प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको गठबन्धनको निष्कर्ष, अर्थतन्त्रको अवस्थाबारे अन्तरक्रिया गर्ने

काठमाडौं, २२ फागुन । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको हो । बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका छन् । बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको भारत भ्रमण - के-के भए सहमति र सम्झौता

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ। प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री प्रचण्डको यो पहिलो भारत भ्रमण हो ।प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्र...

सम्पादकीय : प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय पक्षसँग केही विषयमा सम्झौता र केहीमा सहमति भएको छ । नेपालले अपेक्षा गरेका केही विषयमा भारतले चासो नदिए पनि भ्रमणमा केही महत्वपूर्ण काम भएका छन् । फुकोट कर्णाली र अरुण तल्लोमा आयोजना विकास सम्झौता भएको छ । विद्युत् निर्यातका लागि भएको सहमति र सम्झौता सकारात्मक मान्न सकिन्छ ।  प्रधानमन्त्री दाहालको भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने बताए । त्यसो हुन सके यो सकारात्मक उपलब्धि हुनेछ । भारतमा विक्रीका लागि बाटो खुल्यो भने लगानीकर्तालाई ढुक्कसँग नेपालको जलविद्युत्मा लगानी गर्न आकर्षित गर्न सकिन्छ । भारतको बाटो भएर बंगलादेशलाई बिजुली बेच्न नेपालले पहल गरेको केही समय भएको छ । बंगलादेश बिजुली किन्न र नेपालमा लगानी गर्नसमेत इच्छुक छ । यसमा भारतीय पक्षको सहयोग आवश्यक पर्छ । प्रधानमन्त्रीको भ्रमणमा भारत यसका लागि तयार भएको पनि समाचार आएको छ । त्यसैगरी न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास पनि गरिएको छ ।  नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३ महीनाभित्र टुंगो लगाउने सहमति भएको समाचार पनि छ । २७ वर्षअघि सम्झौता भएर पनि काम अघि बढ्न नसकेको यस आयोजनाबारे अन्योल हट्नु आवश्यक छ । त्यस्तै भैरहवाबाट हवाई प्रवेश विन्दु दिन पनि भारतसँग सम्झौता हुन सकेन तर गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आईएलएस अवतरणको सुविधा खुला गर्ने घोषणा भएको छ । यसले खराब मौसममा विमान अवतरण गर्न सहज हुनेछ । यसको कार्यान्वयनका लागि नेपालको सक्रियता बढी महत्वपूर्ण हुने देखिन्छ ।  भारत र नेपालबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहमति भएको छ । नेपाली व्यवसायीहरूले लामो समयदेखि यसको माग गर्दै आएका थिए । यसबाट भारतमा अध्ययन वा उपचारका लागि जाने नेपालीलाई सहज हुनेछ भने भारतीय पर्यटकका लागि पनि सहज हुनेछ ।  पारवहन सन्धिको नवीकरण पनि भएको छ । यसबाट भारतले गंगा नदीमा विकास गरेको आन्तरिक जलमार्गको पहुँच नेपालले पनि पाउने बताइन्छ । यस मार्गबाट नेपालले आयात निर्यात गर्न सक्नेछ ।  सम्झौता नभएका तर छलफलमा सहमति जुटेका वा थप अध्ययन गर्ने भनिएका विषय पनि छन् । यी विषय नेपालका लागि निकै महत्वपूर्ण छन् । यिनमा कुन तहको सहमति भएको हो र भारतीय पक्षको आशय के हो भन्ने स्पष्ट खुलेको छैन । नेपालको प्रस्ताव पन्छाउनकै लागि यसो भनिएको पनि हुन सक्छ । अथवा यसमा उसको कुनै विशेष आशय पनि हुन सक्छ । तर, एक प्रकारको सहमति भइसकेको अवस्थामा त्यसलाई कार्यान्वयनमा लैजान नेपालले सक्दो पहल गर्नुपर्छ । अन्यथा सम्झौता हुने तर कार्यान्वयन गर्ने बेलामा विभिन्न बहाना खोज्ने भारतीय प्रवृत्ति पुनरावृत्ति नहोला भन्न सकिँदैन ।  कुनै पनि सम्झौता कार्यान्वयनमा हस्ताक्षरकर्ता दुवै पक्ष उत्तिकै इमानदार र सक्रिय हुनुपर्छ । भारतसँग एकीकृत भन्सार चौकी निर्माणलगायतमा भएका सहमतिमा नेपालले आफूले गर्नुपर्ने काम नगर्दा विलम्ब भएको तथ्य पनि छ । त्यसैले नेपाल सहमति र सम्झौता कार्यान्वयनमा आफू पनि सक्रिय हुनुपर्छ र भारतलाई पनि झकझक्याइरहनुपर्छ । सम्झौता भएपछि विरोध गर्नेको जमातले पनि कार्यान्वयनमा अवरोध पुर्‍याएको देखिन्छ । त्यसैले भावनात्मक कुरा गर्नुभन्दा व्यावहारिक बनेर सम्झौता कार्यान्वयनमा मुलुकमा समान धारणा बन्न आवश्यक छ । अहिलेका सम्झौता त्यतिबेला उपयोगी भएको मानिन्छ, जतिबेला कार्यान्वयन हुन्छन् र जनताले त्यसको लाभ लिन थाल्छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण र अपेक्षा

श्रीमन्नारायण प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणी छिमेकी भारतको तीनदिने भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणमा उनले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता गर्नुहुनेछ । भेट वार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल हुनेछ । यसअघि २४ पुसदेखि २८ पुससम्म गुजरातको गाँधीनगरमा हुने भनिएको ग्लोबल समिटमा जाने तयारी भएकोमा भारतमा […]

इजरायलका प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटको भारत भ्रमण स्थगित भएको छ । भारतस्थित इजरायली दूतावासका प्रवक्ता मुहम्मद हेबले सो जानकारी दिएका हुन् । सोमबार नफ्ताली बेनेटमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यसैलाई मध्यनजर गर्दै यो भ्रमण स्थगित गरिएको हो ।बेनेटको भ्रमण अप्रिल ३ देखि ५ सम्म तय भएको थियो । यस महिनाको सुरुमा, बेनेटले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको आफ्नो पहिलो आधिकारिक भ्रमणको घोषणा गरेका थिए । आफ्नो भ्रमणका क्रममा बेनेटले प्रधानमन्त्री मोदी र अन्य वरिष्ठ सरकारी अधिकारीह

प्रधानमन्त्रीको भारत भ्रमण 'मैत्रीपूर्ण'

प्रधानमन्त्री शेरबहादुर देउवा चैत महिनाभित्र भारतको मैत्रीपूर्ण भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको यो भ्रमण मैत्रीपूर्ण हुने स्रोतले जनाएको छ।...

रोकियो प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भाइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।जनवरी १०–१२ सम्म गुजरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो । सम्मेलन […]

किन रद्द भयो प्रधानमन्त्रीको भारत भ्रमण ?

प्रधानमन्त्री शेरबहादुर देउवाको २५ पुस आतइबारबाट हुने भनिएको भारत भ्रमण रद्द भएको छ । भारतको गुजरात सरकारले राज्यमा कोभिड–१९ को संक्रमण दर बढेको कारण भाइब्रेन्ट गुजरात लगानीकर्ता सम्मेलन स्थगित गरेको घोषणा गरेसँगै प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेशमा हुने १०औं भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । आइतबारदेखि प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्ने विषयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सो भ्रमण दलमा २५ सदस्यीय टोली रहने उल्लेख भ...

प्रधानमन्त्रीको भारत भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको २५ पुस आतइबारबाट हुने भनिएको भारत भ्रमण रद्द भएको छ । भारतको गुजरात सरकारले राज्यमा कोभिड–१९ को संक्रमण दर बढेको कारण भाइब्रेन्ट गुजरात लगानीकर्ता सम्मेलन स्थगित गरेको घोषणा गरेसँगै प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेशमा हुने १०औं भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम […] The post प्रधानमन्त्रीको भारत भ्रमण रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवाको सचिवालयले भन्यो : प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भयो

काठमाडौं, २२ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। बढ्दो कोरोना संक्रमणका कारण ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गरिएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकिय सचिव भानु देउवाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । file photo