूलो फड्को मारिरहेको छ र काम गर्ने तरीकामा व्यापक परिवर्तन भएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हप्ताको ६ दिनबाहेक पनि काम गर्न सकिने भएको छ । त्यसैले आगामी दिनहरूमा कार्यालयहरूमा काम गर्ने तरीकामा व्यापक परिवर्तन आउने देखिन्छ । कम्प्युटर तथा मोबाइल उपकरण, इन्टरनेटको स्तरोन्नति साथै जुम, स्काइप, टिम तथा वेबेक्सजस्ता बैठक सञ्चालन गर्न सकिने एपहरूका कारण भर्चुअल कार्यालयको अवधारणा साकार बनेको छ । वर्क फ्रम होमबाट बिजुली, टेलिफोन, यातायात, घरभाडा, इन्टरनेटलगायत खर्चहरूमा कटौती भएको छ । कसैले रोजगारी गुमाउनु पनि परेको छैन । प्रविधिको सहजता तथा सहयोगको कारणले दूरीमा बसी कार्यालय नै नगई कुनै पनि स्थानबाट सूचना सञ्चार प्रविधिलाई माध्यमका रूपमा प्रयोग गरी काम गर्न सम्भव भएको छ र यसरी काम गर्ने तरीकालाई टेली वर्किङ भन्ने गरिन्छ । ‘वर्किङ फ्रम होम’ आजकल निकै नै चलनचल्तीको शब्द बनेको छ । विशेष गरी बजार व्यवस्थापन, शिक्षा, दूरस्वास्थ्यका कामहरू, दैनिक प्रशासनिक कामहरू यसरी गर्न सकिन्छ । आगामी दिनमा मानिसहरू हप्तैभरि बिहानदेखि बेलुकासम्म कार्यालयमा बसेर काम गर्लान् त ? भन्ने विषय पनि उठेको छ । कार्यालयको भूमिकामा पनि व्यापक परिवर्तन आएको छ तथापि कैयन् व्यवसायले यो नयाँ काम गर्ने तरीका अनुसरण गर्न सकेका छैनन् । कार्यालयहरू त केवल आविष्कार केन्द्र र सामाजिक रूपमा अन्तरक्रिया गर्ने ठाउँमा परिणत नहोलान् भन्न पनि सकिँदैन । कोभिड–१९ को यो महामारीले सिकाएको एउटा ठूलो पाठ भनेको सामाजिक दूरी हो । यसकै लागि काम गर्ने तरीकामा व्यापक परिवर्तन भएको छ । सूचना सञ्चार प्रविधिको प्रयोग गरी उपलब्धता, सर्वसुलभताका साथै स्वीकार्यता र विश्वसनीयताजस्ता आधारमा कार्यालयका काम आफूअनुकूलको ठाउँबाट गर्न सकिने भएको छ । सूचनाको सुरक्षाका कारण पनि यसरी काम गर्ने तरीका बिस्तारै मानिसको रोजाइमा परेको छ । कर्मचारी गयल हुने सम्भावना न्यून हुने तथा कार्य क्षमतामा कुनै कमी नआउने तथ्यहरू पनि सार्वजनिक भइराखेकै छन् । कतिपय संस्थाहरू टेली वर्किङकै कारणले कर्मचारीहरूको उत्पादकत्वका साथै लचकता बढेको छ पनि भन्छन् । यसले गर्दा कुल लागत समेत घटेको छ । अमेरिकाको सोसाइटी फर ह्युमन रेसोर्स म्यानेजमेन्ट भन्ने संस्थाले गरेको सर्वेक्षण अनुसार अमेरिकाभित्र र बाहिरबाट समेत गरी ३६ प्रतिशत कम्पनीहरूले पूर्णरूपमा वर्किङ फ्रम होमका लागि कर्मचारीहरू नियुक्ति गर्न चाहिरहेका छन् । सोही आँकडा कोभिड–१९ महामारीको शुरू हुनुभन्दा अगाडि जम्मा १२ प्रतिशत मात्र थियो । यसरी तथ्यहरू हेर्दा आगामी दिनमा भौतिक रूपमा रहेका कार्यालयहरूको आकार खुम्चिनेछ भन्न सकिन्छ । आउट सोर्सिङ, इन सोर्सिङका सम्भावनाका ढोकाहरू थप खुल्नेछन् । थप रोजगारीको सम्भावना बढेको पनि छ । विगत २ वर्षदेखिको वोर्किङ फ्रम होमको अनुभवका आधारमा केही थप अनुभव पनि लिने अवसर मिलेको छ । म स्वयम् सम्बद्ध रहेको परियोजनाको एउटा केन्द्र भौतिक रूपमा पूरै बन्द गरिएको छ र आगामी दिनहरूमा त्यो केन्द्र खुल्ने सम्भावना पनि देखिँदैन । यसबाट बिजुली, टेलिफोन, यातायात, घरभाडा, इन्टरनेटलगायत खर्चमा कटौती भएको छ । कसैले रोजगारी गुमाउनु पनि परेको छैन । प्रशासनिक कामका लागि रहेका कर्मचारीहरूले समेत घरबाट नै काम गरिरहेका छन् । कर्मचारीको उत्पादकत्व सकारात्मक रूपमा रहेको छ र सन् २०२१ मा कम्पनीको नाफासमेत बढेको छ । नाफा, नतिजा तथा कम्पनीका अधिकांश सूचक माथि उक्लेका छन्, जसका कारण कर्मचारीको बोनस तथा शेयरहोल्डरको नाफासमेत माथि गएको छ । यस किसिमको अवधारणामा काम गर्ने कर्मचारीहरूले गर्दा कम्पनीहरूले नयाँ उचाइसमेत प्राप्त गरेका छन् । त्यसैले यो ‘वर्किङ फ्रम होम’को अवधारणा उत्कृष्ट बन्न सक्छ । सरसर्ती हेर्दा हालकै अवस्थामा पुरातन तरीकाले चलेका कार्यालयहरू आउँदा दिनमा चल्नसक्ने अवस्थामा हुँदैन । यथास्थानमा सञ्चालनमा रहेका व्यवसायका सम्पूर्ण प्रक्रियालाई नै पुन: इन्जिनीयरिङ गर्नुपर्ने हुन्छ । आधा भर्चुअल आधा मात्र यथास्थिति याने कि ‘हाइब्रिड’ तरीकाबाट मात्र व्यवसाय सञ्चालन र स्तरोन्नति गर्नु उपयुक्त देखिन्छ । पुरातन तरीकाले चलेका कार्यालयहरू चलाउने उपाय प्रविधिको उच्चतम प्रयोग नै हो । यसका लागि व्यवस्थापन, कार्यसञ्चालन, सेवाप्रवाहजस्ता क्षेत्रहरूमा सूचनाप्रविधिको प्रयोग गरिन्छ । त्यसैले आगामी दिनमा पूरै अनलाइन वा व्यवसायका केही क्षेत्रमा अनलाइनको प्रयोगले मात्र व्यवसाय तथा कार्यालयका संरचनालाई आधुनिक तरीकाले परिमार्जित गर्न सकिन्छ । यस किसिमको नयाँ मोडलमा तयार हुने अफिसहरूले व्यवसायी, कर्मचारी तथा ग्राहक समेतलाई सकारात्मक तरीकाको परिवर्तनको आभास दिलाउन सक्नुपर्छ । यसबाट अनावश्यक खर्च नियन्त्रण, कुल उत्पादकत्व वृद्धि, सेवामा परिमार्जन तथा सहुलियत, कामप्रतिको लचकता आदि जस्ता विषयमा सकारात्मक असरहरू देखिन थाल्छ । ठूला तथा प्रविधिमा आधारित कम्पनीहरू जस्तै गूगल, फेसबुक, माइक्रोसफ्ट, आईबीएम आदिले आफ्ना केही कर्मचारीका लागि सधंैका निम्ति ‘वर्किङ फ्रम होम’ का लागि अनुमति दिइसकेका छन् र हाइब्रिड मोडलको अवधारणालाई प्रयोगमा ल्याएका छन् । केही कम्पनी भने आफ्ना धेरै सेवा केन्द्रहरू बन्द गर्न शुरूसमेत गरेका छन् । साथै, भर्चुअल अफिसको अवधारणालाई प्रयोगमा ल्याउँदै छन् । हाइब्रिड मोडल सबै किसिमका व्यवसाय तथा कार्यालयहरूका लागि उपयोगी हुने देखिन्छ । उदाहरणका लागि जेरोक्स कम्पनीले कोभिडको समयमा ६०० कम्पनीमा गरेको सर्वेक्षणअनुसार जम्मा ८२ प्रतिशत कर्मचारी सन् २०२३ को अन्त्यसम्ममा पुरानो अफिस फर्कनेछन् वा हाइब्रिड मोडेलमा काम गर्नेछन् र बाँकी १८ प्रतिशतले सधैंका लागि घरबाट काममा फर्कने इच्छा जाहेर गरेका छन् । हाइब्रिड वा पूर्ण अनलाइन जस्तो मोडेलका लागि पनि नयाँ प्रविधि मैत्री नीतिनियमहरू आवश्यक पर्छ । अमेरिकी दूरसञ्चार संस्था एटीएन्डटी कम्पनीले गरेको सर्वेक्षण अनुसार हाइब्रिड मोडेल ४२ प्रतिशतबाट बढेर सन् २०२४ सम्ममा ८१ प्रतिशतसम्म पुग्नेछ । लेखक सूचनाप्रविधि विज्ञ तथा ग्लोबल आईसीटी कन्सोर्टियमका संयोजक हुन् ।

सातामा २८ अर्बको शेयर खरीदविक्री : नेप्से परिसूचक ७८.८४ अंक माथि उक्लियो

मंसिर ४, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा रू. २८ अर्ब ३८ लाख ३५ हजार बराबरको ४ करोड ७९ लाख ७१ हजार १९२ कित्ता शेयर कारोबार भएको छ । गत साता तीन ओटा कारोबार दिन मात्र खुलेको बजारमा रू. १६ अर्ब ६ करोड ८० लाख ५१ हजार बराबरको २ करोड ८६ लाख ४०९ कित्ता शेयर कारोबार भएको थियो । पछिल्लो समय नेप्से परिसूचक उकालो लाग्न थालेसँगै कारोबार रकमले समेत उच्चता पाउँदै गएको छ । केही समय शेयर धितोकर्जाको सीमा र बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिका कारण प्रभावित बनेको बजार पछिल्लो समय भने सकारात्मक बन्दै गएको छ । सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेको लाभांश र पहिलो त्रैमाससम्मको कम्पनीहरुको वित्तीय विवरणको अवस्थाका कारण पनि बजारमा सकारात्मक प्रभाव देखिएको हो । यो साताको कारोबारमा नेप्से परिसूचक २ हजार ६६७ दशमलव ३४ विन्दुसम्म झरेको थियो भने अधिकतम २ हजार ८२५ दशमलव ९८ विन्दुसम्म पुगेको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ६९० दशमलव २९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ७६९ दशमलव १३ विन्दुमा पुगेर बन्द भएको छ । गत साताभन्दा यो साता नेप्से परिसूचक ७८ दशमलव ८४ अंक माथि उक्लिएको हो । बजारले गति लिदै जादा विश्लेषकहरुले थप गति लिने विश्लेषण पनि गरेका छन् । शेयर बजारका विश्लेषक विष्ण्णु प्रसाद बस्यालले बजारको अवको गति ५ हजार ८०० विन्दु रहेको विश्लेषण गरेका हुन् । उनले फेसबुक मार्फत् आफ्नो विश्लेषण सार्वजनिक गर्दै सन् २०२३ भित्र बजारले उक्त विन्दु कायम गर्ने बताएका  हुन् । उनले अबको केहि समयमै बजार ३ हजार ५० को विन्दुमा पुग्ने अनुमान समेत गरेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । गत साता ५०२ दशमलव २० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२२ दशमलव ०१ विन्दुमा पुगेको छ । कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता रू. १ खर्र्ब १२ अर्ब ८२ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साता रू. ३७ खर्ब ८३ अर्ब ३१ करोडभन्दा बढी रहेको कुल बजारपूँजीकरण यो साता रू. ३९ खर्ब ४० अर्ब २ करोडभन्दा बढी कायम भएको हो । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा यो साता नेपाल दूरसञ्चार कम्पनीलेनै ओगटेको छ । यस अघि केहि समय कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले ओगटेको थियो । यो साता नबिल बैंकलाई नेपाल दूरसञ्चार कम्पनीले कुल बजारपूँजीकरणमा पछि पारेको हो । साताको अन्तिम कारोबार दिन नबिल बैंकको कुल बजार पूँजीकरण रू. २ खर्ब १४ अर्ब १७ करोड ३६ लाख ६० हजार रहेको छ भने नेपाल दुरसञ्चार कम्पनीको रू. २ अर्ब १५ करोड ७० लाख रहेको छ । धितोपत्र दोस्रो बजारमा नेपाल दूरसञ्चार कम्पनीको १५ करोड कित्ता र नबिल बैंकको १३ करोड ८४ लाख ४४ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ । साताको अन्तिम कारोबार दिन नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता रू. १ हजार ४३८ र नबिल बैंकको अन्तिम शेयरमूल्य रू. १ हजार ५४७ कायम भएको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)