प्रदेश १ मा कोरोनाविरुद्धको खोप खोइ?

झापा – काठमाडौँलगायत अन्य स्थानहरूमा कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहँदा प्रदेश १ मा अहिलेसम्म कोरोना खोप उपलब्ध भएको छैन। कोरोनाविरुद्धको खोप संघीय मन्त्रालयले नपठाइदिँदा खोप लगाउन पर्खेर बसेका सर्वसाधारण निराश बन्न थालेका छन्। सर्वसाधारणको प्रश्न छ, ‘कोरोना खोप खोइ?’ काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई भेरोसेल खोप दिएका बेला प्रदेश १ […]

सम्बन्धित सामग्री

बिहीबारदेखि यी २७ जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ । पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको हो ।पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ । मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ । बागमती प्रदेशमा काठमाडौँ, ललित

प्रदेश–१ मा २३.३७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर । प्रदेश नम्बर–१ मा जनसंख्याको २३.३७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारीअनुसार हालसम्म सात लाख ५४ हजार ४२६ जनाले खोपको दुवै मात्रा (पूर्ण खोप) लगाएका छन् । यसैगरी, पहिलो मात्रा लगाउनेको संख्या ११ लाख १४ हजार ६८४ पुगेको छ । जसमध्ये भेरोसेल खोप लगाउनेको...

प्रदेश १ मा सोमबारदेखि ५५ वर्ष माथिकालाई खोप लगाइने

प्रदेश १ मा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सुनसरीबाट ५५ वर्ष माथि उमेरकालाई सोमबारदेखि खोप लगाइने बताए ।

प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजारभन्दा धेरै

काठमाडौं। सरकारले चलाएको कोरोनाविरुद्धको खोप अभियानमार्फत प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजार ५ सय ६३ पुगेको छ। प्रदेशमा खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ३ लाख ७७ हजार ४४९ रहेको छ भने खोपको दोस्रो मात्रा समेत लगाउनेको संख्या ९६ हजार ११४ रहेको छ। प्रदेशमा कोभिसिल्ड र भेरोसेल दुवै खोप लगाइएको छ।

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले कोभिड–१९ खोप लगाएका छन् । यो सँगै खोप लगाउने पहिलो चरणको अभियान सकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ । सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ ।

प्रदेश १ मा पाँच दिनमा १३२८३ लाई कोरोना खोप

प्रदेश १ मा  आइतबारसम्ममा १३ हजार २ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रदेश १ मा पाँच दिनमा १३ हजारले लगाए

विराटनगर । प्रदेश १ मा अपेक्षित रुपमा कोरोनाविरुद्धको खोप अभियानले गति लिन नसकेको देखिएको छ । भारत सरकारको

७७ जिल्लाका २८ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाइएको दोस्रो दिन आज २८ हजार बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) साँझ ५ बजेसम्म ७७ जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका हुन् । जसमध्ये प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३, लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन् । आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । हिजो पहिलो दिन नौ हजारले खोप लगाएका थिए । सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो ।

प्रदेश १ मा ३५ हजारलाई कोरोनाविरुद्धको खोप

१२ माघ, विराटनगर । संघीय सरकारले प्रदेश १ का लागि पठाएको कोरोना विरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ मा पहिलो चरणमा ३५ हजार …