सातामा २८ अर्बको शेयर खरीदविक्री : नेप्से परिसूचक ७८.८४ अंक माथि उक्लियो

मंसिर ४, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा रू. २८ अर्ब ३८ लाख ३५ हजार बराबरको ४ करोड ७९ लाख ७१ हजार १९२ कित्ता शेयर कारोबार भएको छ । गत साता तीन ओटा कारोबार दिन मात्र खुलेको बजारमा रू. १६ अर्ब ६ करोड ८० लाख ५१ हजार बराबरको २ करोड ८६ लाख ४०९ कित्ता शेयर कारोबार भएको थियो । पछिल्लो समय नेप्से परिसूचक उकालो लाग्न थालेसँगै कारोबार रकमले समेत उच्चता पाउँदै गएको छ । केही समय शेयर धितोकर्जाको सीमा र बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिका कारण प्रभावित बनेको बजार पछिल्लो समय भने सकारात्मक बन्दै गएको छ । सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेको लाभांश र पहिलो त्रैमाससम्मको कम्पनीहरुको वित्तीय विवरणको अवस्थाका कारण पनि बजारमा सकारात्मक प्रभाव देखिएको हो । यो साताको कारोबारमा नेप्से परिसूचक २ हजार ६६७ दशमलव ३४ विन्दुसम्म झरेको थियो भने अधिकतम २ हजार ८२५ दशमलव ९८ विन्दुसम्म पुगेको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ६९० दशमलव २९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ७६९ दशमलव १३ विन्दुमा पुगेर बन्द भएको छ । गत साताभन्दा यो साता नेप्से परिसूचक ७८ दशमलव ८४ अंक माथि उक्लिएको हो । बजारले गति लिदै जादा विश्लेषकहरुले थप गति लिने विश्लेषण पनि गरेका छन् । शेयर बजारका विश्लेषक विष्ण्णु प्रसाद बस्यालले बजारको अवको गति ५ हजार ८०० विन्दु रहेको विश्लेषण गरेका हुन् । उनले फेसबुक मार्फत् आफ्नो विश्लेषण सार्वजनिक गर्दै सन् २०२३ भित्र बजारले उक्त विन्दु कायम गर्ने बताएका  हुन् । उनले अबको केहि समयमै बजार ३ हजार ५० को विन्दुमा पुग्ने अनुमान समेत गरेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । गत साता ५०२ दशमलव २० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२२ दशमलव ०१ विन्दुमा पुगेको छ । कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता रू. १ खर्र्ब १२ अर्ब ८२ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साता रू. ३७ खर्ब ८३ अर्ब ३१ करोडभन्दा बढी रहेको कुल बजारपूँजीकरण यो साता रू. ३९ खर्ब ४० अर्ब २ करोडभन्दा बढी कायम भएको हो । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा यो साता नेपाल दूरसञ्चार कम्पनीलेनै ओगटेको छ । यस अघि केहि समय कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले ओगटेको थियो । यो साता नबिल बैंकलाई नेपाल दूरसञ्चार कम्पनीले कुल बजारपूँजीकरणमा पछि पारेको हो । साताको अन्तिम कारोबार दिन नबिल बैंकको कुल बजार पूँजीकरण रू. २ खर्ब १४ अर्ब १७ करोड ३६ लाख ६० हजार रहेको छ भने नेपाल दुरसञ्चार कम्पनीको रू. २ अर्ब १५ करोड ७० लाख रहेको छ । धितोपत्र दोस्रो बजारमा नेपाल दूरसञ्चार कम्पनीको १५ करोड कित्ता र नबिल बैंकको १३ करोड ८४ लाख ४४ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ । साताको अन्तिम कारोबार दिन नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता रू. १ हजार ४३८ र नबिल बैंकको अन्तिम शेयरमूल्य रू. १ हजार ५४७ कायम भएको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

नेप्से परिसूचक बढ्यो

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो। आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार […]

नेप्से परिसूचक ६.४३ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

काठमाडौँ – साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। पछिल्लो समय निरन्तर रूपमा घटिरहेको नेप्से परिसूचक आइतबार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.३३ अंक र सेन्सेटिभ […]

नेप्से परिसूचक २७ अंकले वृद्धि

बुधबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ। नेप्से परिसूचक २७.५६ अंकले बढेर दुई हजार ६८.२६ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.४१, फ्लोट इण्डेक्स १.८० र...

नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको हो।  त्यस्तै सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ...

आज पनि बढ्न सकेन नेप्से परिसूचक

आज मंगलबार नेप्से परिसूचक ४५.५९ अंक ले घटेर २०२०.२३ विन्दुमा पुगेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज पनि उक्लिन सकेन ।

नेप्से परिसूचक  ३३ अंकले घट्यो

पछिल्लो एक साता निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार पनि घटेको छ। नेप्से परिसूचक ३३.७६ अंकले घटेर दुई हजार ७८.७० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.१८, फ्लोट इण्डेक्स २.१३ र...

नेप्से परिसूचक २६ सय माथि

शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ ।

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]