जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता

पातारासी गाउँपालिका- ५ लोर्पा गाउँकी ३५ वर्षीया पन्नीकली बुढा बेपत्ता भएकी हुन्। घट्ट पिस्ने क्रममा घट्टेकुलोमै बाढी आउँदा घट्टसँगै बुढालाई पनि बगाएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए।...

सम्बन्धित सामग्री

रुपन्देहीको दानव नदीले बगाउँदा महिला बेपत्ता

रुपन्देही । रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । सम्मरीमाइ गाउँपालिका- ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दानव खोलामा दाउरा लिन जाँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरीका अनुसार दिउँसो पौने १२ बजे यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा दानव खोलामा आएको बाढीले मानती […]

बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता

जुम्ला– जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले भने, ‘बेपत्ता महिलाको खोजतलास भइरहेको छ ।’

खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । ६ नम्बर वडाको अँधेरीखोलाले सोही गाउँपालिका १३, कि ४० वर्षीया हिरा विकलाई बगाएको हो ।  खोला तर्ने क्रममा विकलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।प्रहरी चौकी हुकाम र इलाका प्रहरी कार्यालय प्वाङले उनको खोजी कार्यमा जारी राखेको प्रहरीले जनाएको छ ।

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

दयाराम पण्डित, बाजुरा ।  जिल्लाको पूर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँनजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतीकला ल्वार रहेकी छन् । आइबातरदेखि आएको अविरल वर्षासँगै सोमबार बिहान खोलामा आएको बाढीले बगाउँदा महिला बेपत्ता भएकी हुन् । बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन […]