संक्रमित बढेसँगै दाङमा दैनिक एक हजार सिलिन्डर अक्सिजन आवश्यक

दाङमा अक्सिजनको अभाव हुन थालेपछि त्यसको व्यवस्थापनका विषयमा छलफल भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा भएको छलफलमा दाङमा दैनिक एक हजार अक्सिजन सिलिण्डर आवश्यक पर्ने भएकाले त्यसको आपूर्तिका विषयमा गम्भिर रुपमा छलफल गरिएको हो । एक हजार मध्य अपुग साढे चार सय अक्सिजन सिलिण्डरका लागि तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारीले दाङका उद्योग धन्दा कलकारखाना, क्रसरमा रहेका अक्सिजनको लगत लिएर उपलब्ध गराउन

सम्बन्धित सामग्री

अक्सिजन अभावले अस्पतालका बेड खाली, उपचार नपाउँदा बिरामी जोखिममा

मोरङको बुढीगङ्गास्थित विराट मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालमा बिरामीका लागि दैनिक ६५० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । तर तीनदिन यता सो अस्पतालले दैनिक ४५० सिलिन्डर अक्सिजनबाटै बिरामीको उपचार गर्नुपरेको छ ।अक्सिजन अभावकै कारण सो अस्पतालले सूचना जारी गरी नयाँ संक्रमित भर्ना नलिने जनाइसकेको छ । कुल २९१ शय्या क्षम...

उपत्यकाका स्थानीय तह अक्सिजन प्लान्ट स्थापना गर्दै

काठमाडौं :  अक्सिजन अभावमा काेराेना संक्रमित बिरामीहरुकाे  उपचारमा समस्या उत्पन्न भइरहेका बेला उपत्यकाका केही स्थानीय तहले अक्सिजन प्लान्ट सञ्चालन ल्याएका छन्।  काठमाडौं महानगरपालिकाको लगानीमा वैशाख १९ गतेबाट गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएकाे छ। नगरपालिकाले यसको लागि करिब दुई करोड ७५ लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराएको थियो।  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने छ। प्ला...

नायक पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग

कोरोना भाइरसको दोश्रो लहरका कारण नेपालमा दैनिक ९ हजार भन्दा बढी संक्रमित देखिएका छन् । कोरोना संक्रमण भएका मानिसहरुलाई अक्सिजन अत्यावश्यक देखिएको छ । तर, देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएका खबर सार्वजनिक भैरहेका छन् । अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै […]

वीरगञ्ज भन्सारले पठायो महानगरलाई १०० ओटा सिलिन्डर

जेठ १, वीरगञ्ज । वीरगञ्ज भन्सारले वीरगञ्ज महागनरपालिकालाई १०० ओटा अक्सिजन सिलिन्डर पठाएको छ । सिलिन्डरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि भन्सारले शनिवार महानगरलाई सिलिन्डर पठाएको हो । विगत ४/ ५ वर्षदेखि जाँचपास नभएर भन्सारको गोदाममा थन्किएका सिलिन्डर अहिलेको आपतकालीन अवस्थामा प्रयोग गर्न महानगरलाई पठाइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।  वीरगञ्ज महानगरले भन्सारको गोदाममा थन्किएका सिलिन्डर पठाएर संक्रमितको उपचारमा सहयोग गरिदिन भन्सारलाई आग्रह गरेको थियो ।  लामो समयदेखि गोदाममा राखिएका सिलिण्डिरको गुणस्तर परीक्षण गरी प्रयोग गर्न भन्सारले महानगरलाई पत्राचार गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएपछि फिर्ता गर्ने गरी महानगरले सिलिन्डर प्राप्त गरेको हो ।  कोरोना संक्रमित बढेपछि अक्सिजनको खपत ह्वात्तै बढेको छ । स्थानीय उद्योगले अक्सिजन उत्पादन गरे पनि सिलिन्डरको अभावले भर्न पाएका छैनन् । बारा तथा पर्साका तीन ओटा अक्सिजन उद्योगले दैनिक १ हजार ५०० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्दछन् ।

नेपाल–कोरिया मैत्री अस्पतालले आफैं अक्सिजन उत्पादन गर्ने

काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालले अक्सिजन उत्पादन गर्ने भएको छ। नगरपालिकाले करिब ६० लाख रुपैयाँ लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको हो। अस्पतालमा दैनिक कोरोना संक्रमित बिरामी आउने र तीमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको उत्पादन आफैं गर्न लागेको अस्पतालले बताएको छ। उक्त अस्पालमा दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ।

नेपाल–कोरिया मैत्री अस्पतालले आफैं अक्सिजन उत्पादन गर्ने

काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालले अक्सिजन उत्पादन गर्ने भएको छ। नगरपालिकाले करिब ६० लाख रुपैयाँ लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको हो। अस्पतालमा दैनिक कोरोना संक्रमित बिरामी आउने र तीमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको उत्पादन आफैं गर्न लागेको अस्पतालले बताएको छ। उक्त अस्पालमा दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ।