“राष्ट्रवाद” र “राष्ट्रघात”को अनिर्णीत भाष्यमा अल्झिएको ‘एमसीसी’

विडम्बना, अहिले एमसीसी सम्झौता र त्यससँग जोडिएका हाम्रा विकास आयोजनाहरू त्यही राष्ट्रवाद र राष्ट्रघातको अमूर्त भाष्यमा अल्झिरहेका छन् । यसबाट कसैलाई कुनै न कुनै प्रकारको व्यक्तिगत वा राजनीतिक लाभ र जीत त हासिल होला तर समग्रमा नेपाली जनताले हारिरहनेछन् ।

सम्बन्धित सामग्री

भारतकाे २० करोड सहायताको विरोध: मोही माग्ने, ढुंग्रो लुकाउने प्रवृत्ति

भारतले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासका लागि गर्दै आएको सहायतामा राष्ट्रघात देख्ने नेताहरुलाई चीनले नेपालको १५ हिमाली जिल्लामा सीधै स्थानीय तहमै लगानी गरिरहेको विषयमा जानकारी होला कि नहोला ? उनीहरुको राष्ट्रवाद दुःख्छ कि दुःख्दैन होला ?

गगन थापाले दिए भीम रावललाई खुला चुनौति

नेपाली काँग्रेसका सांसद गगन थापाले एमसीसीबारे एमाले नेता भीम रावललाई खुला चुनौति दिएका छन् । उनले एमसीसी राष्ट्रघाती भएको बताउने भीम रावलसँगै जहाँसुकै बहस गर्न तयार भएको बताए । उनले नेपालमा एमसीसी ल्याउन भीम रावलको पनि भूमिका भएको भन्दै पानमाथिको ओभानो नबन्न चेतावनी दिए । प्रतिनिधिसभा बैठकमा उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन पनि चुनौति दिए ।  ‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवाद

प्रचण्ड र माधव नेपाल - दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले !

हुन त शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई गुण र दोषको तुलोमा सँगसँगै राखेर जोख्ने हो भने नतिजामा खासै अन्तर नदेखिएला । तर व्यवहार, कार्यशैली र धरातलका पछिल्ला मापनमा देउवा र ओलीको भन्दा प्रचण्ड र नेपालको ओज घटेको देखिन्छ । प्रचण्ड : के सोचेँ मैले, के भयाे अहिले !‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’,...

पाखण्डी र दुई जिब्रे प्रवृत्तिबाट राजनीति मुक्त नभए देश बन्दैन : डा भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !  […]

एमसीसी जोडेर माओवादीप्रति बाबुरामको कटाक्षः भित्र खाओवाद बाहिर माओवाद

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी प्रकरणमा माओवादी केन्द्रको दोहोरो भूमिका देखिएको भन्दै कटाक्ष गरेका छन् । ट्वीटरमार्फत उनले भित्रभित्रै एमसीसी पास गर्ने सहमति गरेर बाहिर अर्कै चरित्र प्रदर्शन गर्ने काम भएको भट्टराईको आरोप छ । ‘भित्रभित्र  राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद’ भट्टराईले भनेका छन्, ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात !  भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिभ्रे प्रवृत्तिबाट मुक्त हुदैन तबसम्म देश बन्दैबन्दैन।’ उ...