१७ असार, धनगढी । कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उप-महानगरपालिका -१९ मा बस्ने दिपक विककव ११ वर्षीय निलिख विकको शव शुक्रबार बिहान खोलामा किनारमा भेटिएको हो । परिवारका अनुसार बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बालक सोही खोलाले बगाएर बेपत्ता भएका थिए । […]