काठमाण्डाै - सरकारले आजदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु गरेकाे छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु भएकाे हाे ।
आजदेखि सुरु भएकाे खोप अभियान भदाै ११ गतेसम्म चल्नेछ । यो अभियानमा खोपको पहिलो मात्रा र २७ भदौदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
प्रदेश-१ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र...