नेपाली काँग्रेसका सांसद गगन थापाले एमसीसीबारे एमाले नेता भीम रावललाई खुला चुनौति दिएका छन् । उनले एमसीसी राष्ट्रघाती भएको बताउने भीम रावलसँगै जहाँसुकै बहस गर्न तयार भएको बताए । उनले नेपालमा एमसीसी ल्याउन भीम रावलको पनि भूमिका भएको भन्दै पानमाथिको ओभानो नबन्न चेतावनी दिए । प्रतिनिधिसभा बैठकमा उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन पनि चुनौति दिए । ‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवाद